Dictionary

All Word

72051 मोटामोटी वि. ३. पुग-नपुग; झन्डै।
72052 मोटित वि. १. घुमुर्क्याइएको; गाँठो पारिएको ।
72053 मोटित वि. २. बाटेर पवित्र बनाइएको (कुश)।
72054 मोटिलो वि. मोटो भएको; थसुल्ले; मोटो।
72055 मोटो वि. १. जिउमा धेरै मासु भएको; पुस्टिएको; स्थूलकाय; थसुल्लो।
72056 मोटो वि. २. फैलिएको घेरो वा ठुलो चाङ भएको।
72057 मोटो वि. ३. मिहिन नभएको; खस्रो।
72058 मोटो वि. ४. धेरै सम्पत्ति भएको; सम्पन्न।
72059 मोटो वि. ५. धेरै खाँदिएको; बाक्लो।
72060 मोटो वि. ६. गढिलो नभएको; बोधो (बुद्धि, काम इ.)।
72061 मोटोघाटो ना. देख्दैमा रहरलाग्दो जिउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्त।
72062 मोट्टायित ना. काव्यशास्त्रका अनुसार प्रियतमको गुण आदिको प्रशंसा सुनेर मुग्ध भई अनुराग व्यक्त गर्ने एक प्रकारको भाव।
72063 मोट्याइलो वि. मोटो-मोटोजस्तो लागेको; लगभग मोटो।
72064 मोठ ना. १. जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब।
72065 मोठ ना. २. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ।
72066 मोठ ना. ३. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड।
72067 मोठ ना. ४. सम्पत्तिको मूल हिसाब लेखिएको कागज। क्रि.वि.
72068 मोठ ना. ५. एकमुस्ट; डक्क।
72069 मोठ तहबिल ना. मुख्य ढुकुटी; एकमुस्ट वा सम्पूर्ण रकम राखिने ढुकुटी।
72070 मोठबन्दी ना. किल्लाबन्दी; साँधसिमाना लगाउने काम।
72071 मोड्नु स.क्रि. १. बङ्ग्याउनु; टेढ्याउनु।
72072 मोड्नु स.क्रि. २. बाटो बदल्नु; दायाँ-बायाँ लाग्नु।
72073 मोड्नु स.क्रि. ३. पट्याउनु; दोबार्नु।
72074 मोड ना. १. सडक घुमेको वा मोडिएको ठाउँ; मोडिने ठाउँ; डेउढी; ड्यौढी; घुम्ती।
72075 मोड ना. २. मुहुडा।
72076 मोडदार वि. मोड भएको; घुम्ती भएको।
72077 मोडदार पर्वत ना. कुनै भाग माथि उठेको कुनै भाग तल धसिएको पहाड।
72078 मोडाइ ना. मोड्ने भाव, क्रिया वा प्रक्रिया।
72079 मोडाइनु क.क्रि. मोड्न लाइनु।
72080 मोडाउनु प्रे.क्रि. मोड्न लाउनु।
72081 मोडिनु अ.क्रि. १. बाटो बदलेर वा घुमेर जानु।
72082 मोडिनु अ.क्रि. २. टेढिनु; बाङ्गिनु।
72083 मोडिनु अ.क्रि. ३. दोब्रिनु। क.क्रि.
72084 मोडिनु अ.क्रि. ४. बङ्ग्याइनु।
72085 मोतिया ना. बाटुला किसिमका ससाना पात हुने र बास्नादार सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल।
72086 मोतियाबिन्दु ना. मोतीबिन्दु।
72087 मोती ना. समुद्री सिपीबाट निस्कने वा बन्ने एक प्रकारको बहुमूल्य सेतो रत्न; मुक्ताफल।
72088 मोतीचुर ना. जिलेबी झैँ घिउमा पकाई पागमा डुबाएर बनाइने दानादार मिठाई; मुगीको लड्डु।
72089 मोतीदाने वि. मोतीका दानाजस्ता राम्रा (अक्षर आदि); मोतीका दाना झैँ ।
72090 मोतीबिन्दु ना. आँखाको नानीमा जालो पर्ने एक रोग; मोतियाबिन्दु।
72091 मोतीराम ना. नेपाली साहित्यको माध्यमिक कालमा शृङ्गारधाराका प्रवर्तक, सक्रिय कवि तथा प्रसिद्ध साहित्यसेवी। (पूरा नाम : मोतीराम भट्ट, जीवनकाल : वि. सं. १९२३ - १९५३)।
72092 मोथे ना. कसुरका जस्ता पात हुने, ज्वाने फूल झैँ फुल्ने (साइपरेसी समूहको) एक भुईँझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता।
72093 मोद ना. १. आनन्द; प्रसन्नता; हर्ष; खुसी।
72094 मोद ना. २. सुगन्ध; बास्ना।
72095 मोदक वि. १. मोद वा आनन्द गराउने; प्रसन्नतादायक; हर्षप्रद। ना.
72096 मोदक वि. २. लड्डु।
72097 मोदी ना. अन्नपूर्णा हिमालको पूर्वी भाग र माच्छापुच्छ्रे हिमालको पश्चिमी भागबाट उत्पन्न भई पर्वत जिल्लाको कुस्मादेखि आधा कोस दक्षिणमा पुगी कालीगण्डकीमा मिसिने एक नदी।
72098 मोदीबेनी ना. कालीगण्डकीको तीरमा स्थित, नृसिंहको मन्दिर रहेको एक प्रसिद्ध तीर्थस्थान।
72099 मोनाल ना. जिउमा खैरो भुईँमा छिर्केमिर्के रङ हुने डाँफेजस्तो एक जातको सुन्दर पक्षी।
72100 मोनोग्राम ना. एक वा एकभन्दा बढी अक्षरहरूको सङ्क्षिप्त साङ्केतिक चिह्न; गुम्फाक्षर।