Dictionary

All Word

72501 यथावत् क्रि.वि. यसभन्दा पहिले जस्तो रूप र अवस्थाको थियो त्यस्तै; पहिलेको जस्तै; पूर्ववत्।
72502 यथावसर वि. १. समयअनुसारको। क्रि.वि.
72503 यथावसर वि. २. समयसुहाउँदो किसिमले।
72504 यथाविधि क्रि.वि. १. विधि-विधानअनुसार; नियमपूर्वक; रीत पुऱ्याएर। वि.
72505 यथाविधि क्रि.वि. २. विधिअनुसारको; रीत पुगेको।
72506 यथाशक्ति वि. १. क्षमताले भ्याएसम्मको; गच्छेअनुसारको; औकातले पुगेसम्मको। क्रि.वि.
72507 यथाशक्ति वि. २. क्षमताले वा औकातले भ्याएसम्म।
72508 यथाशक्य क्रि.वि./ वि. यथाशक्ति।
72509 यथासङ्ख्य ना. १. अलङ्कारशास्त्रका मतमा पहिले कुनै वस्तुको वर्णन गरेर पछि क्रमशः तिनका उपमान वा आरोपित वस्तु आदिको वर्णन गरिएमा पर्न आउने एक अर्थालङ्कार। वि.
72510 यथासङ्ख्य ना. २. सङ्ख्याअनुसारको; क्रमैसँगको। क्रि.वि.
72511 यथासङ्ख्य ना. ३. सङ्ख्याअनुसार; सङ्ख्यामाफिक।
72512 यथासमय क्रि.वि. जुन काम जतिखेर भए ठिक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा।
72513 यथासम्भव क्रि.वि. हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म।
72514 यथासाध्य क्रि.वि. साध्य भएसम्म; जति साध्य हुन्छ त्यति; यथासम्भव।
72515 यथास्थान क्रि.वि. जुन ठाउँमा ठिक पर्छ त्यसै ठाउँमा; उचित स्थानमा।
72516 यथास्थित वि. पहिले झैँ रहेको; यथावत् रहेको।
72517 यथास्थिति ना. पहिलेको जस्तै स्थिति; यथावत् अवस्था।
72518 यथास्थितिवाद ना. पूर्वधारणाअनुसार जुन मतमा विश्वास गर्दै आइएको छ त्यसबाट विचलित नभई स्थिर रहने एक सिद्धान्त; स्थिति जस्तो थियो वा छ त्यस्तै रहोस् भन्ने मत; कट्टरतावाद।
72519 यथास्थितिवादी वि. यथास्थितिवादको अनुसरण गर्ने; यथास्थितिवाद-सम्बन्धी।
72520 यथेच्छ क्रि.वि. १. इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम। वि.
72521 यथेच्छ क्रि.वि. २. पर्याप्त; पुग्दो; चिताएबमोजिमको।
72522 यथेच्छाचार ना. १. इच्छाअनुसारको आचरण; अनुशासन वा मर्यादालाई वास्ता नगरी जथाभावी गरिने चालचलन।
72523 यथेच्छाचार ना. २. मनोमानी गर्ने काम; उच्छृङ्खल व्यवहार।
72524 यथेच्छाचारी वि. १. जे गर्न मन लाग्छ त्यही काम गर्ने; कुनै नियम र अनुशासनको पालन नगर्ने; स्वेच्छाचारी।
72525 यथेप्सित वि. चाहेअनुसारको; यथेच्छ।
72526 यथेष्ट वि./ ना./ क्रि.वि. १. चिताएजति; चाहेअनुसारको; पर्याप्त।
72527 यथेष्ट वि./ ना./ क्रि.वि. २. इच्छाबमोजिम; मनमाफिक।
72528 यथोक्त वि. पहिले जस्तो बताइएको छ त्यस्तो; नियमबमोजिमको; कथनानुसारको; भनेजस्तो।
72529 यथोचित वि. १. जस्तो भए ठिक हुन्छ त्यस्तो; जस्ताको तस्तो।
72530 यथोचित वि. २. जति भए पुग्छ त्यति; यथायोग्य; समुचित। क्रि.वि.
72531 यथोचित वि. ३. उचित किसिमले।
72532 यदा क्रि.वि. जहिले; जुन समयमा; जतिखेर।
72533 यदाकदा क्रि.वि. कहिलेकाहीँ; कुनैकुनै समयमा; आकलझुकल।
72534 यदि क्रि.वि. सम्भावनाले गर्दा; संयोगले गर्दा; भने (जस्तै- यदि राम विद्वान् हो त श्याम पनि विद्वान् हो)।
72535 यदु ना. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा; यदुवंशका प्रवर्तक राजकुमार।
72536 यदु वंश ना. महाभारत आदिमा वर्णित राजा ययातिका छोरामध्ये जेठा छोरा यदुबाट प्रवर्तन भएको वंशपरम्परा; श्रीकृष्ण जन्मेको कुल; यादववंश।
72537 यदृच्छया क्रि.वि. १. जस्तो चिताइएको छ त्यसैअनुसार; कुनै नियम वा कारण नभईकन; मनलाग्दो किसिमले; स्वेच्छया।
72538 यदृच्छया क्रि.वि. २. संयोगवश; अकस्मात्; अपर्झट।
72539 यदृच्छा ना. १. इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन।
72540 यदृच्छा ना. २. आकस्मिक संयोग।
72541 यदृच्छित क्रि.वि. चिताए जस्तै; स्वेच्छापूर्वक; मनलाग्दो।
72542 यद्यपि संयो. यसो भए तापनि; हुन ता। (उदा.- यद्यपि ऊ मेरो नातेदार होइन, तर म उसलाई प्रेम गर्छु)।
72543 यद्वा संयो. अथवा; वा; या।
72544 यद्वातद्वा क्रि.वि. जथाभाबीसँग।
72545 यन्त्र ना. १. कलपुर्जा आदिबाट चल्ने कुनै उपयोग्य वस्तु; मेसिन।
72546 यन्त्र ना. २. तान्त्रिक विधिअनुसार देवदेवीका नाम, अक्षर, चित्र आदि लेखेर बनाइएको, उपासक वा रोगीले धारण गर्ने वस्तु; जन्तर।
72547 यन्त्र ना. ३. वाद्य; वाद्ययन्त्र।
72548 यन्त्र ना. ४. सन्दुस, ढोका आदिमा लगाइने ताल्चा।
72549 यन्त्र ना. ५. जुनसुकै कार्यमा प्रयोग हुने औजार; साधन।
72550 यन्त्र ना. ६. प्रणाली; पद्धति।