Dictionary

All Word

71551 मूलढोका ना. घरभित्र आवतजावत गर्न राखिएको मुख्य दैलो; मूलद्वार।
71552 मूलतः क्रि.वि. १. मूल रूपमा; खासमा; मुख्यतः।
71553 मूलतः क्रि.वि. २. प्रथमतः; सुरुमा।
71554 मूल तत्त्व ना. १. आधारभूत मुख्य सिद्धान्त; केन्द्रीय दृष्टिकोण।
71555 मूल तत्त्व ना. २. मूल वस्तु; मुख्य पदार्थ।
71556 मूल तत्त्व ना. ३. कुनै कुराको निर्माणमा मुख्य रूपले उपयोग हुने तत्त्व वा पदार्थ।
71557 मूलथाम ना. घर बनाउँदा सुरुमा राखिएको मझेरीका माझको थाम; मुख्य थाम।
71558 मूलधन ना. मुख्य पुँजी; साउँ; सावाँ।
71559 मूलधनी वि. १. मूलधन लगाउने पुँजीपति।
71560 मूलधातु ना. व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित हुनुभन्दा पूर्वको रूप; प्रारम्भिक धातुरूप (गर्, भन्, पढ्, हु आदि)।
71561 मूलपाठ ना. ग्रन्थकार स्वयंद्वारा रचित मूल भाग।
71562 मूलपानी ना. मूलबाट निस्केको पानी; आफैँ उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ।
71563 मूलपुरुष ना. १. कुनै वंश वा कुलको आदिप्रवर्त्तक व्यक्ति; मुख्य पुरुष।
71564 मूलपुरुष ना. २. ईश्वर।
71565 मूलपुरोहित ना. पुरोहितहरूमध्येका मुख्य पुरोहित।
71566 मूलप्रकृति ना. १. सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति।
71567 मूलप्रकृति ना. २. संसारको आद्यशक्ति वा बीजशक्ति।
71568 मूलबाटो ना. १. चौडाइ धेरै भएको ठुलो र फराकिलो बाटो; राजमार्ग; सडक; राजपथ।
71569 मूलबाटो ना. २. कुनै अनुसरण गर्न योग्य वा अँगाल्नुपर्ने जीवनको निश्चित बाटो वा पद्धति।
71570 मूलबाटो ना. ३. मुख्य उद्देश्य; मूल लक्ष्य।
71571 मूलभूत वि. प्रमुख आधार वा तत्त्वसँग सम्बन्धित; मूल आधाररूप; आधारभूत; वास्तविक।
71572 मूलमन्त्र ना. १. मुख्यचाहिँ मन्त्र; प्रमुख मन्त्र।
71573 मूलमन्त्र ना. २. मुख्य रायसल्लाह।
71574 मूलमन्त्र ना. ३. मुख्य कुरो।
71575 मूलविषय ना. १. शिक्षार्थीहरूका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशहरूका रूपमा पढाइने र ऐच्छिक क्षेत्रभित्र पर्ने रोजेको पाठ्य विषय।
71576 मूलविषय ना. २. खास वा प्रमुख विषय।
71577 मूलसमिति ना. कुनै सङ्घ, संस्था आदिका खास कार्यसम्पादनका निम्ति परिमित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति।
71578 मूलस्थान ना. १. मूल थलो; पुर्ख्यौली थलो।
71579 मूलस्थान ना. २. कुनै चिज सर्वप्रथम प्राप्त भएको ठाउँ।
71580 मूला ना. हे. मुला।
71581 मूलाधार ना. १. हठयोगका अनुसार षट्चक्रमा पहिलो अर्थात् गुदद्वार र लिङ्गको बिच भागमा कल्पित एक चक्र।
71582 मूलाधार ना. २. मूल आधार; मुख्य आधार।
71583 मूली वि. हे. मुली।
71584 मूल्य ना. १. कुनै मालसामान खरिद गर्दा त्यसको बदलामा दिइने धन वा पैसा; मोल; दाम; किम्मत।
71585 मूल्य ना. २. परल; पर्ता; साउँ।
71586 मूल्य ना. ३. गुण वा व्यक्तिको महिमा।
71587 मूल्य ना. ४. उपयोगिताको मापक तत्त्व; मान।
71588 मूल्य अभिवृद्धि कर ना. उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर; भ्याट।
71589 मूल्य तालिका ना. सरकारद्वारा नियन्त्रण गरिएको बजारमा प्रत्येक मालसामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची।
71590 मूल्य देय ना. हुलाक आदि कुनै साधनद्वारा पठाइएको मालसामान पाउनेले पठाउनेलाई लेखिएबमोजिमको मूल्य चुक्ता गरेपछि मात्र पाउन सकिने वस्तु (भी. पी. पार्सल)।
71591 मूल्य निर्धारण ना. कुनै वस्तुको विक्रय मूल्य निर्धारित गर्ने काम; दाम तोक्ने काम; भाउ कायम राख्ने काम।
71592 मूल्य निर्धारण समिति ना. मूल्य तोक्ने आधिकारिक समिति।
71593 मूल्यवान् वि. धेरै मोल पर्ने; बहुमूल्य; दामी; किम्मती।
71594 मूल्यहीन वि. कुनै मूल्य नै नभएको; विनामूल्यको; महत्त्वहीन; तुच्छ; निकम्मा।
71595 मूल्यह्रास ना. कुनै चिजको दाम घट्ने काम; महत्त्व घट्ने काम।
71596 मूल्याङ्कन ना. १. कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम।
71597 मूल्याङ्कन ना. २. उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण।
71598 मूल्याङ्कन ना. ३. परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम।
71599 मूल्याङ्कन ना. ४. कर्मचारीहरूका कार्य, योग्यता, विशिष्टता आदिको तौलाइ।
71600 मूल्याङ्कन शाखा ना. कुनै कार्यालयअन्तर्गत सम्बन्धित विषयको मूल्याङ्कन गर्ने कामका निम्ति खडा गरिएको शाखा।