Dictionary

All Word

70701 मुकुट ना. २. शिखा।
70702 मुकुट ना. ३. शिखर।
70703 मुकुटधमनी ना. मुटुमा रगतको सञ्चालन गर्ने नाडीहरू।
70704 मुकुन्द ना. १. विष्णु वा कृष्णको नाम।
70705 मुकुन्द ना. २. एक अमूल्य पत्थर।
70706 मुकुन्द ना. ३. एक प्रकारको ढोल।
70707 मुकुन्द ना. ४. कुबेरका नौ निधिमध्ये एक।
70708 मुकुन्द सेन ना. विक्रमको अठारौँ शताब्दीको चौथो चरणतिर पाल्पाप्रदेशमा राज्य गर्ने एक प्रसिद्ध सेनवंशी राजा।
70709 मुकुर ना. १. ऐना; दर्पण।
70710 मुकुर ना. २. फूलको कोपिला।
70711 मुकुर ना. ३. कुमालेको चक्र घुमाउने लट्ठी।
70712 मुकुर ना. ४. एक वृक्षविशेष।
70713 मुकुरिनु अ.क्रि. १. उकुसमुकुस हुनु; ठेसमठेस हुनु।
70714 मुकुरिनु अ.क्रि. २. सानो भाँडामा धेरै अन्न पकाउँदा खाँदिएर पाक्न नसक्नु।
70715 मुकुरिनु अ.क्रि. ३. अररिनु।
70716 मुकुरिनु अ.क्रि. ४. सङ्कीर्ण हुनु।
70717 मुकुरिनु अ.क्रि. ५. असह्य हुनु।
70718 मुकुरो वि. हे. बुकुरो।
70719 मुकुऱ्याइ ना. १. मुकुरिने क्रिया वा प्रक्रिया। [मुकुऱ्याउ+आइ]
70720 मुकुऱ्याइ ना. २. मुकुऱ्याउने क्रिया वा प्रक्रिया।
70721 मुकुऱ्याइनु प्रे. क्रि. १. सकी-नसकी धेरै खानु।
70722 मुकुऱ्याइनु प्रे. क्रि. २. सानो भाँडोमा खाँदिने गरी धेरै अन्न पकाउनु।
70723 मुकुऱ्याइनु प्रे. क्रि. ३. उकुसमुकुस पार्नु।
70724 मुकुऱ्याहट ना. मुकुरिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
70725 मुकुल ना. १. फूलको कोपिला; मुना।
70726 मुकुल ना. २. कोपिला जस्तै कुनै चिज।
70727 मुकुल ना. ३. शरीर।
70728 मुकुल ना. ४. आत्मा; जीव।
70729 मुकुलित वि. १. कोपिला लागेको; टुसाएको।
70730 मुकुलित वि. २. केही फक्रेको वा फुलेको।
70731 मुक्का ना. कसैलाई हान्न बाँधिएको मुठी; मुड्की; मुक्की; घुस्सा; ढुस्सा।
70732 मुक्काबाजी ना. मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट।
70733 मुक्कामुक्की ना. एक-अर्कामा मुक्काले हान्ने काम; मुक्काबाजी।
70734 मुक्किनु अ.क्रि. मुक्का खानु; घुस्सा खानु।
70735 मुक्की ना. मुक्का; मुड्की।
70736 मुक्केबाज वि. मुक्काको प्रयोग गरेर लड्ने; (बक्सर)।
70737 मुक्केबाजी ना. परस्परमा मुक्काले हान्ने प्रक्रिया वा त्यसरी खेलिने प्रतियोगितात्मक खेल।
70738 मुक्कोपिरा ना. एउटै भेट्नुमा जोडिएका संयुक्त पात हुने, टुप्पामा क्याप्सुल आकारका थुप्रै ससाना फूल फुल्ने एक लहरो।
70739 मुक्क्याइ ना. मुक्क्याउने क्रिया वा प्रक्रिया।
70740 मुक्क्याइनु क.क्रि. मुक्काले हिर्काइनु।
70741 मुक्क्याउनु स.क्रि. मुक्काले हान्नु; घुस्सी दिनु; डिम्क्याउनु; ढुस्याउनु।
70742 मुक्त वि. १. स्वतन्त्र गरिएको; फुक्का छोडिएको; बन्धनमा नपारिएको; खुला।
70743 मुक्त वि. २. परित्यक्त; त्यागिएको।
70744 मुक्त वि. ३. मोक्ष प्राप्त गरेको।
70745 मुक्त इलाका ना. स्वतन्त्र क्षेत्र।
70746 मुक्तक ना. १. पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य।
70747 मुक्तक ना. २. कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी निरपेक्ष स्वतन्त्र कविता।
70748 मुक्तक काव्य ना. मुक्तक कविता; टुक्रे कविता।
70749 मुक्तकण्ठ वि. खुला हृदयले बोल्ने वा प्रशंसा गर्ने; निःसङ्कोच।
70750 मुक्तक्षण ना. स्वतन्त्रतापूर्वक निर्धक्क भएर बिताइएको क्षण।