Dictionary

All Word

71201 मुन्टो ना. ३. स्तन वा थुनको अग्रभाग वा टुप्पो; चुचुक।
71202 मुन्ट्याइ ना. मुन्टिने भाव, क्रिया वा प्रक्रिया।
71203 मुन्ट्याइनु क.क्रि. मुन्ट्याउने काम गरिनु; मुन्टाले टेक्ने पारिनु; मन्ट्याइनु; घोक्य्राइनु।
71204 मुन्ट्याउनु स.क्रि. /प्रे.क्रि. १. कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्य्राउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्ती लाउनु।
71205 मुन्ट्याउनु स.क्रि. /प्रे.क्रि. २. मुन्टाले टेकाउनु; मुन्टाको भर पार्नु।
71206 मुन्डा वि. १. कपाल नभएको; खुइले; मुडुलो।
71207 मुन्डा वि. २. छानो नभएको (घर)। ना.
71208 मुन्डा वि. ३. जोगी; सन्न्यासी।
71209 मुन्तला ना. सुन्तलाको जातको अमलाजत्रो अमिलो हुने एक फलविशेष।
71210 मुन्तिर क्रि.वि. तलतिर; मनितिर।
71211 मुन्दुम ना. हे. मुन्धुम।
71212 मुन्द्रा ना. खास गरी रिसका झमटमा देखिने मानिसका मुखको विशेष अवस्था; झोक (जस्तो- रिसमा मुन्द्रा फेर्नु)।
71213 मुन्द्री ना. स्त्रीहरूले कानमा लगाउने मुद्राकार सुनको गहना; सानो मुन्द्रा।
71214 मुन्द्रे वि. १. मुन्द्रा लाएको; मुन्द्रा भएको।
71215 मुन्द्रे वि. २. मुन्द्रा परेको मुन्द्राजस्तो; मुन्द्राको छाँटको।
71216 मुन्द्रो ना. बुलाकी, कुण्डल, यार्लिङ, औँठी आदि कुण्डलाकार कुनै गहना।
71217 मुन्धुम ना. लिम्बूजातिको धर्मशास्त्र; मुन्धुम।
71218 मुन्सी ना. १. खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी।
71219 मुन्सी ना. २. पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी।
71220 मुन्सीखाना ना. राणाशासनको समयमा परराष्ट्र- मन्त्रालयको काम गर्ने एक अड्डा।
71221 मुफत वि. १. मूल्यबिनाको; सित्तै। क्रि.वि.
71222 मुफत वि. २. काम न काजसित; बिनसित्ति; मफत; व्यर्थ।
71223 मुफती त्यसै भेटिएको वा पाइएको; मुफतको।
71224 मुफ्त वि. हे. मुफत।
71225 मुफ्ती हे. मुफती।
71226 मुबारक वि. १. मङ्गलकारी; शुभ। ना.
71227 मुबारक वि. २. शुभ अवसरमा बधाई दिँदा प्रयोग हुने शब्द।
71228 मुबारकवाद ना. बधाई; शुभकामना; फत्तेमुवारक।
71229 मुबारकवादी वि. बधाई दिने; शुभकामना दिने।
71230 मुमा ना. आमा; माता।
71231 मुमुक्षु वि. मोक्षका लागि प्रयत्नशील; मोक्षको चाहना गर्ने; सांसारिक जीवनबाट मुक्त हुन इच्छा राख्ने।
71232 मुमूर्षा ना. १. मृत्युको चाहना; मर्ने इच्छा।
71233 मुमूर्षू वि. १. मरणासन्न; मर्नै आँटेको।
71234 मुमूर्षू वि. २. मर्न चाहने; मरणेच्छुक; मृत्युकामी।
71235 मुरकुल ना. विशेषतया तराईतिर हुने एक प्रकारको लता।
71236 मुरब्बा ना. बफाएर वा उसिनेर चास्नीमा डुबाइएको सुगन्धी फलको पाक।
71237 मुरमुरिनु अ.क्रि. १. भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु।
71238 मुरमुरिनु अ.क्रि. २. मुरमुराउने काम गरिनु।
71239 मुरमुऱ्याइ ना. मुरमुरिने भाव, क्रिया वा प्रक्रिया।
71240 मुरमुऱ्याइनु अ.क्रि. जङ्गिने पारिनु।
71241 मुरमुऱ्याउनु प्रे. क्रि. भित्रभित्रै क्रुद्ध पार्नु; मुरमुर तुल्याउनु।
71242 मुरमुऱ्याहट ना. मुरमुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
71243 मुरली ना. निगालो, बाँस वा काठद्वारा बनेको, लामो- छोटो विभिन्न प्रकारको हुने, औँला चाली विभिन्न स्वरमा फुकेर बजाइने एक बाजा।
71244 मुरली निगालो ना. औँलाजतिको मात्र डोलाइ र पातलो मोटाइ हुने, मुरली बनाउने काममा प्रयोग गरिने एक प्रकारको निगालो।
71245 मुरली बाँस ना. मदेसतिर पाइने, गोलाइ सानो र फेद-टुप्पो पनि झन्डै एकनासको मोटाइ हुने एक किसिमको बाँस।
71246 मुरली मकै ना. टुप्पामा चुच्चो हुने, भुट्दा खुबै फूल उठ्ने एक प्रकारको मकै।
71247 मुरा ना. एक जातको गन्धयुक्त बुटी; गुदबुटी।
71248 मुराद ना. १. मनमा रहिरहेको अभिलाषा; कामना; मनोरथ; मनसुबा।
71249 मुराद ना. २. भित्री आशय; अभिप्राय।
71250 मुरादी वि. मुराद राख्ने; अभिलाषी।