Dictionary

All Word

72201 मोहेन्जोदाडो ना. सिन्धुसभ्यताका भग्नावशेष पाइएको, कला, संस्कृति र सभ्यताले पूर्ण भएको एक प्राचीन नगर।
72202 मोहोजी ना. पोसाकका छेउछाउमा गाँसिने लुगाको पेटी वा धरो; सेप्टी; सन्जाप।
72203 मोहोटिनु अ.क्रि. धेरै खानाले अमन हुनु; खान मन मर्नु।
72204 मोहोटो ना. अरुचि; अमन।
72205 मोहोट्याइ ना. मोहोटो हुने वा मोहोटिने क्रियाप्रक्रिया।
72206 मोहोट्याइनु क.क्रि. मोहोट्याउने पारिनु।
72207 मोहोट्याउनु स.क्रि. मोहोटिने पार्नु।
72208 मोहोट्याहट ना. मोहोटिने भाव वा अवस्था।
72209 मोहोतो ना. भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ।
72210 मोहोर्नु स.क्रि. १. छाला, कपडा, कागत, धातुका पत्र आदिले बाँध्नु, आवरण वा जिल्द हाल्नु; मोहर्नु।
72211 मोहोर्नु स.क्रि. २. तह थपेर छोप्नु; मुख ढाकेर बन्द गर्नु।
72212 मोहोरङ्गे ना. पातको उल्टापट्टि बिझ्ने झुस हुने एक जातको झार।
72213 मोहोराइ ना. मोहोर्ने भाव, क्रिया वा प्रक्रिया।
72214 मोहोराइनु क.क्रि. मोहोर्न लाइनु।
72215 मोहोराउनु प्रे.क्रि. मोहोर्न लाउनु।
72216 मोहोरिनु क.क्रि. छाला, कपडा आदिले छोपिनु; मोहोर्ने काम गरिनु।
72217 मोहोरिया वि. मोहोर वा छाप लागेको; छापे; सनद भएको; मोहरिया।
72218 मोहोरी ना. तोप, बन्दुक आदिको गोली निस्कने मुख; मोहरी।
72219 मोहोलो ना. बालीनाली नखाओस् भनी बस्तुभाउका मुखमा लगाइदिने जालीदार पेरुङ्गो; मोहलो।
72220 मौका ना. १. काम गर्न सुहाउँदो समय; बेलाबखत।
72221 मौका ना. २. अवसर; अनुकूलता; सन्जोग।
72222 मौका तहकिकात ना. मौका वा समयमै गरिने खोजतलास।
72223 मौका परीक्षा ना. असफल भएको पत्रमा पुनः दिन पाइने परीक्षा; पुनःपरीक्षा।
72224 मौक्तिक ना. मोती।
72225 मौखिक ना. १. मुखसँग सम्बन्धित; मुख, वाणी वा उच्चारणसम्बन्धी; मुखको।
72226 मौखिक ना. २. लिखित रूपमा नगरिएको।
72227 मौखिक ना. ३. मुखले भनेको।
72228 मौखिक ना. ४. वचन वा स्वीकृति दिइएको।
72229 मौज ना. हे. मोज।
72230 मौजा ना. १. गाउँ; ग्राम।
72231 मौजा ना. २. जग्गा; जमिन।
72232 मौजा ना. ३. जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे।
72233 मौजी वि. हे. मोजी।
72234 मौजुद वि. १. उपस्थित; ठिकठाक; खडा; हाजिर।
72235 मौजुद वि. २. सामुन्ने वा अगिल्तिर रहेको।
72236 मौजुद वि. ३. तयार; प्रस्तुत।
72237 मौजुदा क्रि.वि. यस वेला; वर्तमान समयमा; हाल।
72238 मौजे ना. मौजा।
72239 मौजेनी ना. १. मौजाहरूको फिहरिस्त; मौजाहरूको विवरण। क्रि.वि.
72240 मौजेनी ना. २. मौजापिच्छे; हरेक मौजामा।
72241 मौज्दात ना. १. कुल पुँजी; जम्मा भएको मूल धन; मौजात।
72242 मौज्दात ना. २. सञ्चित वा जम्माजम्मी धन।
72243 मौज्यानी ना. १. मौजासँग सम्बन्धित।
72244 मौज्यानी ना. २. मौजाको समुदाय, मौजेनी।
72245 मौञ्जी ना. ब्रह्मचर्य, तपस्या आदि साधना गर्नाका निम्ति लगाइने मुजका डोरीको कटिसूत्र; मेखला।
72246 मौञ्जीबन्धन ना. उपनयन संस्कार; व्रतबन्ध।
72247 मौद्गल्य ना. गोत्रप्रवर्तक एक ॠषि।
72248 मौद्गल्य गोत्र ना. मौद्गल्य ॠषिबाट चलेर आएको एक गोत्र; कोइराला, कुइँकेल, उप्रेती, तिमिल्सिना आदिको गोत्र।
72249 मौद्रिक वि. मुद्रासँग सम्बन्धित; मुद्राको।
72250 मौद्रिक आचार संहिता ना. सीमित क्षेत्रभित्र रहेर बैङ्कहरूले सञ्चालन गर्नुपर्ने कारोबार आदि।