Dictionary

All Word

70651 मिहिन२ वि. २. धुलो; मैदा।
70652 मिहिन२ वि. ३. सूक्ष्म।
70653 मिहिन२ वि. ४. कमलो; कोमल; नरम (स्वर, काम आदि)।
70654 मिहिर ना. १. सूर्य।
70655 मिहिर ना. २. बादल; मेघ।
70656 मिहिर ना. ३. चन्द्रमा।
70657 मिहिर ना. ४. हावा; वायु।
70658 मिहिर ना. ५. बुढो मानिस।
70659 मिहीँ/मिही वि. मिहिन; मसिनो।
70660 मीठा वि. हे. मिठा।
70661 मीठू ना. हे. मिठु।
70662 मीठे वि. हे. मिठे।
70663 मीठो वि. हे. मिठो।
70664 मीड ना. एक सुरबाट अर्को स्वरको आवाज निकाल्ने तरिका; रेटेर वा पर्दामा रगडेर विभिन्न स्वरको आवाज निकाल्ने क्रिया।
70665 मीन ना. १. मत्स्य; माछो।
70666 मीन ना. २. बाह्रौँ राशिको नाम।
70667 मीनपचास ना. १. मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम।
70668 मीनपचास ना. २. शिक्षणसंस्थानहरूमा प्रायः सोही याममा दिइने बिदा; हिउँदे बिदा।
70669 मीनमेख ना. १. खोट लगाउने काम।
70670 मीनमेख ना. २. आनाकानी; नाइँनास्ति।
70671 मीम ना. हे. मिम।
70672 मीमांसक वि. मीमांसा गर्ने; मीमांसाशास्त्रको ज्ञाता वा पण्डित।
70673 मीमांसन ना. मीमांसा गर्ने काम वा भाव।
70674 मीमांसा ना. १. भारतीय छवटा मुख्य दर्शनशास्त्रमध्ये मूलतः पूर्व मीमांसा र उत्तर मीमांसा दुई भागमा बाँडिएको एक दर्शन।
70675 मीमांसा ना. २. अनुमान र तर्कवितर्कद्वारा कुनै विषयका मूल तत्त्व वा वास्तविकताको पत्तो लगाउने काम; सो सन्दर्भमा गरिने गम्भीर मनन वा विचार; तत्त्वनिर्णय; विवेचना।
70676 मीमांसाकार ना. मीमांसासूत्रका प्रणेता जैमिनि ॠषि।
70677 मीमांसामूलक वि. मीमांसाको प्रधानता रहेको; मीमांसाका दृष्टिले हेरिने वा अध्ययन गरिने।
70678 मीमांसित वि. मीमांसा गरिएको वा भएको।
70679 मीमांस्य वि. मीमांसा गर्न योग्य वा उचित।
70680 मीर ना. हे. मिर।
70681 मील ना. माइल।
70682 मीलन ना. बन्द गर्ने काम; चिम्लाइ (आँखा); खुम्चिने काम; खुम्चाइ (फूल आदि)।
70683 मीलित वि. १. बन्द गरिएको; चिम्लिएको।
70684 मीलित वि. २. खुम्चिएको; सङ्कुचित।
70685 मुँगी ना. हे. मुगी।
70686 मुअत्तल वि. १. लागेका अभियोगको किनारा नलागुन्जेल पद वा कामबाट हटाइएको (कर्मचारी); निलम्बित।
70687 मुअत्तल वि. २. खाली।
70688 मुअत्तली ना. मुअत्तल हुने काम; निलम्बन।
70689 मुआब्जा ना. कुनै वस्तुको बदलामा दिइने नगद वा वस्तु; क्षतिपूर्ति; हर्जाना; साटो।
70690 मुकदमा ना. झगडा; मुद्दा; कलह; मामिला।
70691 मुकर ना. निश्चय; निधो; टुङ्गो; ठेकान; मुक्कुर।
70692 मुकर्र वि. १. निश्चय गरिएको; टुङ्गो लगाइएको।
70693 मुकर्र वि. २. खटाइएको; नियुक्त।
70694 मुकाबला/मुकाबिला ना. १. डट्ने काम; सामना।
70695 मुकाबला/मुकाबिला ना. २. मुठभेड; द्वन्द्वयुद्ध; लडाइँ; भिडन्त।
70696 मुकाबला/मुकाबिला ना. ३. विरोध; प्रतिरोध।
70697 मुकाबला/मुकाबिला ना. ४. कुनै विषयमा दुई थरी व्यक्ति वा वस्तुका बिचमा हुने बराबरीको भावना; दाँजो; तुलना।
70698 मुकाम ना. १. भ्रमण गर्दा बाटामा पर्ने बास; अस्थायी बसाइ।
70699 मुकाम ना. २. विश्राम; बिसाइँ।
70700 मुकुट ना. १. देवता वा राजाले पैह्रने श्रेष्ठतासूचक शिरोभूषण; श्रीपेच; शिरपेच; मुकुट; ताज।