Dictionary

All Word

71401 मुसे खरुकी ना. डाँख्ला रातो हुने र बस्तुभाउले त्यति मन नपराउने एक थरी घाँस; सानो खालको खरुकी।
71402 मुसे घाँटी ना. ज्यादै सानो घाँटी; झिनो घाँटी।
71403 मुसे थापा ना. गेहेन्द्रशमशेरका सहयोगी वैज्ञानिक।
71404 मुसे दाँत ना. बुढेसकालमा पहिलेका दाँत फुक्लेर फेरि आएका दाँत।
71405 मुसे पाली ना. सानो पछि गाँसिएको अर्को पाली।
71406 मुसो ना. १. दुलोभित्र बस्ने, लुगाफाटो, कागजपत्र आदि काट्ने, अन्न आदि र मासु पनि खाने, ज्यादै चनाखो चारखुट्टे जन्तु; धानचरी; मूषक; मूसो।
71407 मुसो ना. २. मानिसका हातखुट्टातिर निस्कने मासुको सानो र साह्रो डल्लो वा फोको।
71408 मुस्काउनु अ.क्रि. प्राय: दाँत नदेखिने गरी मुसुक्क हाँस्नु।
71409 मुस्कान ना. मन्द हँसाइ; मुस्कुराउने काम; मुस्कुराहट; मुस्क्यान।
71410 मुस्किल वि. कठिन; दुःसाध्य; दुष्कर; दुर्बोध; अप्ठ्यारो; साह्रो; गाह्रो।
71411 मुस्कुराइ ना. मुस्कुराउने भाव, क्रिया वा प्रक्रिया।
71412 मुस्कुराइनु अ.क्रि. मुसुक्क हाँसिनु।
71413 मुस्कुराउनु अ.क्रि. मुसुक्क हाँस्नु; मुस्कान छाड्नु।
71414 मुस्कुराहट ना. मुस्कुराउने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
71415 मुस्क्यान ना. हे. मुस्कान।
71416 मुस्ताङ ना. नेपालको धवलागिरि अञ्चलअन्तर्गत उत्तरी भेगमा रहेको एक जिल्ला।
71417 मुस्ताङ हिमाल ना. मुस्ताङ जिल्लामा पर्ने २१,२४५ फिट अग्लो एक हिमाल।
71418 मुस्तेर ना. एक स्थान।~
71419 मानव ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको मुस्तेर भन्ने ठाउँमा पाइएको मानव; नियण्डस्थल मानव।
71420 मुस्ताङ शैली ना. प्रागैतिहासिक पुरातत्त्वअनुसार मुस्तेरमानवले प्रयोग गर्ने गरेको पाषाण उपकरणको प्रकार।
71421 मुस्तैद वि. १. तयार; तत्पर; कटिबद्ध; तम्तयार।
71422 मुस्तैद वि. २. तन्दुरुस्त; सद्दे; कसिकसाउ; ठिकठाक; मुस्तेज।
71423 मुस्तैदी ना. तयारी; तत्परता; तन्दुरुस्ती।
71424 मुस्लिनु अ.क्रि. १. मुस्लोजस्तो हुनु।
71425 मुस्लिनु अ.क्रि. २. धुवाँको मुस्लो निस्कनु।
71426 मुस्लिम ना. १. मुसलमान। वि.
71427 मुस्लिम ना. २. मुसलमानसम्बन्धी; मुसलमानको।
71428 मुस्ली ना. मुसलले जस्तै ओखलमा कुट्ने हतियार।
71429 मुस्लो ना. १. आगाको बाक्लो ज्वाला; राँको; लप्को; लपट।
71430 मुस्लो ना. २. बादल, कुहिरो, धुवाँ आदिको लहर।
71431 मुस्लो ना. ३. दर्केका पानीको ठुलो धारो।
71432 मुस्लो ना. ४. मुला, डुकु आदि काँचै खाँदा नाकबाट निस्कने राग।
71433 मुस्लो ना. ५. सुन्निएर वा अन्य कुनै प्रकारले शरीरका कुनै भागमा उठेको मासुको पिण्ड वा लोला।
71434 मुस्लो ना. ६. एकोहोरिँदै आएको बतासको मोहरी।
71435 मुस्लो ना. ७. क्रोध वा रिसको वेग।
71436 मुहम्मद ना. इस्लाम धर्मका एक प्रसिद्ध महापुरुष; हजरत मुहम्मद (वि. सं. ६२७-६७९)।
71437 मुहान ना. १. नदीनाला, खोलो, धारो आदिको पानी उम्रने वा निस्कने ठाउँ; मूल।
71438 मुहान ना. २. खोलाको पानी कुलोतिर जाने ठाउँ; निकास; मोहडा।
71439 मुहान ना. ३. आम्दानीको स्रोत।
71440 मुहान ना. ४. मुख्य ठाउँ; उद्‍गमस्थल।
71441 मुहार ना. १. मुखको पूर्ण आकृति; अनुहार; मुख।
71442 मुहार ना. २. विशिष्ट वा मान्यजनको मोहडा।
71443 मुहाली ना. सनहीजस्तो मुखले फुकेर बजाइने एक प्रकारको बाजा।
71444 मुहावरा ना. घुमाउरो पाराले अर्थ बुझिने वाक्पद्धति; लक्षणा वा व्यञ्जनाद्वारा अर्थ बुझिने वाक्यांश; हे. वाग्धारा; टुक्का।
71445 मुहुटी ना. १. मुहुडा; मोहडा।
71446 मुहुटी ना. २. अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि)।
71447 मुहुटी ना. ३. आयस्रोत।
71448 मुहुडा ना. १. अनुहार; मोहडा; चेहरा।
71449 मुहुडा ना. २. कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप।
71450 मुहुडा ना. ३. घोडाका टाउकामा कसिने छालाको साज; शिरद्वार।