Dictionary

All Word

70901 मुङ्ग्रे कोदो ना. बोट अलि सानो भई बाला ठाडो हुने एक जातको कोदो वा त्यसैको बोट।
70902 मुङ्ग्रेलो ना. ज्वानुका छाँटका काला गेडा हुने एक प्रकारको जिरो; कालो जरो; कलौँजी |
70903 मुङ्ग्रो ना. १. लुगा धुँदा पिट्ने वा कीला आदि ठोक्ने काठको हाते साधन।
70904 मुङ्ग्रो ना. २. छाडा गाईभैँसीका घाँटीमा अघिल्तिरका खुट्टा ठोकिएर कुद्न नहुने गरी बाँध्ने काठको डन्डी।
70905 मुङ्ग्रो ना. ३. एक खालको पुरानो हतियार; मुद्गर।
70906 मुङ्लेरी ना. विवाह आदि कार्यमा मङ्गलगीत गाउने आइमाई।
70907 मुङ्सिर ना. मङ्सिर; मार्ग।
70908 मुङ्सिरे ना. मङ्सिरमा दाइँ गर्दा गाइने एक लोकगीत; मङ्सिरे; राशिगीत।
70909 मुचकुन्द/मुचुकुन्द ना. १. मान्धाताका पुत्र प्राचीन एक तपस्वी राजा।
70910 मुचकुन्द/मुचुकुन्द ना. २. ठुलठुला खस्रा पात हुने, झुस भएका पहेँला ठुलठुला फूल फुल्ने र लाम्चा खैरा फल फल्ने एक वृक्षविशेष; सोही वृक्षको फूल।
70911 मुचुमुचु ना. १. चाम्रो वस्तु (चुइगम आदि) को चपाइको चाल वा ध्वनि। क्रि.वि.
70912 मुचुमुचु ना. २. त्यस्तो वस्तु चपाइरहने गरी।
70913 मुचुल्का ना. सरजमिन हुँदा कसैले कुनै कामकारबाई भएबापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज; सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज।
70914 मुचो ना. १. मुठो; झुप्पो।
70915 मुचो ना. २. साँचोको पूरक, जस्तै- साँचोमुचो।
70916 मुछ्नु स.क्रि. १. रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि)।
70917 मुछ्नु स.क्रि. २. कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु।
70918 मुछमाछ ना. सबै मुछ्नेवर्ने काम।
70919 मुछाइ ना. मुछ्ने क्रिया वा प्रक्रिया।
70920 मुछाइनु क.क्रि. मुछ्न लाइनु; फतेलाइनु।
70921 मुछाउनु प्रे. क्रि. मुछ्न लाउनु; फतेलाउनु।
70922 मुछामुछ ना. परस्परमा मुछ्ने काम।
70923 मुछिनु क.क्रि. १. सालेमाले गरिनु; सरोबर पारिनु।
70924 मुछिनु क.क्रि. २. बोरिनु।
70925 मुज ना. कुशका छाँटका पात र काँसका जस्ता सेता फूल फुल्ने, पातको डोरी आदि बाटिने र व्रतबन्धमा डोरीको कन्धनीसमेत लगाइने एक जातको झार वा त्यसैको लट्ठी।
70926 मुजा ना. १. मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी।
70927 मुजा ना. २. मुजो।
70928 मुजिनु अ.क्रि. १. मुजा पर्नु; चाउरी पर्नु।
70929 मुजिनु अ.क्रि. २. बाध्य हुनु; विवश बन्नु।
70930 मुजी ना. १. स्त्रीका योनि ओरिपरि उम्रने रौँ।
70931 मुजी ना. २. उपेक्षा; गालीबोधक अश्लील शब्द।
70932 मुजुक्क क्रि.वि. १. खुम्चिने वा चाउरी पर्ने किसिमले; खुम्चुङ।
70933 मुजुक्क क्रि.वि. २. मुजिने वा मुजा पर्ने चालसँग।
70934 मुजुक्क क्रि.वि. ३. विवशता वा बाध्यताका साथमा।
70935 मुजुर ना. फुक्ने खालको लामो पुच्छर हुने र पुच्छरका प्वाँखैपिच्छे टल्कने टीका तथा बुट्टा हुने, शिरमा कल्की भएको, केही ठुलो आकारको प्रसिद्ध सुन्दर पक्षी; मयूर; मजुर; मजूर।
70936 मुजुरखुट्टे ना. १. टुप्पो मुजुरको खुट्टा झैँ हुने र निहुरो झैँ तरकारी खाइने एक जातको औल्याहा वनस्पति। वि.
70937 मुजुरखुट्टे ना. २. मुजुरको जस्तो झिनो खुट्टा हुने।
70938 मुजुरप्वाँखे वि. १. मुजुरका जस्तो प्वाँख हुने (पङ्खा आदि)।
70939 मुजुरप्वाँखे वि. २. नक्कले; झिल्के।
70940 मुजुरा१ ना. मुना; कोपिला; मुन्टा; टुसा।
70941 मुजुरा२ ना. काँसको सानो झ्याली वा झाम्टा; मजुरा।
70942 मुजुरो ना. कोपिलो; मुनु; मुना; मुजुरा।
70943 मुजो ना. १. सारी, धोती आदि लुगामा मसिनो पारी मिलाइएको पाटो; चुना; भाँज।
70944 मुजो ना. २. मुजा।
70945 मुज्याइ ना. मुजिने वा मुज्याउने क्रिया-प्रक्रिया।
70946 मुज्याइनु क.क्रि. मुजो पारिनु; मुजा पार्ने काम गरिनु।
70947 मुज्याउनु स.क्रि. १. मुजा पार्नु; चुन्याउनु; खुम्च्याउनु।
70948 मुज्याउनु स.क्रि. २. धडपकड गर्नु; बाध्य गर्नु।
70949 मुज्याउनु स.क्रि. ३. कष्ट दिनु; सास्ती दिनु।
70950 मुजूर ना. हे. मुजुर।