Dictionary

All Word

72601 यमल वि. १. एउटै गर्भबाट एकै बेतमा जन्मिएका; जुम्ल्याहा।
72602 यमल वि. २. युगल; जोडा; जोर।
72603 यमलोक ना. १. मरिसकेपछि जीवले जानुपर्ने भनिएका लोकहरूमध्ये एक लोक; यमपुरी; धर्मनगर।
72604 यमलोक ना. २. नरक।
72605 यमुना ना. १. यमराजकी बहिनी; सूर्यकी छोरी।
72606 यमुना ना. २. पश्चिमोत्तर भारतबाट बहेर प्रयागमा आई गङ्गाजीमा मिल्ने एक प्रसिद्ध नदी; जमुना।
72607 यमुनोत्तरी ना. बदरिकाश्रमको उत्तरतिर पर्ने हिमाल; यमुना नदीको उद्‍गमस्थल।
72608 ययाति ना. नहुष राजाका छ भाइ छोरामध्ये माहिला छोरा; यदु, पुरु, अनु आदिका पिता; चन्द्रवंशका एक प्रसिद्ध राजा; शर्मिष्ठा र देवयानीका पति; शुक्राचार्य र वृषपर्वाका जुवाइँ।
72609 यर्सी ना. उखु पेल्ने लामो काठको खम्बा।
72610 यव ना. १. देवपितृकार्यका लागि पवित्र मानिने अन्नमध्ये एक; जौ।
72611 यव ना. २. वास्तु तथा मूर्तिकलामा प्रयुक्त, एक जौ बराबरको नापो वा तौल।
72612 यव ना. ३. हस्तरेखा-विज्ञानअनुसार हत्केला वा पैतालाका जौ आकारका रेखा।
72613 यवक्षार ना. औषधीका लागि प्रयोग हुने, जौको बोट पोलेको खरानी; जवाखार।
72614 यवद्वीप ना. जाभाद्वीपको पुरानो नाम।
72615 यवन ना. १. युनान देशको आयोनिया प्रान्त वा त्यसैको निवासी।
72616 यवन ना. २. युनानी जाति।
72617 यवन ना. ३. पछि गएर मुसलमान, क्रिस्तानजस्ता विधर्मी विदेशीहरूका लागि प्रयोगमा आउन थालेको शब्द।
72618 यवन ना. ४. शीघ्र गति; छिटो चाल।
72619 यवन ना. ५. घोडा।
72620 यवनिका ना. नाटक प्रदर्शन गरिने मञ्चमा दृश्य परिवर्तन वा नाटक समापन गर्दा लगाइने पर्दा; जवनिका।
72621 यश ना. १. राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति।
72622 यश ना. २. प्रशंसा; तारिफ।
72623 यशस्कर वि. राम्रो कीर्ति वा प्रसिद्धि हुने; नाम चल्ने।
72624 यशस्वान् वि. राम्रो यश भएको; यशशाली।
72625 यशस्वी वि. ठुलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको।
72626 यशोगाथा ना. कसैको सत्कार्यको गुणगान गर्ने काम; यशको महिमावर्णन।
72627 यशोधरा ना. गौतम बुद्धकी धर्मपत्नी; राहुलकी आमा; गोपा।
72628 यष्टि/यष्टी ना. १. लट्ठी।
72629 यष्टि/यष्टी ना. २. लाठो; लौरो।
72630 यष्टि/यष्टी ना. ३. रूखहरूको हाँगो; शाखा।
72631 यष्टि/यष्टी ना. ४. वास्तु तथा मूर्तिकलामा सत्तरी अमल बराबरको नापोलाई बुझाउने शब्द; सत्तरी इन्चको नापो।
72632 यष्टि/यष्टी ना. ५. जेठीमधु।
72633 यस सर्व. 'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो'-बाट 'जस', 'त्यो' बाट 'त्यस' बने झैँ 'यो' बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि)।
72634 यस उसले क्रि.वि. यसकारण; यसो हुनाले; यसनिम्ति।
72635 यसरी क्रि.वि. यस प्रकारले; यसो गरेर; यस किसिमले।
72636 यसै क्रि.वि. १. यसो नै; यस प्रकारले नै।
72637 यसै क्रि.वि. २. यस किसिमले; यही तरिकाले।
72638 यसै क्रि.वि. ३. खास कारण नभई; उसै।
72639 यसै क्रि.वि. ४. मोल नलिईकनै; सित्तैँ।
72640 यसो क्रि.वि. १. यस किसिमले; यसरी। (उदा.- यसो नचल भनेको उसले मानेन)।
72641 यसो क्रि.वि. २. यता। (उदा.- त्यस खोलादेखि यसो मेरो हक छ।)
72642 यसो क्रि.वि. ३. खरखरी; कामचलाउ किसिमले। (उदा.- मैले उसलाई चिनेको छैन, यसो बाटामा देखेको मात्रै हुँ। )। वि.
72643 यसो क्रि.वि. ४. यस्तो। (उदा.- यसो नभन्।)।
72644 यसोउसो क्रि.वि. १. जस्तोसुकै प्रकारले; अल्याङमल्याङ गरेर; जस्तोसुकै भए पनि। ना.
72645 यसोउसो क्रि.वि. २. अलमल; अल्याङमल्याङ।
72646 यसोउसो क्रि.वि. ३. हाहो; हाटहुट।
72647 यसोउसो क्रि.वि. ४. आवश्यक साधारण वस्तुहरू; जेतेमेते।
72648 यसोउसो क्रि.वि. ५. सामान्य कामहरू; अगडमबगडम।
72649 यसोत्यसो क्रि.वि./ना. यसोउसो।
72650 यसोरी क्रि.वि. यसो गरेर; यसरी।