Dictionary

All Word

72101 मोनोटाइप ना. पगालिएको सिसा मेसिनमा ढलान भई आफैँ लहरमा कम्पोज हुँदै जाने, छाप्ने अक्षर।
72102 मोनोटाइप मेसिन ना. मोनोटाइप ढाल्ने यन्त्र।
72103 मोफसल ना. १. नगर वा मुख्य सहरदेखि बाहिरको ठाउँ; जिल्ला; प्रान्त। वि.
72104 मोफसल ना. २. फैलिएको; सविस्तार।
72105 मोफसल ना. ३. राजधानीभन्दा बाहिरको।
72106 मोबिल ना. कलपुर्जाहरूलाई गतिशील बनाउन तथा चिल्लो पारिराख्नका लागि हालिने गाढा तेलविशेष।
72107 मोम ना. हे. मैन; मइन।
72108 मोमबत्ती ना. मैनबत्ती।
72109 मोरङ ना. नेपालको कोसी अञ्चलअन्तर्गत पर्ने तराईखण्डको एक जिल्ला।
72110 मोरङ्गे वि. १. मोरङमा पाइने; मोरङको। ना.
72111 मोरङ्गे वि. २. मोरङको रैथाने।
72112 मोरङ्गे तिल ना. लाम्चा, गाढा, हरिया पात हुने, पहेँला फूल र कालजिराजस्ता दाना हुने एक प्रकारको तिल; झुसेतिल।
72113 मोरचा ना. हे. मोर्चा।
72114 मोरी ना. स्त्रीहरूलाई प्यारो गरेर, झर्को देखाएर वा गालीका रूपमा प्रयोग गरिने शब्द; 'मोरो'को स्त्री रूप।
72115 मोरो ना. १. मुर्दा; लास; शव।
72116 मोरो ना. २. लोग्नेमानिसलाई गाली गर्दा वा भित्र माया भए तापनि बाहिर रिस देखाउँदा प्रयोग गरिने शब्द।
72117 मोर्चा ना. १. सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती।
72118 मोर्चा ना. २. फौजलाई बलियो पार्ने किसिमले मिलाएर बनाइएको व्यूह; मोरचा।
72119 मोर्चा ना. ३. विपक्षी सेनाका साथ गरिने प्रतिस्पर्धाका निम्तिको बलियो तयारी।
72120 मोर्चा ना. ४. त्यस्तो तयारीका साथ शत्रुसँग गरिने सामना |
72121 मोर्चा ना. ५. ताल्चा लगाउने एक साधन।
72122 मोर्चाबन्दी ना. विरोधी पक्षको सामना गर्न मोर्चा बनाउने काम।
72123 मोल्नु स.क्रि. कुनै चिजबिचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु।
72124 मोल ना. कुनै वस्तुको मूल्य; भाउ; दर; दाम; किम्मत।
72125 मोलतोल ना. सरसामान किनमेल गर्दा मोल घटाउने वा मिलाउने काम; भाउ गर्ने काम।
72126 मोलमोलाइ ना. मोलतोल।
72127 मोलम्बा ना. हे. मुलम्मा।
72128 मोलाइनु क.क्रि. मोल्न लाइनु।
72129 मोलाउनु प्रे.क्रि. मोल्न लाउनु; दर वा भाउ किटाउनु।
72130 मोलामोल ना. परस्परमा गरिने मोलतोल; भाउको कसाकसी; भाउताउ।
72131 मोलाहिजा ना. मुलाहिजा; मोलाइजा।
72132 मोलिनु क.क्रि. मोलतोल गरिनु; भाउ तोकिनु।
72133 मोस्नु स.क्रि. १. एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु।
72134 मोस्नु स.क्रि. २. पाउनुपर्ने अंश वा भाग नदिनु; हकभाग नलाउनु।
72135 मोस्नु स.क्रि. ३. ठग्नु; वञ्चित गर्नु।
72136 मोसम/मोसमी/मोसम्बी ना. चाक्सीका छाँटको, पातलो बोक्रा र गुलिया केस्रा हुने एक प्रकारको तागतिलो फल।
72137 मोसाइ ना. मोस्ने भाव, क्रिया वा प्रक्रिया।
72138 मोसाइनु क.क्रि. मोस्न लाइनु।
72139 मोसाउनु प्रे.क्रि. मोस्न लाउनु; ठगाउनु।
72140 मोसिनु क.क्रि. हकभाग नलाइनु; वञ्चित गरिनु; ठगिनु।
72141 मोसो ना. धुवाँका कालाकाला कण जमेको धुलो; ध्वाँसो।
72142 मोह ना. १. अविद्या; अज्ञान; निर्बुद्धि।
72143 मोह ना. २. आध्यात्मिक दर्शनका अनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति।
72144 मोह ना. ३. भ्रान्ति; भ्रम।
72145 मोह ना. ४. लट्ठिने खालको प्रेम; व्यामोह।
72146 मोह ना. ५. झुक्यान; भुल; त्रुटि।
72147 मोह ना. ६. भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा।
72148 मोहक वि. मोह गर्ने; मोहित पार्ने।
72149 मोहजाल ना. मायाको बन्धन; मोहको जाल।
72150 मोहडा ना. १. अनुहार; चेहरा।