Dictionary

All Word

70801 मुखर वि. १. मुख लाग्ने; मुखाले; चोथाले; थुतुने।
70802 मुखर वि. २. वाचाल; कुरौटे; वाक्पटु।
70803 मुखर वि. ३. आवाज दिने; बज्ने; ध्वननशील; अनुनादी।
70804 मुखर वि. ४. अभिव्यञ्जक; सूचक।
70805 मुखर वि. ५. अश्लील बोल्ने; छाडा।
70806 मुखर वि. ६. उपहास गर्ने; हँसीमजाक गर्ने।
70807 मुखरित वि. १. राम्ररी बोल्ने, बज्ने वा ध्वनि निकाल्ने।
70808 मुखरित वि. २. शब्द वा ध्वनिले युक्त; अनुनादित।
70809 मुखविवर ना. कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो।
70810 मुखशुद्धि ना. १. मुख सफा गर्ने वा धुने काम; मुखारी।
70811 मुखशुद्धि ना. २. खानापछि पानसुपारी आदि खाएर मुखलाई सुगन्धित तुल्याउने काम।
70812 मुखश्री ना. मुखको सौन्दर्य; प्रिय मुखमुद्रा; चेहराको प्रसन्नता।
70813 मुखसन्धि ना. पञ्चसन्धिमध्ये बीज र आरम्भको योगबाट अनेक रस र अर्थलाई अभिव्यञ्जित गर्ने, बीज उत्पन्न भएको भाग; पञ्चसन्धिमध्ये पहिलो सन्धि।
70814 मुखसाबित वि. अपराध भएको भए पनि नभए पनि मुखले स्वीकार गर्ने; मुखपतित।
70815 मुखसार वि. वारेसले झैँ अघि सरी बोल्ने काम।
70816 मुखसारी वि. अर्काको मामलामा अघि सरी बोल्ने; वारेस भई अघि सर्ने वा बोल्ने; लाफ्रे।
70817 मुखाकृति ना. १. मुखको आकृति वा आकार; मुख; चेहरा।
70818 मुखाकृति ना. २. कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्टि देखिने भाग।
70819 मुखाग्र वि. कण्ठ आउने; कण्ठ भएको; कण्ठस्थ; कण्ठाग्र।
70820 मुखापेक्षी वि. अर्काको मुख ताक्ने; अरूमा अवलम्बित; पराश्रित; अरूका भरमा पर्ने।
70821 मुखामुख १. प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक-अर्कामा हुने मुखको हेराहेर।
70822 मुखामुख २. दुई थरीका बिच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो। क्रि.वि.
70823 मुखामुख ३. एक अर्काको सामुन्ने; आमुन्नेसामुन्ने।
70824 मुखामुखी क्रि.वि. मुखकै अगिल्तिर; मुखेन्जी; मुखामुख।
70825 मुखारी ना. १. मुख धुने काम (दरबारिया शिष्ट बोलीमा)।
70826 मुखारी ना. २. गाईबस्तुको थुतुनो खुकुलो पारेर बाँध्ने डोरी (साधारण बोलचालमा)।
70827 मुखाले वि. मर्यादा नराखी बोल्ने; मुख लाग्ने; चोथाले; थुतुने; दुर्मुखा।
70828 मुखिनी ना. १. मुखिया दर्जावालकी पत्नी; मुखेनी।
70829 मुखिनी ना. २. क्षत्रिय आदि जातका स्त्रीलाई आदरपूर्वक गरिने सम्बोधन।
70830 मुखिनी ना. ३. आफैँ मुख्य भएर काम-कुरा गर्ने स्त्री; नाइकिनी; नाइकेनी।
70831 मुखिन्जी/मुखिन्जेल क्रि.वि. अघिल्तिर; सामुमा; मुखेन्जी।
70832 मुखिया ना. १. निजामती वा अन्य सेवातर्फको राजपत्रअनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद।
70833 मुखिया ना. २. गाउँको तालुकदार वा ठालु।
70834 मुखिया ना. ३. छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द।
70835 मुखिया ना. ४. माझी वा सुनुवार जातिको एक थर।
70836 मुखी वि. १. मुख भएको वा गरेको।
70837 मुखी वि. २. मुख फर्केको वा फर्काएको।
70838 मुखेनी ना. मुखिनी।
70839 मुखेन्जी क्रि.वि. मुखैनेर; मुखको नजिक; सामुन्ने; अघिल्तिर; अगाडि; सामुमा; दृष्टिमा; मुखिन्जेल; मुखिन्जी।
70840 मुखौटो ना. १. मुख ढाक्ने वस्त्र।
70841 मुखौटो ना. २. मुखुन्डो।
70842 मुख्तियार ना. १. राणाकालमा मुख्य मन्त्री वा प्रधानमन्त्रीको उत्तराधिकारी; चिफ साहेब।
70843 मुख्तियार ना. २. अधिकारप्राप्त प्रतिनिधि वा वारेस।
70844 मुख्तियारनामा ना. मुख्तियार बनाइएको कागज वा लेख।
70845 मुख्तियारी ना. मुख्तियारीको काम वा पद।
70846 मुख्य वि. १. अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल।
70847 मुख्य वि. २. विशेष; खास।
70848 मुख्य वि. ३. वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति)।
70849 मुख्य वि. ४. अगुवा; नेता।
70850 मुख्य अधिकारी ना. कार्यालय आदिको अधिकारप्राप्त प्रमुख पदाधिकारी; मूल हाकिम।