Dictionary

All Word

71251 मुरारि/मुरारी ना. मुर नामको राक्षसलाई मार्ने; कृष्ण।
71252 मुरी ना. १. नापतौलको भराइका पद्धतिमा बिस पाथी अन्न आदिको परिमाण।
71253 मुरी ना. २. धेरै (मुरीमुरी धन्यवाद, मुरीमुरी प्रशंसा इ.)।
71254 मुरी ना. ३. एक रोपनीको चारौँ भाग; जवा।
71255 मुरीपाथी ना. अन्न सापटी लिँदा एक मुरी अनाजको पाथीका दरले लाग्ने ब्याज।
71256 मुरीबाली ना. नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली।
71257 मुरीभाउ वि. साह्रै सस्तो।
71258 मुरीभुस ना. उमेर पुगेर पनि बुद्धि नपसेको मानिस।
71259 मुरीमाना एक माना बिउ लाग्ने जग्गामा एक मुरीका हिसाबले फल्ने बाली।
71260 मुरुकमुरुक क्रि.वि. १. खरो खालको खानेकुरो (मकै, चिउरा आदि) चपाउँदा आवाज आउने गरी।
71261 मुरुकमुरुक क्रि.वि. २. सुकेका वस्तु बराबर कुल्चिँदा वा भाँचिदा आवाज निस्केर।
71262 मुरुक्क क्रि.वि. १. खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले।
71263 मुरुक्क क्रि.वि. २. सुकेको ससानो वस्तु भाँच्ता वा भाँचिँदाको झैँ आवाज निस्केर।
71264 मुरुङ ना. मसिनो साह्रो खानेकुरो (मकै, खट्टे आदि) मुख नउघारीकनै चपाउने किसिम।
71265 मुरुङमुरुङ क्रि.वि. त्यसरी लगातार चपाउने गरी।
71266 मुरुङ्ङ क्रि.वि. मुरुङका चालले एकै खेपमा चपाएर।
71267 मुरुमा ना. काण्ड नहुने, चौडा ठुला बटारिएका पात हुने, ठुलठुला हरिया, सेता फूल फुल्ने, ठुला फल फल्ने (हिमोडोऱ्यासी समूहको) एक वनस्पति।
71268 मुर्कट्टा वि. १. टाउको काटिएको; मुडकटा। ना.
71269 मुर्कट्टा वि. २. टाउको नभएको एक थरी प्रेत वा पिशाच।
71270 मुर्कुचा ना. जुत्तामा काँटी ठोक्ने र छाला तह लाउने काममा प्रयोग गरिने फलामे हतियार।
71271 मुर्ख्याइँ ना. मूर्ख हुनाको भाव वा अवस्था; मूर्खता; मूर्खपना।
71272 मुर्चल ना. सिमानामा गाडिने किल्ला वा लट्ठा; लोँकिल।
71273 मुर्चुङ्गा ना. मुखमा राखी दाँतले च्यापेर चोर औँलाले बिचको जिब्री चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा।
71274 मुर्छा ना. १. शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता।
71275 मुर्छा ना. २. बेहोसी हुने रोग; छारे रोग।
71276 मुर्दा ना. १. प्राण नभएको शरीर; लास; मृतक; शव। वि.
71277 मुर्दा ना. २. मरेको; मृत; चेतनाहीन।
71278 मुर्दा ना. ३. केही शक्ति नभएको।
71279 मुर्दावाद ना. शासन आदिको अव्यवस्था वा अन्य कुनै जनहितविपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा 'नाश होस्' भन्ने अभिप्रायले प्रयोग गरिने सामूहिक स्वर वा नारा; जिन्दावादको विपरीतार्थक शब्द।
71280 मुर्दार वि. १. स्वाभाविक रूपले मरेको।
71281 मुर्दार वि. २. अपवित्र।
71282 मुर्दार वि. ३. मरन्च्याँसे।
71283 मुर्दासङ्ख ना. बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रङको, घाउखटिरामा लगाइने एक औषधी।
71284 मुर्मी ना. तराईमा बस्ने एक जाति।
71285 मुर्रा ना. १. औँलाले च्यापिने खराउको गट्टी।
71286 मुर्रा ना. २. झ्याल, ढोकाहरूमा जडिने गट्टाका आकारको हत्था।
71287 मुर्रा ना. ३. ढ्याङ्ग्रोको बिँड; मुर्रो।
71288 मुर्रा ना. ४. वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँठाउँमा जडिने गट्टा।
71289 मुर्रा ना. ५. दुधालु भैँसीको एक जात।
71290 मुर्रिनु अ.क्रि. मुकुरिनु; खाँदिनु; रिसाउनु।
71291 मुर्रो ना. १. ढ्याङ्ग्रो; बिँड; हातो; मुर्रा।
71292 मुर्रो ना. २. मास, गहत आदिका झ्याङ उखेल्दा फेदफेद गाँसी बटारेर बनाइएको पाँजो।
71293 मुऱ्ऱ्याइ ना. १. मुर्रिने भाव, क्रिया वा प्रक्रिया। [मुऱ्र्याउ+आइ]
71294 मुऱ्ऱ्याइ ना. २. मुऱ्र्याउने भाव, क्रिया वा प्रक्रिया।
71295 मुऱ्ऱ्याइनु क.क्रि. मुर्रिने पारिनु।
71296 मुऱ्ऱ्याउनु स.क्रि. १. मुकुऱ्याउनु; खाँद्नु।
71297 मुऱ्ऱ्याउनु स.क्रि. २. धेरै खुवाउनु।
71298 मुऱ्ऱ्याहट ना. मुर्रिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
71299 मुलतबी वि. सम्बन्धित अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि); मुल्तबी।
71300 मुलन्धरे ना. गाली गर्दा प्रयोग गरिने शब्द; मुलाङ्खरे; मुला।