Dictionary

All Word

71501 मूर्ति ना. ४. तस्बिर; चित्र; छाया।
71502 मूर्ति ना. ५. अनुहार; चेहरा।
71503 मूर्ति ना. ६. साधु, सन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द।
71504 मूर्ति ना. ७. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा लोक बराबरको नापो।
71505 मूर्तिकुण्ड ना. काठमाडौँ उपत्यकाको उत्तर दिशामा रहेको शेषशायी नारायण (बुढानीलकण्ठ) सुतेको पोखरी।
71506 मूर्तिपूजक वि. मूर्ति वा प्रतिमाको पूजाआराधना गर्ने; हिन्दु धर्मको अनुयायी।
71507 मूर्तिपूजा ना. मूर्ति वा प्रतिमामा देव- देवीको भावना राखेर पूजाआराधना गर्ने काम; प्रतिमाको पूजा।
71508 मूर्तिभञ्जक वि. मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने-बिगार्ने; प्रतिमा टुटाउने-फुटाउने।
71509 मूर्तिमान् वि. १. शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।
71510 मूर्तिमान् वि. २. साक्षात्; प्रत्यक्ष।
71511 मूर्तिमान् वि. ३. मूर्त।
71512 मूर्द्धन्य वि. हे. मूर्धन्य।
71513 मूर्द्धा ना. हे. मूर्धा।
71514 मूर्धन्य वि. १. मूर्धास्थानबाट उच्चरित हुने; मूर्धस्थानी (देवनागरी वर्णमालाका ॠ, र, ष तथा टवर्गका वर्ण)।
71515 मूर्धन्य वि. २. मूर्धासँग सम्बन्धित; मूर्धासम्बन्धी।
71516 मूर्धन्य वि. ३. अतिश्रेष्ठ; सर्वोत्तम; प्रमुख; मूर्द्धन्य।
71517 मूर्धन्य वर्ण ना. मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ॠ, र ष तथा टवर्ग)।
71518 मूर्धन्यीभवन ना. छिमेकी मूर्धन्य ध्वनिको प्रभाव वा अन्य मूर्धन्यस्थानमा परिवर्तन हुने प्रक्रिया (जस्तो- दाहा > डाहा, पत्तन > पट्टन > पाटन आदि)।
71519 मूर्धस्थानी वि. हे. मूर्धन्य।
71520 मूर्धा ना. १. शिर; टाउको; मस्तक।
71521 मूर्धा ना. २. मुखभित्रको कठोर तालु र कोमल तालुबिचको भाग।
71522 मूर्धा ना. ३. चुचुरो; शिखर।
71523 मूर्धा ना. ४. शिखा।
71524 मूर्धा ना. ५. नेता।
71525 मूर्धाभिषिक्त वि. १. वैदिक मन्त्रको उच्चारणका साथ अभिषेक गरिएको; शिरमा अभिषिक्त। ना.
71526 मूर्धाभिषिक्त वि. २. राजा।
71527 मूर्धाभिषिक्त वि. ३. क्षत्रिय।
71528 मूर्धाभिषेक ना. राज्यारोहण गर्दाको समयमा राजामहाराजाहरूलाई मन्त्रोच्चारणका साथ गरिने अभिषेक।
71529 मूल ना. १. रुखपात, लहरो, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड वा भाग; जरो; जड।
71530 मूल ना. २. तरुल, भ्याकुर, पिँडालु, मुला आदिको जमिनमुनि फल्ने वस्तु वा कन्द।
71531 मूल ना. ३. पैदा भएको ठाउँ; आरम्भ हुने ठाउँ; मुहान।
71532 मूल ना. ४. बोटबिरुवाको ठिक जमिनमाथि रहेको भाग; फेद।
71533 मूल ना. ५. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र। वि.
71534 मूल ना. ६. सर्वोत्तम; सर्वश्रेष्ठ।
71535 मूल ना. ७. प्रधान; प्रमुख; मुख्य (मूल कार्य, मूल कर्तव्य इ.)।
71536 मूल ओछ्यान ना. अगेनानेरको ओछ्यान; मुख्य ओछ्‌यान।
71537 मूलक वि. १. कुनै नामवाचक शब्दका पछिल्तिर जोडिई उत्पत्तिको कारण जनाउने वा त्यसबाट उत्पन्न भएको भन्ने अर्थ दिने विशेषणबोधक शब्द (विज्ञानमूलक, जीवनमूलक इ.)।
71538 मूलक वि. २. मुला।
71539 मूलक वि. ३. तरुल, भ्याकुर आदि खान हुने कन्द।
71540 मूलकाजी ना. चार काजीमध्ये मुख्य काजी।
71541 मूलकार ना. मूलग्रन्थका रचयिता वा लेखक; मूल पाठका निर्माता।
71542 मूलकारिका ना. सूत्रात्मक ग्रन्थको क्रमबद्ध विवृत्ति।
71543 मूलखर्के ना. वर्षायाममा उम्रने एक झार; चित्लाङे; खुर्साने।
71544 मूलग्रन्थ ना. ग्रन्थकार स्वयंद्वारा रचित मूल कृति वा रचना; मूल पाठ; सूत्रग्रन्थ।
71545 मूलघर ना. कुलको बुढोपुरानो घर; वंशको जेठो मानिस बसेको घर।
71546 मूलचट्टान ना. जमिनको सतहमनिको सबभन्दा तल्लो भागमा सुरक्षित रहेको कडा चट्टान; प्रारम्भिक चट्टान।
71547 मूलचोक ना. १. मुख्य चोक।
71548 मूलचोक ना. २. भक्तपुर दरबारको एक प्रसिद्ध चोक।
71549 मूलच्छेद/च्छेदन ना. जरैसमेत उखेलेर मास्ने काम; समूल नाश; पूर्णविनाश।
71550 मूलजरो ना. बिच वा कलमीबाट आउने रुखको सीधै तल्लोपट्टि जाने, पहिलो र मुख्य जरो।