Dictionary

All Word

71851 मेरु ना. २. जपमालाको दुई छेउ जोडी त्यसमा उनिएको दाना; सुमेरु।
71852 मेरु ना. ३. हारका बिचको मणि।
71853 मेरु ना. ४. पिङको डोरी अड्याउने काठ।
71854 मेरु ना. ५. मेरुदण्ड; ध्रुव।
71855 मेरुदण्ड ना. १. गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड; पृष्ठवंश।
71856 मेरुदण्ड ना. २. भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा।
71857 मेरुपृष्ठ ना. आकाश।
71858 मेरो वि. १. 'म' शब्दको षष्ठी विभक्तिको एकवचन।
71859 मेरो वि. २. आफ्नो।
71860 मेल१ ना. १. परस्पर भेट्ने काम; मिलाप; समागम।
71861 मेल१ ना. २. आपसको सद्भावना; मित्रता; मैत्री।
71862 मेल१ ना. ३. मिश्रण; मिलावट।
71863 मेल१ ना. ४. समाज; सभा।
71864 मेल१ ना. ५. ढङ्ग; छाँट।
71865 मेल१ ना. ६. प्रकार; तरिका।
71866 मेल१ ना. ७. प्रेम; प्रीति।
71867 मेल१ ना. ७. सङ्गीतशास्त्रमा एक प्रकारको थाट।
71868 मेल२ ना. १. हुलाकद्वारा वितरित गरिने चिठी, पार्सल आदि डाँक।
71869 मेल२ ना. २. हुलाकव्यवस्था; हुलाकी वस्तु ओसार्ने यातायातको साधन; डाँकगाडी।
71870 मेलगाडी ना. डाँकगाडी; मेल।
71871 मेलजोल ना. मेलमिलाप; मिलजुल।
71872 मेलन ना. १. मिलाउने वा मिसाउने काम; मिलावट; मिश्रण।
71873 मेलन ना. २. भेटघाट; मिलन।
71874 मेलब्याग ना. डाँकको थैली; चिठीपत्र आदि हाल्ने थैलो।
71875 मेलम्ची ना. हे. मेलौँची।
71876 मेलमिलाप ना. परस्परमा राम्रो सम्बन्ध वा मैत्री हुने काम; मिलजुल; मेलजोल।
71877 मेलशाखा ना. मेल वा डाँकसम्बन्धी काम गर्ने शाखा।
71878 मेला ना. १. आपसको समागम; भेट; मिलन।
71879 मेला ना. २. सभा; समाज।
71880 मेला ना. ३. यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट।
71881 मेला ना. ४. सुर्मा।
71882 मेला ना. ५. खेतीको काम; मेलो।
71883 मेला ना. ६. खास अवसरमा लाग्ने बजार; ठुलो हाट।
71884 मेला ना. ७. भिड; घुइँचो।
71885 मेला ना. ८. स्वरग्राम।
71886 मेला ना. ८. एक बोटविशेष। १०. गौचरन।
71887 मेला ना. ११. धेरै जना मिलेर गरिने आआफ्नो काम।
71888 मेलापक वि. मेल गराउने; मिलाउने।
71889 मेलापात ना. खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज।
71890 मेलासन्जोग ना. बेला-मौका; काकताली।
71891 मेलो ना. १. कामको सिलसिला; मेसो।
71892 मेलो ना. २. खेतीपातीको काम।
71893 मेलो ना. ३. एउटा कामदारले दिनभरमा गर्न सक्ने काम।
71894 मेलोमेसो ना. कामको सुर वा सिलसिला।
71895 मेलौँची ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने इन्द्रावतीको एक मुख्य सहायक नदी; मेलम्ची।
71896 मेलौँची घ्याङ ना. सोही स्थानमा पर्ने बौद्धमार्गी लामाहरूको एक घ्याङ वा देवस्थल।
71897 मेलौँची खानेपानी योजना ना. काठमाडौँको पानीको माग पूर्ति गर्ने ठुलो योजना।
71898 मेवा ना. १. मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल।
71899 मेवा ना. २. प्रायः हाँगा नलाग्ने बोटमा अँडिरका जस्ता पात हुने, काला बियाँ भएका ठुला र लाम्चा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता।~
71900 मिष्टान्न ना. फलफूल, मिठाई आदि परिकार।