Dictionary

All Word

71751 मेघनाद ना. २. वरुण।
71752 मेघनाद ना. ३. रावणको छोरा इन्द्रजित्।
71753 मेघमाला ना. बादलको ताँती।
71754 मेघराज ना. इन्द्र।
71755 मेघागम ना. १. वर्षायामको थालनी।
71756 मेघागम ना. २. वर्षा ॠतु।
71757 मेघाच्छन्न वि. बादल डम्म लागेको; बादलले ढाकेको।
71758 मेघाडम्बर ना. मेघको गर्जन।
71759 मेघालय ना. पूर्वतिर रहेको भारतको एउटा राज्य।
71760 मेच ना. काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी।
71761 मेचक वि. १. गाढा निलो; कृष्णवर्णको; श्यामल।
71762 मेचक वि. २. अन्धकार; अँध्यारो। ना.
71763 मेचक वि. ३. कालो वर्ण; श्यामल वर्ण।
71764 मेचक वि. ४. बादल।
71765 मेचक वि. ४. धुवाँ।
71766 मेचक ब्रीहि ना. कालो बडहरी धान।
71767 मेची ना. नेपालको पूर्वी सिमानामा बग्ने एक प्रसिद्ध नदी।
71768 मेची अञ्चल ना. मेची नदीको नामबाट नामकरण भएको ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्ला भएको एक अञ्चल।
71769 मेचे ना. मेची अञ्चलअन्तर्गत झापा जिल्लामा बस्ने एक जाति।
71770 मेचेकोचे ना. मेचे र त्यस्तै कोचे जातिको वर्ग।
71771 मेछे ना. जङ्गी पोसाकको बेल्टमा किरिच घुसारिने ठाउँ।
71772 मेजमान ना. १. पाहुनापाछाको स्वागतसत्कार गर्ने व्यक्ति।
71773 मेजमान ना. २. अतिथिका रूपमा विशिष्ट व्यक्तिलाई बोलाएर भोजन गराउने व्यक्ति; मेजबान।
71774 मेजमानी ना. १. मेजमानको काम।
71775 मेजमानी ना. २. कोसेली; सौगात।
71776 मेजमानी ना. ३. अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना।
71777 मेजर ना. १. मुख्य; प्रधान; जङ्गी वा सैनिक सेवातर्फ कप्तानभन्दा माथि र लेफ्टिनेन्ट कर्णेलभन्दा मुनिको बिचको सैनिक दर्जा; सेनानी।
71778 मेजर कप्तान ना. कप्तानमाथिको सैनिक दर्जा; मेजर; सेनानी।
71779 मेजर जनरल ना. ब्रिगेडियर जनरलभन्दा माथिको सैनिक अधिकारी; उपरथी।
71780 मेजर सुबेदार ना. सुबेदारभन्दा माथि र सेकेन्ड लेफ्टिनेन्टभन्दा तलको एक जङ्गी दर्जा; प्रमुख सुबेदार।
71781 मेजो ना. आमदानीखर्चको बराबरी।
71782 मेट्नु स.क्रि. १. दाग, चिह्न, अक्षर, चित्र आदि घोटेर वा पुछेर हटाउनु; नामेट पार्नु।
71783 मेट्नु स.क्रि. २. अक्षर वा चित्रलाई कलम वा कुचीले नदेखिने गरी पुछ्नु; केरमेट गर्नु; केर्नु।
71784 मेट्नु स.क्रि. ३. मिल्काउनु; फ्याँक्नु; फाल्नु।
71785 मेट्नु स.क्रि. ४. भोक, प्यास आदि हटाउनु; तृप्त गर्नु।
71786 मेट्नु स.क्रि. ५. अस्तित्वको लोप गर्नु; सखाप पार्नु।
71787 मेट ना. मेट्ने काम वा प्रक्रिया।
71788 मेटमाट ना. १. जे-जसरी भए पनि मेट्ने काम; पुछपाछ।
71789 मेटमाट ना. २. छिनाफाना।
71790 मेटाइ ना. मेट्ने भाव, क्रिया वा प्रक्रिया।
71791 मेटाइनु क.क्रि. मेट्न वा पुछ्न लाइनु।
71792 मेटाउनु प्रे.क्रि. मेट्न लाउनु; मेट्ने पार्नु।
71793 मेटामेट ना. परस्परमा एक-अर्काले मेट्ने काम।
71794 मेटिनु क.क्रि. मेट्ने काम गरिनु; पुछिनु; केरिनु।
71795 मेटी ना. समाप्ति; टुङ्ग्याइ (सीमित शब्दमा जोडिएर मात्र प्रयुक्त, जस्तो- मरिमेटी, मारीमेटी आदि)।
71796 मेटो ना. बाँकी रहेको कामको भाग।
71797 मेटो माराइ ना. बचेका कामलाई पूरा गर्ने क्रिया; बाँकी कामको तुराइ।
71798 मेठ१ ना. कामदार, ज्यामीहरूलाई काम लगाउने नाइके; ज्यामीको नाइके।
71799 मेठ२ ना. घरमा थाममाथि र निदालमनि रहने काठको ठेउको।
71800 मेठ३ ना. मदेसका नयाँ फँडनी वा झोरामा जमिनदारसरहको मान वा दर्जा।