Dictionary

All Word

70751 मुक्तछन्द ना. १. मात्रा, अनुप्रास, चरण आदिको बन्धन नमानिने केवल गत्यात्मक लयलाई ध्यानमा राखेर लेखिने कविता (ब्ल्याङ्कभर्स)।
70752 मुक्तछन्द ना. २. रबड-छन्द।
70753 मुक्त परिवर्तन ना. ध्वनि अर्थभेदक नभईकन स्वतन्त्र रूपमा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया।
70754 मुक्त वाणिज्य/ मुक्त व्यापार ना. विदेशबाट आफ्नो देशमा आउने मालमा बाधक कर नलगाइने नीति; कुनै देशका साथ विशेष कर नलाग्ने व्यापारनीति, मुक्त प्रकारको व्यापार-नीति (फ्री ट्रेड); खुल्ला बेपार।
70755 मुक्तहस्त वि. ठुलो हात भएको; फुक्का मनको; उदार; दानी।
70756 मुक्तहृदय वि. उदार मन भएको; सफा हृदय भएको।
70757 मुक्ता ना. १. मोती।
70758 मुक्ता ना. २. वेश्या।
70759 मुक्ताक्षर ना. अन्त्यमा आउने वा आएको अक्षर।
70760 मुक्तात्मा वि. मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्त।
70761 मुक्ताफल ना. मोती।
70762 मुक्तावली ना. मोतीको माला वा हार।
70763 मुक्ति ना. १. छुटकारा, उन्मोचन; स्वतन्त्रता।
70764 मुक्ति ना. २. मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन। ३ त्याग; परित्याग।
70765 मुक्ति ना. ४. उद्धार।
70766 मुक्तिक्षेत्र ना. १. नेपालको धवलागिरि अञ्चलअन्तर्गत मुस्ताङ जिल्लामा पर्ने एक प्रसिद्ध तीर्थक्षेत्र।
70767 मुक्तिक्षेत्र ना. २. वाराणसी; काशी।
70768 मुक्तिनाथ ना. मुक्तिक्षेत्रमा रहेका देवता।
70769 मुक्तिशुल्क ना. कैदमुक्त भएबापत सरकारलाई बुझाउने रकम।
70770 मुक्तिसङ्ग्राम ना. मुक्तिका निमित्त गरिएको सङ्घर्ष; मुक्तिसङ्घर्ष।
70771 मुक्तिसङ्घर्ष ना. मुक्तिसङ्ग्राम।
70772 मुख ना. १. प्राणीहरूको खाने तथा बोल्ने अवयव।
70773 मुख ना. २. चेहरा; अनुहार; आनन; मुहार।
70774 मुख ना. ३. थुतुनो; चुच्चो।
70775 मुख ना. ४. कुनै वस्तुको अग्रभाग; मोहडा।
70776 मुख ना. ५. मुहान; उद्‍गमस्थान; दिशा।
70777 मुख ना. ६. ढोका; द्वार।
70778 मुख ना. ७. आरम्भ; सुरु; थालनी।
70779 मुख ना. ८. प्रस्तावना।
70780 मुख ना. ९. मुख्य; प्रधान; प्रमुख। १०. नाटकमा पाँच सन्धिमध्ये एक।
70781 मुख ना. ११. वेद; श्रुति।
70782 मुखगुहा ना. मुखभित्रको खोक्रो भाग।
70783 मुखजमान ना. पक्का वचन; प्रतिज्ञा।
70784 मुखजमानी ना. मुखजमान।
70785 मुखतोड वि. फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ); मुखभरिको।
70786 मुख देखाउनी ना. मुख देखाउँदा वा विशेष भेटघाटका अवसरमा दिइने पुरस्कार।
70787 मुखद्वीप ना. समुद्रछेउ नदी खस्ने ठाउँमा नदीले ल्याएको माटो जम्मा भएर बनेको समतल जमिन।
70788 मुखनली ना. बोल्दा वा बजाउँदा मुखमा हालिने नली; पिपिरो।
70789 मुखपट ना. घुम्टो; घुम्टी।
70790 मुखपतित वि. आफैँले आफ्नो अपराध स्वीकार गर्ने।
70791 मुखपत्र ना. धार्मिक, राजनीतिक, सामाजिक आदि संस्थाको निजी उद्देश्यको पूर्तिका लागि प्रकाशित गरिएको सामयिक पत्रिका; जर्नल।
70792 मुखपात्र ना. लेखक वा स्रष्टाको वैचारिकता व्यक्त गर्ने पात्र।
70793 मुखपृष्ठ ना. पुस्तक, पत्रिका आदिको आवरणको पहिलो पृष्ठ; आवरण।
70794 मुखबन्ध ना. कुनै ग्रन्थादिको प्रस्तावना; भूमिका।
70795 मुखबिर ना. १. अपराध गर्ने व्यक्तिका विरुद्ध गुप्त रूपमा खबर दिने व्यक्ति; जासुस।
70796 मुखबिर ना. २. सरकारी साक्षी।
70797 मुखबिरी ना. मुखबिरको काम वा पद।
70798 मुखमण्डल ना. अनुहार; चेहरा; मुहार; आनन।
70799 मुखमूल्य ना. १. वस्तुको उत्पादनमा आधारित नरहेको मूल्य |
70800 मुखमूल्य ना. २. मनलागी मोल; मुखको मोलतोल।