Dictionary

All Word

70051 मारकेश दशा ना. मारक-दशा।
70052 मारङ्गी ना. हिमाली भेकतिर उम्रने, जरो तेलमा हाल्दा तेलै रातो हुने एक बुटी।
70053 मारण ना. १. मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश।
70054 मारण ना. २. शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग।
70055 मारण ना. ३. धातु आदिलाई भस्म पार्ने काम।
70056 मारताल ना. जुवाखेलमा मार्ने वा जित्ने दाउ लागिरहेको अवस्था।
70057 मारपिट ना. पिटापिट; झगडा; मारकाट; मारामार।
70058 मारमुङ्ग्री ना. १. पिटाइ; ठोकाइ; दनक।
70059 मारमुङ्ग्री ना. २. मारामार; मारपिट; मारकाट।
70060 मारवाडी ना. १. भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; तिनैको वर्ग वा जाति तथा बोली।
70061 मारवाडी ना. २. स्वास्नीमानिसले कानका लोतीमा लाउने मुन्द्राजस्तो बाटुलो र केही मोटो गहना।
70062 मारा ना. १. नामशब्दको पछिल्तिर जोडिएर मार्ने, खतम गर्ने आदि अर्थ बुझाउने शब्द (जस्तो- ज्यानमारा, वनमारा, भाइमारा, बगलीमारा इ.)।
70063 मारा ना. २. जुवा आदि खेलमा जितको भाव दर्साउन प्रयोग गरिने शब्द; मार्रा।
70064 मारामार ना. १. आपसमा पिटापिट गर्ने काम; मारपिट।
70065 मारामार ना. २. मानिसहरूको अटाइनसक्नु घुइँचो; ठुलो भिड।
70066 मारामार ना. ३. कामकाजको चेपाचेप। वि.
70067 मारामार ना. ४. भरिभराउ; भरपुर; पर्याप्त; यथेष्ट।
70068 मारिनु क.क्रि. मार्ने काम गरिनु।
70069 मारिन्गे ना. तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झैँ फल लाग्ने (आर्टिकेसी समूहको) एक बोट।
70070 मारिष ना. १. नाटकको सूत्रधार।
70071 मारिष ना. २. नाटकमा आदरणीय वा सम्मान्य व्यक्तिलाई गरिने सम्बोधन।
70072 मारी क्रि.वि. मारेर वा टुङ्ग्याएर; बिताएर (जस्तो- महिना मारी)।
70073 मारीमेटी क्रि.वि. १. भएभरको सबै; सिरीखुरी। ना.
70074 मारीमेटी क्रि.वि. २. लिनुदिनुको चुक्ती; छिनाफाना।
70075 मारु ना. दीपक रागको एक प्रकार वा सो रागमा गाइने गीत।
70076 मारुत ना. १. हावा; पवन; वायु।
70077 मारुत ना. २. वायु वा पवनका अधिपति देवता।
70078 मारुति ना. १. हनुमान्।
70079 मारुति ना. २. भीम।
70080 मारुति ना. ३. भारतमा बनेको मोटरको एक प्रकार।
70081 मारुनी ना. आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी।
70082 मारुनी नाच ना. मारुनीले नाच्ने, अरूले गानबजान गर्ने र ढुँटुवारेले स्वाङ पार्ने प्रसिद्ध नेपाली लोकनाच।
70083 मार्क१ ना. जर्मनीको मुद्रा।
70084 मार्क२ चिनो; प्राप्ताङ्क।
70085 मार्कण्डेय ना. अष्टचिरञ्जीवीमध्ये एक तथा मृकण्डु ॠषिका पुत्र; एक प्राचीन प्रसिद्ध ॠषि।
70086 मार्कण्डेय पुराण ना. मार्कण्डेय ॠषिद्वारा प्रणीत वा उनका नाममा प्रचलित एक पुराण।
70087 मार्का ना. चिह्न; चिनु; छाप; निसान।
70088 मार्क्स राजनीतिक साम्यवाद र दार्शनिक द्वन्द्वात्मक भौतिकवादका प्रणेता जर्मनीका एक प्रसिद्ध विद्वान् तथा क्रान्तिकारी नेता। (पूरा नाम कार्ल हेनरिच मार्क्स: १८१८-१८८३ इ.)।
70089 मार्क्सवाद ना. निज विद्वान्द्वारा सहयोगी फ्रेडरिक एङ्गेल्सको साहचर्यमा औपचारिक रूपले प्रतिपादित राजनीतिक, आर्थिक, सामाजिक एवं दार्शनिक सिद्धान्त; हेगेलको द्वन्द्वात्मक सिद्धान्त र फेरवाकको भौतिकवादी सिद्धान्तको सम्मिश्रणका साथै निजले स्वयं आफ्ना मतहरूसमेत समाविष्ट गरी प्रतिपादन गरेको, राज्यव्यवस्थामा श्रमको यथोचित फल मिल्नुपर्छ र पुँजीवाद तथा सामन्तवादलाई सङ्घर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने विचार भएको सोही सिद्धान्त।
70090 मार्क्सवादी वि. १. मार्क्सवादसित सम्बन्धित; मार्क्सवादको।
70091 मार्क्सवादी वि. २. मार्क्सवादको सिद्धान्तका समर्थक वा अनुयायी।
70092 मार्क्सवादी समालोचना ना. जीवन र जगत्का सम्बन्धमा मार्क्सद्वारा प्रतिपादित सिद्धान्त वा मान्यताअनुसार साहित्यको विवेचना गर्ने पद्धति।
70093 मार्ग ना. १. आउनेजाने बाटो; सडक; पथ।
70094 मार्ग ना. २. सम्प्रदाय; धर्म।
70095 मार्ग ना. ३. कुनै उपाय; युक्ति; रीति। ४ तरिका; काइदा; ढङ्ग; चाल।
70096 मार्ग ना. ४. मङ्सिर महिना; मार्गशीर्ष।
70097 मार्ग ना. ४. मृगशिरा नामको नक्षत्र।
70098 मार्गदर्शक वि. अरू कसैलाई बाटो देखाउने; मार्ग- प्रदर्शक; पथ-प्रदर्शक।
70099 मार्गदर्शन ना. पथप्रदर्शन; बाटो देखाउने काम; नेतृत्व लिने कार्य।
70100 मार्ग निर्देशन ना. बाटो देखाउने काम; पथप्रदर्शन।