Dictionary

All Word

72301 मौसम ना. १. उपयुक्त वा अनुकूल समय।
72302 मौसम ना. २. सर्दी, गर्मी आदिका दृष्टिले विभाजित समय; ॠतु; याम।
72303 मौसम ना. ३. बालीनाली लाउने वा पाक्ने खास समय।
72304 मौसमी वि. मौसमसम्बन्धी; मौसमको; ॠतु-ॠतुमा हुने।
72305 मौसमी रिपोट/विवरण ना. जलवायु मापक यन्त्रद्वारा पहिल्याइने मौसमसम्बन्धी विवरण वा तथ्य।
72306 मौसमी हावा ना. मनसुन।
72307 मौसुफ वि. १. प्रशंसा गरिएको; तारिफ गरिएको। सर्व.
72308 मौसुफ वि. २. राजा तथा राजपरिवारका अन्य सदस्यहरूलाई निज वा मजकुरका अर्थमा प्रयोग गरिने सम्मानवाची शब्द; मौसूफ।
72309 मौसूफ वि./सर्व. हे. मौसुफ।
72310 मौहूर्तिक ना. १. ज्योतिषी; गणक। वि.
72311 मौहूर्तिक ना. २. मुहूर्तसम्बन्धी।
72312 म्याँ क्रि.वि. १. भेडा, बाख्रा, पाठा आदि कराउँदाको आवाज आउने गरी। ना.
72313 म्याँ क्रि.वि. २. त्यसरी कराउँदाको आवाज वा ध्वनि।
72314 म्याउँ ना. १. बिरालो (बालबोलीमा)। क्रि.वि.
72315 म्याउँ ना. २. बिरालो कराएको आवाज आउने गरी।
72316 म्याउँचे वि. म्याउँम्याउँ गर्ने खालको; म्याउँम्याउँ गरी बोल्ने (मानिस)। स्त्री. माउँची।
72317 म्याउँम्याउँ ना. १. डराएर थुरथुर हुने चाल वा बिस्तारै बोल्ने काम। क्रि.वि.
72318 म्याउँम्याउँ ना. २. लगातार म्याउँको आवाज निकालेर।
72319 म्याक्सी ना. गलादेखि गोडासम्म छोप्ने खालको एउटै जनाना पोसाक।
72320 म्याग्दी ना. नेपालको धवलागिरि अञ्चलअन्तर्गत रहेको एक जिल्ला।
72321 म्याग्मा ना. पृथ्वीभित्र रहेको वा जमिनमुनिको पग्लेको चट्टान।
72322 म्याङ्लुङ ना. १. नेपालको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी।
72323 म्याङ्लुङ ना. २. सोही देवीको स्थान रहेको ठाउँ।
72324 म्याच ना. १. फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल।
72325 म्याच ना. २. सलाई।
72326 म्याच फ्याक्टरी ना. सलाई बनाउने कारखाना (जस्तो- जुद्ध म्याच फ्याक्टरी) |
72327 म्याट्रिक वि. १. दशमलव प्रणालीले नाप्ने वा जोख्ने (प्रणाली)। ना.
72328 म्याट्रिक वि. २. प्रवेशिका परीक्षा; एस.एल.सी.; म्याट्रिकुलेसन।
72329 म्याट्रिकुलेसन ना. विश्वविद्यालयमा प्रवेश पाउनका निम्ति उत्तीर्ण गर्नुपर्ने परीक्षा; एस.एल.सी.।
72330 म्याद ना. १. कुनै कामकुराका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा।
72331 म्याद ना. २. प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा।
72332 म्यादी वि. म्याद भएको; अस्थायी।
72333 म्यादीजरो ना. आँठेजरो (टाइफाइड)।
72334 म्यादीमलाहा ना. वर्षायामका लागि मात्र हुलाक वस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी।
72335 म्यान ना. तरबार राख्ने दाप वा खोल।
72336 म्याना ना. प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारी साधन; उलिन्काठ; तामदान; पालकी।
72337 म्यानेजर ना. कुनै संस्थान, निगम, भोजनालय आदिका मुख्य व्यक्ति वा पदाधिकारी; प्रबन्धक; व्यवस्थापक।
72338 म्यानेजिङ वि. कामको प्रबन्ध गर्ने; कामको व्यवस्थासम्बन्धी।
72339 म्यानेजिङ एजेन्ट ना. सम्बन्धित ठाउँहरूमा गई प्रबन्ध मिलाउने व्यक्ति; प्रबन्ध मिलाउने गुमस्ता।
72340 म्यानेजिङ डाइरेक्टर ना. महाप्रबन्धक; प्रमुख व्यवस्थापक।
72341 म्यान्जो ना. लामो बसिबियाँलो।
72342 म्यारिड प्रिन्ट ना. चलचित्रकलामा दृश्य र ध्वनिको सम्मिश्रण गरिएको रिल।
72343 म्युजियम ना. १. ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका मूर्ति, कला आदिको सङ्ग्रहालय; अजायबघर।
72344 म्युजियम ना. २. राष्ट्रिय सङ्ग्रहालय।
72345 म्युनिसिपल वि. नगरपालिकासम्बन्धी।
72346 म्युनिसिपलिटी ना. नगरपालिका।
72347 म्रियमाण वि. मर्न लागेको; मरणोन्मुख।
72348 म्लान वि. १. ओइलाएको; सेलाएको; थाकेको।
72349 म्लान वि. २. कमजोर; निर्धो; दुर्बल।
72350 म्लान वि. ३. उदास; खिन्न।