Dictionary

All Word

71151 मुद्राङ्कित वि. ३. डामेर चिह्न अङ्कित गरिएको।
71152 मुद्राङ्कित वि. ४. छापेको।
71153 मुद्रा तत्त्व ना. प्राचीन कालका मुद्रा वा सिक्काहरूको सहायता वा अध्ययनबाट त्यस देशको इतिहास, संस्कृति आदिको ज्ञान गराउने विषय वा विज्ञान।
71154 मुद्रा बाहुल्य ना. आवश्यकताभन्दा बढी मुद्रा प्रचलनमा आएको अवस्था; मुद्रास्फीति।
71155 मुद्राप्रदाय ना. मुद्रा-आपूर्ति।
71156 मुद्रामाला ना. केटाकेटीका रक्षाका लागि लगाइने विभिन्न मुद्रा (चाँदीका सिक्का, पैसा, बाघको दाह्रा, नङ्ग्रा आदि) उनिएको माला; रक्षामाला; रक्खेमाला।
71157 मुद्रायन्त्र ना. १. बिजुलीबाट चल्ने छपाइ यन्त्र।
71158 मुद्रायन्त्र ना. २. मुद्रा वा सिक्का ढाल्ने यन्त्र।
71159 मुद्राविज्ञान ना. मुद्रातत्त्व; मुद्राशास्त्र।
71160 मुद्राशास्त्र ना. पुराना मुद्रा वा सिक्काद्वारा ऐतिहासिक कालक्रमको निरूपण वा विवेचना गर्ने शास्त्र; मुद्रातत्त्व।
71161 मुद्रास्फीति ना. क्रयशक्तिका दृष्टिले मुद्राको मूल्य कम र त्यसका अनुपातमा वस्तुको मूल्य धेरै हुने गरी असाधारण रूपले बढी मुद्रा प्रचलनमा आउने स्थिति; मुद्राबाहुल्य।
71162 मुद्रिका ना. १. नाम कुँदिएको, छाप लगाउने औँठी; छाप।
71163 मुद्रिका ना. २. तर्पण आदि गर्दा लगाइने कुशको औँठी।
71164 मुद्रिका ना. ३. सिक्का।
71165 मुद्रित वि. १. मुद्रण भएको; छपाइएको वा छापिएको।
71166 मुद्रित वि. २. औँठी वा रबर छाप लगाइएको (कागतपत्र)।
71167 मुनक्का ना. ठुलो खालको किसमिस वा सुकाइएको अङ्गुर; दाख; मनक्का।
71168 मुना ना. बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; मुनु; टुसो; पिपिरो।
71169 मुनाफा ना. मालसामान खरिदबिक्री गर्दा आर्थिक दृष्टिबाट लागतभन्दा बढ्ता हुने लाभ; फाइदा; नाफा।
71170 मुनाल ना. पहाडी भेगमा हुने, जिउभरि बुट्टा, घाँटीमा राम्रो कण्ठा र शिरमा कल्की हुने एक सुन्दर चरो; मोनाल।
71171 मुनासिब वि. मनासिब; उचित; ठिक।
71172 मुनि१ ना.यो. पिँधपट्टि; तल; मुनि; उँधो।
71173 मुनि२ ना. १. वास्तु वा मूर्तिकलामा मात्रा वा अङ्गुलको सात गुना बराबरको नाप; दृष्टि, पाताल, धातु वा अब्धि बराबरको नाप।
71174 मुनि२ ना. २. कुनै विषयवस्तुको मनन गर्ने व्यक्ति; मननशील व्यक्ति; ॠषि; तपस्वी; महात्मा; सन्त; भक्त; सन्न्यासी।
71175 मुनि२ ना. ३. गहिरिएर विचार गर्ने स्वभाव भएको व्यक्ति।
71176 मुनि२ ना. ४. अङ्गिरा, पुलस्त्य, भृगु, कर्दम आदि।
71177 मुनि२ ना. ५. बुद्ध।
71178 मुनि२ ना. ६. व्यास।
71179 मुनि२ ना. ७. सातको सङ्ख्या।
71180 मुनित्रय ना. पाणिनि, कात्यायन र पतञ्जलि।
71181 मुनिपुङ्गव ना. महान् वा प्रमुख ॠषि।
71182 मुनिम ना. व्यक्तिगत संस्था, कोठी आदिको हिसाबखाताको काम गर्ने कर्मचारी।
71183 मुनिमी ना. १. मुनिमको काम वा पद।
71184 मुनिमी ना. २. मुनिम हुनाको भाव वा स्थिति।
71185 मुनियाँ ना. गाढा खैरो रङको शरीरमा थोप्लाथोप्ला हुने फिस्टोजत्रो एकजातको राम्रो चरो।
71186 मुनिव्रत ना. मुनि वा ठुला योगी महात्माहरूको प्रतिज्ञा; तपस्या।
71187 मुनी ना. भेडाबाख्राको माउ वा पाठो।
71188 मुनीन्द्र/मुनीश्वर ना. १. धेरै ठुला ॠषि; मुनिहरूमा श्रेष्ठ।
71189 मुनीन्द्र/मुनीश्वर ना. २. गौतम बुद्ध।
71190 मुनीन्द्र/मुनीश्वर ना. ३. शिव।
71191 मुनु ना. टुसो; पिपिरो; मुना।
71192 मुन्टामुन्टी ना. धेरै मुन्टाको समूह।
71193 मुन्टिनु अ.क्रि. १. कसैले घचेट्दा वा रिँगटा लाग्दा टाउकाले नै टेक्न पुग्नु; मुन्टाले टेक्नु; मन्टिनु; टाउकाको भर पर्नु।
71194 मुन्टिनु अ.क्रि. २. ठ्याक खानु; घोक्रिनु; निकालिनु।
71195 मुन्टिनु अ.क्रि. ३. बाउँटिनु; टेढिनु; भाँडिनु।
71196 मुन्टे वि. मुन्टो निहुरेको; मुन्टिएको।
71197 मुन्टे ठिँगुरो ना. १. मुन्टो अडिने गर्दनको हाड।
71198 मुन्टे ठिँगुरो ना. २. सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिँगुरो।
71199 मुन्टो ना. १. शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर।
71200 मुन्टो ना. २. मुना; मुन्टा।