Dictionary

All Word

72451 यत्किञ्चित् क्रि.वि. कुनै पनि वस्तुको थोरै मात्रामा; थोरबहुत; अलिकति।
72452 यत्ति वि. १. यति।
72453 यत्ति वि. २. यति नै।
72454 यत्तिका वि./क्रि.वि. यतिका।
72455 यत्तिको वि. १. योजत्तिको; यस बराबरको; यतिले भेटेसम्मको।
72456 यत्तिको वि. २. यति धेरै; प्रशस्त; यत्रो।
72457 यत्तिको वि. ३. यति थोरै; कम्ती।
72458 यत्तिखेर क्रि.वि. यति नै समयमा; यतिखेर।
72459 यत्न ना. १. कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को।
72460 यत्न ना. २. बिग्रिन, नासिन नपाओस् भनी गरिएको हिफाजत; जतन।
72461 यत्न ना. ३. फारोतिनो गर्नका लागि गरिएको सञ्चय; बचोट; सङ्ग्रह।
72462 यत्नतः क्रि.वि. प्रयासका साथमा।
72463 यत्नवान् वि. यत्न गर्ने; यत्नशील।
72464 यत्नशील वि. मिहिनेत गर्ने स्वभावको; यत्नवान्; मिहिनेती।
72465 यत्निखेर क्रि.वि. १. ठिक यसै समयमा; यति नै बेला।
72466 यत्निखेर क्रि.वि. २. अहिले।
72467 यत्र क्रि.वि. यहाँ (समासको आरम्भमा 'तत्र' सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै- यत्रतत्र)।
72468 यत्रतत्र क्रि.वि. १. जहाँसुकै पनि; जताततै; सबैतिर।
72469 यत्रतत्र क्रि.वि. २. विभिन्न ठाउँमा।
72470 यत्रतत्र क्रि.वि. ३. जथाभावी; छरपुस्ट।
72471 यत्रतत्र सर्वत्र क्रि.वि. १. यहाँ र वहाँ मात्र नभई जतासुकै पनि; जताततै।
72472 यत्रतत्र सर्वत्र क्रि.वि. २. सबैतिर।
72473 यत्रैसित/यत्रैसिति वि.बो. केही पर्बाह छैन; केको मतलब; भुत्रैसित; कन्डैसित।
72474 यत्रो वि. १. यस परिमाणभरिको; योजत्रो। सर्व. . यो (अश्लील अर्थमा, जस्तै- यत्रो खा!)। वि.बो.
72475 यत्रो वि. ३. खेद, पछुतो, असफलता आदि जनाउँदा प्रायः वाक्यको अन्तमा प्रयोग गरिने शब्द। (उदा.- कति चेष्टा गरे पनि सकिएन, यत्रो!)।
72476 यथा क्रि.वि. १. जस्तै; जुन प्रकारको।
72477 यथा क्रि.वि. २. जसरी; जहाँसम्म; जतिसम्म।
72478 यथाकथित वि. १. भनेजति; भनिएबमोजिम। क्रि.वि.
72479 यथाकथित वि. २. भनिएबमोजिम गरी।
72480 यथाक्रम क्रि.वि. क्रमबद्ध ढङ्गले; सिलसिला मिलाएर; क्रमानुसार।
72481 यथातथा क्रि.वि. १. जथाभावी; जथानाम।
72482 यथातथा क्रि.वि. २. जसरीतसरी।
72483 यथातथ्य क्रि.वि. सही किसिमले; सत्यतापूर्वक।
72484 यथापूर्व वि. १. परम्परादेखि चलेअनुसारको।
72485 यथापूर्व वि. २. पहिले जस्तै; जस्तो थियो त्यस्तै। क्रि.वि.
72486 यथापूर्व वि. ३. पहिले जस्तै गरेर।
72487 यथा भाग क्रि.वि. १. भागअनुसार; भागशान्तिले भेटेसम्म; भाग लगाएमुताबिक। वि.
72488 यथा भाग क्रि.वि. २. भागअनुसारको।
72489 यथायोग्य क्रि.वि. १. जसो उचित ठहर्छ उसै। वि.
72490 यथायोग्य क्रि.वि. २. जसलाई जे ठिक सुहाउँछ उसलाई त्यस्तै; यथोचित।
72491 यथार्थ वि. १. जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै।
72492 यथार्थ वि. २. ठिक; उचित।
72493 यथार्थ वि. ३. सही; साँचो; सत्य; खास। ना.
72494 यथार्थ वि. ४. वास्तविकता; साँचोपन।
72495 यथार्थत: क्रि.वि. साँच्चै भन्ने हो भने; वास्तवमा।
72496 यथार्थता ना. यथार्थ हुने गुण वा प्रक्रिया; वास्तविकता; सत्यता।
72497 यथार्थवाद ना. १. वस्तुजगत्‌को अस्तित्वलाई नै सर्वेसर्वा स्वीकार गर्ने एक दार्शनिक मत; वस्तुसत्यमा विश्वास राख्ने एक अनीश्वरवादी सिद्धान्त।
72498 यथार्थवाद ना. २. जीवन र जगत्‌को वस्तुपक्ष जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्ने एक साहित्यिक मान्यता; जीवन र जगत्‌का बिचका सम्बन्धले मान्छेका जीवनमा देखापर्ने र वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने साहित्यिक मूल्य।
72499 यथार्थवादी वि. १. यथार्थवादको अनुसरण गर्ने; यथार्थवादको अनुयायी।
72500 यथार्थवादी वि. २. यथार्थवादसम्बन्धी।