Dictionary

All Word

71051 मुड्क्याइनु क.क्रि. १. मुड्कीले हिर्काइनु; मुक्क्याइनु।
71052 मुड्क्याइनु क.क्रि. २. मुड्को पारिनु।
71053 मुड्क्याउनु स.क्रि. / प्रे. क्रि. १. मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु।
71054 मुड्क्याउनु स.क्रि. / प्रे. क्रि. २. हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु।
71055 मुढ ना. मुढो।
71056 मुढ पेलाइ ना. अबुझ ढिपी।
71057 मुढन ना. उखुको पहिलो सालको बाली।
71058 मुढा ना. १. हे. मुढो।
71059 मुढा ना. २. बाँसका मसिना डन्डीहरू मिलाई छाला वा डोरीले बुनी बस्ने ठाउँतिर ढाकी बनाइएको डमरुका आकारको बस्ने साधन।
71060 मुढिनु अ.क्रि. १. मुढोजस्तो हुनु।
71061 मुढिनु अ.क्रि. २. हतियारको धार दोब्रिनु; भुत्ते हुनु; नलाग्ने हुनु।
71062 मुढे वि. १. मुढो भएको; मुढोजस्तो। ना. बुद्धिसुद्धी नभएको बल; मुढपेलाइ; जबर्जस्ती।
71063 मुढे वि. २. मूर्खता; मुर्ख्याइँ।
71064 मुढो ना. १. ढालेको र हाँगाबिँगा काटेको काठको मोटो गिँड; मुढ। वि.
71065 मुढो ना. २. चेत हराएको; मधौरु।
71066 मुढो ना. ३. धार मोडिएको; नलाग्ने; भुत्ते।
71067 मुढ्याइ ना. मुढिने क्रिया वा प्रक्रिया। [मुढ्याउ+आइ] ना. मुढ्याउने क्रिया वा प्रक्रिया।
71068 मुढ्याइनु क.क्रि. मुढिने पारिनु; भुत्ते तुल्याइनु।
71069 मुढ्याउनु स.क्रि. हतियारको धार मार्नु; नलाग्ने बनाउनु; भुत्त्याउनु।
71070 मुण्ड ना. १. टाउको; शिर; खप्पर।
71071 मुण्ड ना. २. कपाल खौरेको टाउको।
71072 मुण्ड ना. ३. शरीरबाट काटिएर छुट्टिएको टाउको; काटिएको शिर।
71073 मुण्ड ना. ४. लिङ्ग वा भगाङ्कुरको टुप्पाको भाग।
71074 मुण्डन ना. कपाल खौरने काम; हजामत; मुडाइ; क्षौर; खौराइ।
71075 मुण्डनमाला ना. शिवका गण, काली, भैरव, भैरवी आदिले गलामा लगाउने दैत्य, मानिस आदिका टाउकाको माला।
71076 मुण्डित वि. मुण्डन गरिएको; कपाल खौरेको; मुडुलो।
71077 मुण्डी वि. १. मुण्डन गरेको। ना.
71078 मुण्डी वि. २. सन्न्यासी; जोगी।
71079 मुण्डी वि. ३. गोरखमुण्डी।
71080 मुण्डी वि. ४. शिव।
71081 मुत्नु स.क्रि. १. पिसाब गर्नु; पिसाब फेर्नु; छुल्क्याउनु; तुर्क्याउनु; तुरी गर्नु।
71082 मुत्नु स.क्रि. २. डराउनु; छुलछुल हुनु।
71083 मुत ना. खाएको झोल वस्तु पेटमा पुगेर प्राणीको जननेन्द्रियबाट निस्कने तरल पदार्थ; पिसाब; पिसाप; मूत्र।
71084 मुताइ ना. मुत्ने क्रिया वा प्रक्रिया।
71085 मुताइनु क.क्रि. १. मुत्न लाइनु।
71086 मुताइनु क.क्रि. २. छुलछुल पारिनु।
71087 मुताउनु प्रे.क्रि. १. मुत्न लाउनु।
71088 मुताउनु प्रे.क्रि. २. छुलछुल पार्नु; कुस्तुर तुल्याउनु।
71089 मुतको न्यानो ना. क्षणभर मात्रको सुख वा आनन्द।
71090 मुताबिक ना. यो. १. अनुसार; माफिक। वि.
71091 मुताबिक ना. यो. २. अनुरूप; सुहाउँदो।
71092 मुताहा वि. १. निद्रामा ओछ्यानैमा वा बिउँझोमा पनि जहाँ पायो त्यहीँ मुत्ने।
71093 मुताहा वि. २. धेरै मुत्ने; मुतुवा।
71094 मुताहा वि. ३. डरछेरुवा; काथर।
71095 मुताहा वि. ४. हार्ने; हरुवा।
71096 मुतिनु क.क्रि. पिसाब फेरिनु।
71097 मुती१ ना. पहिलोपल्ट निकालिएको कडा र असल कोटिको रक्सी; एकपाने रक्सी।
71098 मुती२ ना. पिसाब; मुत; सुसु (बालबोलीमा)।
71099 मुतुनु/मुतुनो ना. मुत्ने अङ्ग; मूत्रेन्द्रिय; मुतौरो; मुत्ने।
71100 मुतुरो ना. मूत्रेन्द्रिय; मुतुनु; मुतुनो; तुरी।