Dictionary

All Word

71801 मेठबन्दी ना. १. विभिन्न रकमका खर्चको फाँट।
71802 मेठबन्दी ना. २. मेठ जग्गाको साँध, सिमाना वा त्यस्तो जग्गाको किल्लाकोहला गरी लेखिएको मुचुल्का कागत।
71803 मेठाङ्गी ना. मेठले गर्ने काम; मेठको काम वा पद।
71804 मेडिकल वि. औषधीसम्बन्धी; चिकित्सासम्बन्धी।
71805 मेडिकल काउन्सिल ना. चिकित्सकहरूको सङ्गठन; चिकित्सकसङ्घ।
71806 मेडुसा ना. समुद्री किनारको थलथलमा बस्ने माछो।
71807 मेढाशृङ्गी ना. बाटुला, ठुलठुला पात हुने, राता फूल फुल्ने र लामालामा फल हुने एक वृक्ष वा त्यसैको फल; मेषशृङ्गी।
71808 मेढो ना. बलि दिइने पशु; बलिका निम्ति छुट्ट्याइएको बोको आदि।
71809 मेथी ना. केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेँला दाना हुने तितो एक किसिमको साग वा त्यसका दाना; मेथिका।
71810 मेथी जाउलो ना. मेथीले झानेको जाउलो; मेथी हालेर बनाइएको पथ्य भात।
71811 मेद ना. १. बोसो।
71812 मेद ना. २. विशेष प्रकारको एक वर्णसङ्कर जाति।
71813 मेद ना. ३. एक नागराक्षस।
71814 मेद कोष ना. रगत र पित्ते थैलीमा पाइने बोसोको तरल तत्त्व (कोलेस्टेरल)।
71815 मेद सार ना. आफ्नै विशेष प्रणाली भएको पारदर्शक शारीरिक द्रव।
71816 मेदस्वी वि. १. मोटो; थसुल्लो; स्थूलकाय।
71817 मेदस्वी वि. २. हृष्टपुष्ट; हट्टाकट्टा।
71818 मेदा ना. अदुवाका जस्ता कन्द र पात हुने एक बुटी वा त्यसैको कन्द।
71819 मेदागिरि ना. पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना निला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी; ब्राह्मी; घोडताप्रे।
71820 मेदिनी ना. १. पृथ्वी; धरती; धर्ती।
71821 मेदिनी ना. २. संस्कृत भाषाको एक शब्दकोश।
71822 मेदी ना. पुरानै जराबाट उम्रिएको चौथो सालको बाली।
71823 मेध ना. १. हवन; होम; यज्ञ।
71824 मेध ना. २. यज्ञमा बलि चढाइने पशु; यज्ञीय पशु।
71825 मेधा ना. १. कुरा बुझ्ने र सम्झिरहने शक्ति; धारणात्मक शक्ति।
71826 मेधा ना. २. तीव्र बुद्धि; प्रज्ञा।
71827 मेधा ना. ३. यज्ञ।
71828 मेधा ना. ४. सरस्वतीको एक रूप।
71829 मेधावान् वि. मेधा भएको; बुद्धिमान्; मेधावी।
71830 मेधावी वि. बुद्धि भएको; मेधावान्।
71831 मेधावी मानव ना. नृतत्त्वशास्त्रअनुसार प्राचीन समयको पहिलो बुद्धिमान् मानिस; मुस्तेर मानव; नियन्डरथल मानव।
71832 मेध्य वि. १. यज्ञका लागि उपयुक्त।
71833 मेध्य वि. २. यज्ञसम्बन्धी; यज्ञीय।
71834 मेध्य वि. ३. मेधावर्द्धक; विशुद्ध; चोखो। ना.
71835 मेध्य वि. ४. बोको।
71836 मेध्य वि. ५. जौ।
71837 मेध्य वि. ६. खयरको रुख।
71838 मेध्य वानर ना. नृतत्त्वशास्त्रअनुसार चेतनायुक्त मानिसजस्तो बाँदर; नरवानरगणमध्ये एक; अपुच्छख्यातचतुष्कमध्ये एक।
71839 मेनका ना. १. शकुन्तलालाई जन्म दिने एक अप्सरा।
71840 मेनका ना. २. हिमालयकी पत्नी।
71841 मेनु ना. रेस्टुराँ, होटल, क्याफे आदिमा खाद्य पदार्थका नाम र मूल्यको विवरण लेखिएको पत्र।
71842 मेनेजर ना. व्यवस्थापक; प्रबन्धक।
71843 मेनेजरी ना. मेनेजरको काम वा पद।
71844 मेन्डोलिन ना. चार वा पाँच जोडी तार हुने, गहिरो गोलो तुम्बा हुने र बाले बजाइने एक वाद्ययन्त्र।
71845 मेम ना. पाश्चात्य देशका सभ्य स्त्री; अङ्ग्रेज नारी; मेमसाहेब।
71846 मेमो ना. कुनै कामकुराका बारेमा भएका कारबाई स्पष्ट गर्नका निम्ति लेखिने सम्झनापत्र; स्मरणपत्र; ताकिता।
71847 मेम्बर ना. सङ्घ, संस्था आदिको सदस्य; सभासद्।
71848 मेयर ना. नगरपालिका वा महानगरपालिकाको निर्वाचित अध्यक्ष; नगरपिता।
71849 मेरी बास्सै वि.बो. मेरी आम्मै; आम्मै नि। (उदा.- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा मऱ्यौ भन्ठानेको, मेरीबास्सै ! धन्य बाँच्यौ!)।
71850 मेरु ना. १. पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्वत।