Dictionary

All Word

69801 माध्वीक ना. १. महुवाको रक्सी।
69802 माध्वीक ना. २. अङ्गुरको रक्सी।
69803 माध्वीक ना. ३. अङ्गुर।
69804 मान्नु स.क्रि. १. भनेको कुरो टेर्नु; आज्ञापालन गर्नु।
69805 मान्नु स.क्रि. २. मान गर्नु; मानितो राख्नु; आदर वा श्रद्धा गर्नु।
69806 मान्नु स.क्रि. ३. पूजा वा भक्तिभावना गर्नु; सेवा गर्नु।
69807 मान्नु स.क्रि. ४. स्वीकार गर्नु; मन्जुर गर्नु; राजी हुनु।
69808 मान्नु स.क्रि. ५. ठिक ठान्नु; ठहराउनु।
69809 मान्नु स.क्रि. ६. चाडपर्व आदि मनाउनु।
69810 मान्नु स.क्रि. ७. विश्वास गर्नु; पत्याउनु।
69811 मान ना. १. आदर; सत्कार; सम्मान; प्रतिष्ठा।
69812 मान ना. २. अभिमान; अहङ्कार; घमन्ड।
69813 मान ना. ३. दर्जा; पदवी।
69814 मान ना. ४. नाप; तौल; परिमाण।
69815 मान ना. ५. नायकले गरेको अपराध देखेर नायिका अप्रसन्न हुने काम वा स्थिति।
69816 मान ना. ६. नक्सामा धरातलीय दुरी जनाउने हिसाब वा तथ्याङ्कीय परिमाण।
69817 मानक ना. विशिष्ट वस्तुको आकार- प्रकार, महत्त्व आदि जाँच्ने कुनै आधिकारिक स्तर, मानदण्ड वा रूप।
69818 मानकन्द ना. कर्कलाका आकारका ठुलठुला पात र गानु हुने, बुटी; माने।
69819 मानगृह ना. १. स्त्रीहरूले पति वा प्रेमीलाई घुर्क्याएर बस्ने घर; मानमन्दिर।
69820 मानगृह ना. २. प्रसिद्ध लिच्छवि राजा मानदेवले बनाएको, एक प्रसिद्ध भवन। (यस दरबारमा टाँगिएको तोरणको अर्को टुप्पो चाँगुनारायण मन्दिरको गजुरमा गाँसिएको उल्लेख अभिलेखहरूमा पाइएको छ)।
69821 मानचङ्गी वि. सानो जातको (सुपारी वा नरिवल)।
69822 मानचङ्गी नरिवल ना. नरिवलकै छाँटका काण्ड, पात, फूल र फल लाग्ने सानो खालको नरिवल।
69823 मानचङ्गी सुपारी ना. सानो एक जातको सुपारीविशेष।
69824 मानचित्र ना. पृथ्वीका सम्पूर्ण महादेश तथा महासागरको चित्र; नक्सा; भूचित्रावली; भूचित्र।
69825 मानदण्ड ना. १. नाप्ने लट्ठी वा दण्ड; गज।
69826 मानदण्ड ना. २. योग्यता, गुण, वैशिष्ट्य आदि खास कुराको मूल्य निश्चित गर्ने वा आधार निर्धारित गर्ने स्वीकृत स्तर वा माध्यम।
69827 मानदेव ना. प्रसिद्ध मानगृहका निर्माता लिच्छविकालीन एक प्रख्यात राजा।
69828 माननीय वि. १. मान वा आदर गर्न योग्य; मान्य; आदरणीय |
69829 माननीय वि. २. मन्त्री, संसदका सदस्य, कुलपति आदि र सोसरहका अन्य व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
69830 मानपत्र ना. अभिनन्दनपत्र।
69831 मान पदवी ना. आभूषण, अलङ्कार, प्रशंसापत्र आदि।
69832 मानभङ्ग ना. अपमान; अप्रतिष्ठा; बेइज्जती; मानहानि।
69833 मानभाउ ना. मान र मर्यादा; मान र कदर; प्रतिष्ठा; इज्जत; मान; मानमनितो।
69834 मानमनितो ना. १. आफ्ना कुलपरम्पराले मान्दै आएका देवदेवीको पूजाआजा।
69835 मानमनितो ना. २. मानभाउ।
69836 मानमन्दिर ना. १. स्त्रीहरू रिसाएर बस्ने घर; कोपभवन; मानगृह।
69837 मानमन्दिर ना. २. ग्रहनक्षत्रहरूको निरीक्षण गर्ने यन्त्रहरू रहेको स्थान; वेधशाला।
69838 मानमर्यादा ना. मानभाउ; मानमनितो।
69839 मानमिजास ना. १. मान र मिजास; आदरसत्कार।
69840 मानमिजास ना. २. शिष्टाचार; सौजन्य।
69841 मानर ना. तराई क्षेत्रमा प्रचलित, मादलका आकारको एक प्रकारको माटाको बाजा |
69842 मानव ना. १. मनुका सन्तति; मनुष्य। स्त्री. मानवी। वि.
69843 मानव ना. २. मनुसँग सम्बन्धित; मनुको वंशमा उत्पन्न भएको; मनुसम्बन्धी। स्त्री. मानवी।
69844 मानव अधिकार ना. संयुक्त राष्ट्रसङ्घले इ. १९४८ मा गरेको घोषणाअनुसार विश्वका मानवमात्रले पाउने आधारभूत सामाजिक, आर्थिक र नागरिक हक तथा स्वतन्त्रता।
69845 मानवता ना. मानव हुनाको भाव वा विशेषता; मनुष्य बन्न चाहिने गुण; मनुष्यत्व।
69846 मानवतावाद ना. मानिसका प्रकृति, प्रतिष्ठा, आदर्श आदिमा विश्वास गर्ने मत वा सिद्धान्त, मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारको सिद्धान्त।
69847 मानवतावादी वि. मानवतावादमा विश्वास गर्ने; मानवतावादको सिद्धान्तको समर्थक वा अनुयायी।
69848 मानवती वि. १. आफू मानमा रहन चाहने; अभिमानिनी; मानिनी (स्त्री)। ना.
69849 मानवती वि. २. साहित्यमा नायकसित असन्तुष्ट वा रुष्ट भएकी नायिका।
69850 मानव धर्मशास्त्र ना. मानवधर्मको विवेचना गरिएको शास्त्र; मनुस्मृति; मनुसंहिता।