Dictionary

All Word

70851 मुख्य आयुक्त ना. विशेष उद्देश्यका निमित्त गठित कुनै आयोगको प्रधान अधिकारी।
70852 मुख्य चौतरिया ना. राणाशासनको सुरुमा राजाद्वारा राजपरिवारको नातेदारमध्ये उच्च चौतरिया पदमा नियुक्त गरिएको व्यक्ति; चौतरियाहरूमा प्रमुख।
70853 मुख्यतः क्रि. वि. विशेष गरेर; खास गरी; प्रधानतः।
70854 मुख्य नियन्त्रण कक्ष ना. रेडियोबाट सञ्चालित कार्यक्रमहरू नियन्त्रण गर्ने एकाइ।
70855 मुख्य न्यायाधीश ना. अधिराज्यका अञ्चल वा क्षेत्रीय अदालतहरूमा रहने प्रमुख न्यायाधिपति।
70856 मुख्यमन्त्री ना. सङ्घात्मक शासनपद्धति भएका मुलुकमा केन्द्रीय मन्त्रिमण्डलबाहेक राज्यका मन्त्रिमण्डलको प्रमुख मन्त्री।
70857 मुख्यवाक्य ना. मिश्रित वाक्यमा आफैँमा अर्थपूर्ण भएको, अर्को वाक्यांशमा आश्रित नभएको वाक्यांश।
70858 मुख्यसचिव ना. विभागीय सचिवहरूभन्दा माथिल्लो तहको सचिव; चिफ सेक्रटरी।
70859 मुख्यालय ना. अञ्चल वा जिल्लास्तरीय मुख्य कार्यालय।
70860 मुख्याइ ना. मुख्याउने क्रिया वा प्रक्रिया।
70861 मुख्याइनु क.क्रि. खाइनु।
70862 मुख्याउनु स.क्रि. मुखमा हाल्नु; भोजन गर्नु; खानु।
70863 मुख्येली ना. मुखियाको दर्जा वा काम; तालुकदारी।
70864 मुगल ना. विक्रमको सोऱ्हौँ शताब्दीमा भारतमा शासन गर्ने तातार-देशनिवासी एक मुसलमान जाति।
70865 मुगलान ना. १. मुगलकालीन भारत; भारत; मोगलान।
70866 मुगलान ना. २. विदेश |
70867 मुगलानियाँ वि. मुगलानसम्बन्धी; मुगलानको; मोगलानियाँ।
70868 मुगलाने वि. मुगलानियाँ।
70869 मुगा ना. १. न्यानो समुद्रमा रहने एक प्रकारको किरा; मुगा।
70870 मुगा ना. २. त्यसै किराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न।
70871 मुगा ना. ३. नेपालको कोसी अञ्चलअन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँ।
70872 मुगा ढिस्को ना. समुद्रमा मुगाको हाडखोर जम्मा भएर बनेको ढिस्को (कोरल रिफ)।
70873 मुगा भस्म ना. असल औषधी बनाइने मुगाको भस्म वा खरानी।
70874 मुगाली ना. १. मुगा लगाउने।
70875 मुगाली ना. २. मुगामा बस्ने; मुगाको बासिन्दा।
70876 मुगिया ना. छिपाइद्वारा तयार हुने एक प्रकारको कपडा।
70877 मुगिया छिट ना. हरियो, भुईँमा रातो वा रातो भुईँमा हरियो थोप्ले बुट्टा हुने, पहाडिया महिलाहरूमा निकै प्रचलित एक प्रकारको कपडा।
70878 मुगी ना. मासका जस्ता पात हुने, पहेँला फूल फुल्ने र लामालामा कोसाभित्र मसिना दाना हुने एक अन्न; मुङ; मुँगी।
70879 मुगु ना. नेपालको कर्णाली अञ्चलअन्तर्गत पर्ने एक जिल्ला।
70880 मुगौतो ना. मुगा र पत्थरको मालामा सानो कैँडो झुन्ड्याई घाँटीमा लगाइने एक प्रकारको गहना।
70881 मुग्दल ना. मुगीको पिठोबाट बनाइएको लड्डु; मोतीचुर।
70882 मुग्ध वि. १. मोहमा परेको; मक्ख; मोहित।
70883 मुग्ध वि. २. होसहवास गुम भएको; मूर्छित।
70884 मुग्ध वि. ३. मूढ; मूर्ख; अज्ञानी; जड।
70885 मुग्ध वि. ४. सरल; सिधासाधा; सोझो।
70886 मुग्ध वि. ५. प्रणयोन्मत्त।
70887 मुग्ध वि. ६. भुल गर्ने; भुलमा परेको।
70888 मुग्धबुद्धि वि. १. मूर्ख; जड; मूढ; मुग्धमति।
70889 मुग्धबुद्धि वि. २. सिधासाधा; सोझो।
70890 मुग्धा ना. १. कलिलो यौवनकी लज्जालु किसिमकी नायिका।
70891 मुग्धा ना. २. कुमारी युवती।
70892 मुग्री ना. एक प्रकारको माछो।
70893 मुङ्रे वि. हे. मुङ्ग्रे।
70894 मुङ्रे केरा ना. मुङ्ग्रेकेरा।
70895 मुङ्रे कोदो ना. मुङ्ग्रे कोदो।
70896 मुङ्ग्री ना. सानो मुङ्ग्रो।
70897 मुङ्ग्रीमारे ना. मुङ्ग्रीको मार वा चुटाइ; साफी चुटाइ।
70898 मुङ्ग्रे वि. १. मुङ्ग्रोजस्तो; मुङ्ग्रोका छाँटको; ठुलो। ना.
70899 मुङ्ग्रे वि. २. मुङ्ग्रो चलाउने मानिस।
70900 मुङ्ग्रे केरा ना. ठुलठुला र मोटा कोसा हुने एक जातको ठिक्कै खालको केरा।