Dictionary

All Word

71001 मुड्नु१ स.क्रि. १. कपाल खौरनु; मुण्डन गर्नु।
71002 मुड्नु१ स.क्रि. २. जोगी बनाउनु; सन्न्यासको दीक्षा दिनु।
71003 मुड्नु१ स.क्रि. ३. आफ्ना मत, दल आदिमा ल्याउनु; आफ्नो पक्षको बनाउनु।
71004 मुड्नु१ स.क्रि. ४. लटीपटी गर्नु; ठग्नु; धुतधात पार्नु; धुत्नु।
71005 मुड्नु१ स.क्रि. ४. भुल वा अपराध गरेबापत जातबाट हटक गर्नु।
71006 मुड्नु२ ना. १. एक ठाउँबाट अर्का ठाउँतिर लाग्नु; विपरीत दिशातिर फर्कनु।
71007 मुड्नु२ ना. २. दोब्रिनु।
71008 मुड१ ना. मानसिक तत्परता वा भाव; मनःस्थिति; चित्तवृत्ति।
71009 मुड२ ना. १. टाउको; शिर; खप्पर।
71010 मुड२ ना. २. सन्तान; छोराछोरी; घर-जहान।
71011 मुडगन्ती ना. १. हरेक व्यक्तिको गणना; प्रत्येक व्यक्तिको गन्ती; जनगन्ती। क्रि.वि.
71012 मुडगन्ती ना. २. व्यक्तिपिच्छे; जनही; प्रत्येक।
71013 मुडाइ ना. १. मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ।
71014 मुडाइ ना. २. मुड्ने वा फर्किने क्रियाप्रक्रिया; फर्काई; दोब्राइ।
71015 मुडाइनु क.क्रि. १. मुड्न वा कपाल खौरन लाइनु।
71016 मुडाइनु क.क्रि. २. फर्काइनु।
71017 मुडाउनु प्रे.क्रि. १. मुड्न वा कपाल खौरन लाउनु; जोगी बनाउनु।
71018 मुडाउनु प्रे.क्रि. २. मुड्ने वा फर्कने पार्नु; फर्काउनु।
71019 मुडिनु क.क्रि. १. मुण्डन गरिनु; जोगी बनिनु।
71020 मुडिनु क.क्रि. २. फर्किनु; दिशा बदलिनु।
71021 मुडिलो ना. खण्डखण्ड परेका बाटुला र ठुला पात हुने, निलो फूल फुल्ने र खैरो रङको फल फल्ने बुटी वा त्यसैको फल।
71022 मुडी ना. कुहुनादेखि मुठीका टुप्पासम्मको भाग; मुठी।
71023 मुडी हात ना. सोही परिमाणको नापो।
71024 मुडुला ना. हे. मुडुलो।
71025 मुडुलामुडुली ना. १. धेरै मुडुलाको समूह।
71026 मुडुलामुडुली ना. २. मुडुला र मुडुली।
71027 मुडुली ना. १. मृगको पोथी; पोथी मृग। वि.
71028 मुडुली ना. २. कपाल खौरेकी, झरेकी वा खौराएकी (स्त्री.)।
71029 मुडुली माउ ना. कपाल झरेकी वा खौराएकी भिक्षुणी अथवा विधवा।
71030 मुडुले वि. १. मुडुलो; मुण्डित; मुण्डा। ना.
71031 मुडुले वि. २. (उपेक्षाको अर्थमा) जोगी; सन्न्यासी।
71032 मुडुले जौ ना. टुँडो नुहुने एक जातको जौ।
71033 मुडुलै क्रि.वि. मुडुलो भएर; टोपी नै नलाईकन।
71034 मुडुलैठुँडुलै क्रि.वि. कपाल पनि खौरी टोपी पनि नलाईकन।
71035 मुडुलो वि. १. कपाल खौरेको; शिरखुइले; मुडुले।
71036 मुडुलो वि. २. टोपी नलगाई शिर खाली भएको; सिङ नभएको।
71037 मुडुलो गहुँ ना. टुँडो नहुने एक प्रकारको गहुँ।
71038 मुडुलोठुँडुलो वि. कपाल खौरेको र टोपी पनि नलगाएको; सिङपुच्छर केही नभएको।
71039 मुडुवा वि. मुडिएको; मुडिने।
71040 मुडेलो ना. टाउकामा घुम अड्याउनका निमित्त लगाइने डोरी।
71041 मुड्किनु अ.क्रि. १. मुड्की खाइनु; मुड्कीले कुटिनु।
71042 मुड्किनु अ.क्रि. २. मुड्कीजस्तो हुनु।
71043 मुड्किलो ना. चुलो लोटाउने गोबर, घर पोत्ने माटो, पोतारी आदि राखनधरन गर्ने ठाउँ।
71044 मुड्की ना. घुस्सा हान्न वा कुट्न कस्सिएको मुठी।
71045 मुड्कीको भर ना. बाह्य शक्ति; गुण्डागिरी।
71046 मुड्की चिउरा/च्यूरा ना. पिटाइ; मुक्क्याइ; मुड्कीसास्ती।
71047 मुड्की सास्ती ना. मुड्की चिउरा; मुड्कीच्यूरा।
71048 मुड्के वि. मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको।
71049 मुड्को ना. काठआदिको छोटो र मोटो गिँड; मुढो।
71050 मुड्क्याइ ना. १. मुड्क्याउने क्रिया वा प्रक्रिया।