Dictionary

All Word

71101 मुतुवा वि. १. कुठाउँमा मुत्ने वा मुतिरहने।
71102 मुतुवा वि. २. मुताहा।
71103 मुतौरो ना. मुतुनु; मुतुनो; मुतुरो।
71104 मुत्ने ना. मुतुरो; मुतौरो।
71105 मुदगापर्नी ना. मुङको झैँ पात हुने एक लहरो।
71106 मुदित वि. १. प्रसन्न; हर्षित; आनन्दित। ना.
71107 मुदित वि. २. खुसी; आनन्द; हर्ष।
71108 मुदित वि. ३. सम्भोगका निम्ति उपयुक्त एक किसिमको आलिङ्गन।
71109 मुदिता ना. १. बौद्ध धर्मअनुसार महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
71110 मुदिता ना. २. चैत्यको पहिलो भूमि।
71111 मुदितावृत्ति ना. अर्काले सुख पाएको देखेर आनन्दित हुने चित्तवृत्ति।
71112 मुद्ग ना. मुगी; मुङ।
71113 मुद्गरपर्णी ना. वनमुगी।
71114 मुद्गर ना. १. मुग्रो; घन; हथौडी।
71115 मुद्गर ना. २. पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन।
71116 मुद्गर ना. ३. गदा।
71117 मुद्गर ना. ४. एक प्रकारको चमेली फूल।
71118 मुद्दती वि. १. धेरै दिनसम्म चल्ने वा चलेको; लामो समयसम्म अड्ने; सावधि | ना.
71119 मुद्दती वि. २. कुनै दल, वर्ग, समूह वा सम्प्रदायको नेता; मुख्य व्यक्ति।
71120 मुद्दती खाता ना. बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ-ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता (फिक्स्ड एकाउन्ट)।
71121 मुद्दती रसिद ना. म्याद नाघेपछि स्वतः रद्द हुने एक प्रकारको रसिद।
71122 मुद्दा ना. झगडा; बाझो; तकरार; मुकद्दमा; कलह; विवाद; बझाइ।
71123 मुद्दा दराइ ना. झगडियाले मुद्दा चलाउन अदालतमा कागज दाखिल वा दर्ता गर्ने काम।
71124 मुद्दा सकार ना. अर्काको मुद्दा सकार्ने वा बोक्ने काम।
71125 मुद्रक वि. मुद्रण गर्ने; छाप्ने।
71126 मुद्रण ना. १. यन्त्रद्वारा अक्षरका टाइप, ब्लक आदि छाप्ने काम; छपाइ।
71127 मुद्रण ना. २. बन्द गर्ने काम।
71128 मुद्रण ना. ३. मुद्राङ्कित गर्ने काम।
71129 मुद्रणयन्त्र ना. मुद्रण गर्ने यन्त्र; छपाइमेसिन; प्रिन्टिङ प्रेस।
71130 मुद्रण स्वतन्त्रता ना. प्रजातान्त्रिक पद्धतिमा जनताले निश्चित सीमामा रही आफ्ना विचार, भावना, प्रतिक्रिया आदि छाप्न पाउने एक मौलिक अधिकार।
71131 मुद्रणालय ना. छापाखाना; प्रेस।
71132 मुद्रा ना. १. कुनै वस्तुलाई आधिकारिक रूपमा प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप।
71133 मुद्रा ना. २. नाम वा कुनै व्यक्तिगत चिह्न भएको औँठी।
71134 मुद्रा ना. ३. राणाकालीन नेपालमा मुग्लानबाट आवतजावत गर्नलाई दिइने, उक्त छाप लागेको सरकारी अधिकारपत्र; राहदानी; पारपत्र।
71135 मुद्रा ना. ४. वैष्णव सम्प्रदायका भक्तहरूले आफ्नो छाती, पाखुरा आदिमा डाम्ने वा खोप्ने विष्णुका शङ्ख, चक्र आदि आयुध।
71136 मुद्रा ना. ५. सरकारले प्रचलनमा ल्याउने विभिन्न आकार र मूल्य तोकिएका, कुनै पनि देशका जनताले क्रयविक्रयको माध्यम वा भुक्तानी सङ्कलनका साधनका रूपमा प्रयोग गर्ने वस्तु वा उपकरण (धातुका मुद्रा वा सिक्का, नोट )।
71137 मुद्रा ना. ६. गोरखनाथ सम्प्रदायमा साधुहरूले कानमा लगाउने फटिक आदिको कुण्डल वा मुद्रा।
71138 मुद्रा ना. ७. उठ्ने, बस्ने शरीरका अङ्गको स्थिति वा मनको भाव प्रदर्शित गर्ने आँखा, नाक, कान, मुख, हात आदिको कुनै पनि क्रिया।
71139 मुद्रा ना. ८. देवी-देवताका ध्यान, पूजा, आदिको समयमा प्रदर्शन गराइने आकार (जस्तै- धेनुमुद्रा, मत्स्यमुद्रा आदि)।
71140 मुद्रा ना. ९. आधुनिक मुद्रण-कार्यमा वा पत्रादिको छपाइमा प्रयोग गरिने सिसाका ढालिएका उल्टा अक्षरहरू; टाइप। १०. साहित्यमा शब्दालङ्कारअन्तर्गत पर्ने श्लेष अलङ्कारको एक भेद।
71141 मुद्रा ना. ११. नाक, कान, आदिमा लगाइने मुन्द्री।
71142 मुद्रा ना. १२. प्रतीकात्मक चिह्न।
71143 मुद्रा ना. १३. पदक; विभूषण; तक्मा।
71144 मुद्राक्षर ना. १. सरकारी कार्यालयका छाप औँठी आदिमा खोपिएको वा कुँदिएको अक्षर।
71145 मुद्राक्षर ना. २. पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप।
71146 मुद्राङ्क ना. १. अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम।
71147 मुद्राङ्क ना. २. सादा वा एकरङ्गी तस्बिर र अक्षर आदि छाप्ने धातु, रबर आदिको यन्त्र; छाप; मोहर।
71148 मुद्राङ्कन ना. कुनै पनि मुद्राको सहायताबाट चिह्न आदि छाप्ने काम।
71149 मुद्राङ्कित वि. १. कुनै तस्बिर आदिको छाप लागेको; छापिएको।
71150 मुद्राङ्कित वि. २. मोहर लागेको।