Dictionary

All Word

72001 मैलो वि. २. सफासुग्घर नभएको; फोहर।
72002 मैलो वि. ३. अँध्यारो; मलिन।
72003 मैल्याइ ना. १. मैलिने भाव, क्रिया वा प्रक्रिया। [मैल्याउ+आइ]
72004 मैल्याइ ना. २. मैल्याउने भाव, क्रिया वा प्रक्रिया।
72005 मैल्याइनु क.क्रि. मैलो पारिनु।
72006 मैल्याउनु स.क्रि. मैलो पार्नु; फोहोर गर्नु।
72007 मोक्तो ना. मोमोचा बनाउने भाँडाको एक खण्ड वा तह।
72008 मोक्ष ना. १. जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण।
72009 मोक्ष ना. २. बन्धनबाट छुट्ने काम; छुटकारा।
72010 मोक्ष ना. ३. मरण; मृत्यु।
72011 मोक्ष ना. ४. उद्धार।
72012 मोक्ष ना. ५. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्रा बराबरको नाप।
72013 मोक्षदा वि. १. मोक्ष दिने; मुक्त गर्ने। ना.
72014 मोक्षदा वि. २. मार्ग शुक्ल एकादशी।
72015 मोगलान ना. हे. मुगलान।
72016 मोघ वि. १. व्यर्थ हुने; खेर जाने; निरर्थक।
72017 मोघ वि. २. निरुद्देश्य; निष्प्रयोजन।
72018 मोच१ ना. १. झट्का वा धक्का लागेर शरीरका कुनै भागको जोर्नीको नसा यताउता हुने क्रिया।
72019 मोच१ ना. २. गर्भमा नै बालक मरेर जन्मने वा जन्मनासाथ मर्ने एक रोग।
72020 मोच१ ना. ३. बालक सुक्तै जाने एक रोग।
72021 मोच२ ना. बाबियोजस्तो पाट निकालिने एक थरी बोट।
72022 मोचन ना. १. कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम।
72023 मोचन ना. २. हटाउने काम; अपसारण।
72024 मोचामोची ना. सानातिना केटाकेटी।
72025 मोचो ना. १. केटो; ठिटो।
72026 मोचो ना. २. नोकर।
72027 मोच्याहा वि. मोच रोग भएको र हुनेगरेको (मानिस वा ठाउँ)। स्त्री. मोच्याही।
72028 मोज ना. १. सुख; आनन्द; सोख; मज्जा; चैन; मौज।
72029 मोज ना. २. मनको लहड; हौसला; उमङ्ग।
72030 मोजमज्जा ना. मनमोज; मोज र मज्जा; सुखचैन; आमोदप्रमोद।
72031 मोजरा ना. १. आंशिक छुट।
72032 मोजरा ना. २. धनीलाई गरिने अभिवादन।
72033 मोजरा ना. ३. रन्डीहरूले बसीबसी गाउने प्रक्रिया।
72034 मोजा ना. पैतालादेखि पिँडौलामनिसम्म ढाक्ने गरी गोडामा लगाइने वस्त्र वा पहिरन।
72035 मोजी वि. मोज गर्ने; आनन्दी; मस्त; मौजी।
72036 मोटक ना. श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्य्राएर पवित्र बनाइएको कुश।
72037 मोटर ना. १. पेट्रोल, डिजेल, विद्युत्शक्ति आदिबाट ऊर्जा पैदा भई चल्ने यन्त्र; इन्जिन चलाउने मुख्य पुर्जा।
72038 मोटर ना. २. त्यस्तो यन्त्रबाट सञ्चालित हुने सवारी साधन।
72039 मोटरकार ना. मोटरबाट सञ्चालित हुने सुविधायुक्त हल्का सवारी साधन; कार।
72040 मोटरखाना ना. मोटर राख्ने ठाउँ; ग्यारेज।
72041 मोटरगार्ड ना. मोटरगाडीहरूमा चक्काको ठिक माथि रहने फलामे ढकनी।
72042 मोटरसाइकल ना. मोटर इन्जिनबाट चल्ने दुईपाङ्ग्रे सवारी; मोटरब्याक; भ्याटभ्याटे।
72043 मोटाइ ना. १. मोटाउने भाव, क्रिया वा प्रक्रिया।
72044 मोटाइ ना. २. मोटोपन।
72045 मोटाइनु अ.क्रि. १. मोटो होइनु।
72046 मोटाइनु अ.क्रि. २. धनी बनिनु।
72047 मोटाउनु अ.क्रि. १. मोटो हुनु; पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु।
72048 मोटाउनु अ.क्रि. २. धनी हुनु; सम्पन्न हुनु।
72049 मोटामोटी वि. १. राम्रोसँग नियाल्ने काम नभएको; गहिरिएर नहेरिएको (हिसाब आदि)।
72050 मोटामोटी वि. २. मामुली; साधारण; सामान्य।