Dictionary

All Word

72151 मोहडा ना. २. सामुन्नेको भाग; मुहुडा।
72152 मोहडा ना. ३. घोडाका टाउकामा लगाइने लगाम आदि साज।
72153 मोहन ना. १. कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम।
72154 मोहन ना. २. बेहोस वा मूर्च्छित पार्ने तान्त्रिक विधि; मोहनी; मुहुनी।
72155 मोहन ना. ३. कामदेवका पाँच बाणमध्ये एक।
72156 मोहन ना. ४. कृष्ण।
72157 मोहन आकाशवाणी ना. नेपालमा सं. २००६-मा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा स्थापना गरिएको पहिलो आकाशवाणी केन्द्र।
72158 मोहनचोक ना. काठमाडौँको हनुमानढोका दरबारभित्रको एक प्रसिद्ध चोक।
72159 मोहनमाला ना. खास गरेर कुमालजातिले लाउने, तिलहरीजस्तो लाम्चो गहना।
72160 मोहन शमशेर ना. राणाकालका अन्तिम र वि.सं. २००७ को परिवर्तनपछि गठित सरकारको प्रथम प्रधानमन्त्री।
72161 मोहनास्त्र ना. शत्रुपक्षलाई मोहका वशमा पार्ने र मूर्च्छित तुल्याउने प्राचीन कालको एक अस्त्र।
72162 मोहनिद्रा ना. १. मोह वा अज्ञानको वशमा परेर आउने निद्रा वा बेहोसी।
72163 मोहनिद्रा ना. २. मोहमा परी निश्चेष्ट वा संज्ञाहीन हुने क्रिया वा स्थिति।
72164 मोहनी ना. १. अरूलाई आफ्नो वशमा पार्ने वा लट्ठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी।
72165 मोहनी ना. २. विष्णुका चौबिस अवतारमध्ये एक।
72166 मोहनी ना. ३. मोहित पार्ने शक्ति; माया।
72167 मोहनीय वि. मोहित पार्न लायक; मोहित पार्ने खालको।
72168 मोहपाश ना. मोहजाल; मायाजाल।
72169 मोहर ना. १. पचास पैसाको नेपाली सिक्का।
72170 मोहर ना. २. चाँदीको मुद्रा।
72171 मोहर ना. ३. अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा।
72172 मोहर ना. ४. त्यस्तो साधनद्वारा छापिएको चिह्न।
72173 मोहर रुपियाँ ना. धातुका मुद्रा वा सिक्का; मो. रु)।
72174 मोहरनु स.क्रि. हे. मोहोर्नु।
72175 मोहरा ना. बुद्धिचाल वा चेस खेलका गोटी।
72176 मोहराइ ना. मोहर्ने भाव, क्रिया वा प्रक्रिया।
72177 मोहराइनु क.क्रि. मोहर्न लाइनु।
72178 मोहराउनु प्रे.क्रि. मोहर्न लाउनु।
72179 मोहरिनु क.क्रि. मोहर्ने काम गरिनु।
72180 मोहरिया वि. हे. मोहोरिया।
72181 मोहशास्त्र ना. मोह वा अज्ञानमा अल्झाउने विद्या; मोहनी विद्या।
72182 मोहित वि. १. जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध।
72183 मोहित वि. २. आस देखाइएको; लोभ्याइएको; लुब्ध।
72184 मोहित वि. ३. कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको।
72185 मोहिनी वि. १. मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)। ना.
72186 मोहिनी वि. २. एक अप्सराको नाम।
72187 मोहिनी वि. ३. एक प्रकारको चमेलीको फूल।
72188 मोहिनी वि. ४. मोहिनी विद्या; वशीकरण मन्त्र।
72189 मोहिया ना. १. मोहीको काम; किसानी।
72190 मोहिया ना. २. मोहीको काम गर्ने मानिस।
72191 मोहियानी वि. १. मोहीसम्बन्धी; मोहीको।
72192 मोहियानी वि. २. मोहीले पाउने (अधिकार वा हक)।
72193 मोहियानी हक ना. जग्गा कमाएबापत कानुनअनुसार मोहीले पाउने आंशिक अधिकार।
72194 मोही१ ना. १. मोहित पार्ने।
72195 मोही१ ना. २. मोह भएको।
72196 मोही१ ना. ३. लुब्ध; लोभी।
72197 मोही२ ना. कुत तिर्ने सर्त वा कबुलमा अर्काको जग्गा कमाउने व्यक्ति; मोहिया।
72198 मोही नाइके ना. मोहीहरूसँग कुत वा तिरोभरो उपर गर्ने जग्गाधनीको सिपाही।
72199 मोही निष्कासन ना. भूमिसम्बन्धी कानुनबमोजिम जग्गाधनीले मोहीलाई मोहियाबाट खोस्ने काम।
72200 मोही लहरो ना. बाटुला बाक्ला पात हुने, सेतो रङको एक थरी लहरो।