Dictionary

All Word

72751 याम ना. ३. बेलाबखत; मौसम।
72752 याम टाइम ना. बेलाबखत; बेलामौका।
72753 यामल ना. १. जम्ल्याहा शिशु। वि.
72754 यामल ना. २. यमलसम्बन्धी।
72755 यामान वि. १. आफूले सोचेभन्दा बढ्ता ठुलो; स्वाभाविकता वा आवश्यकताभन्दा धेरै ठुलो।
72756 यामान वि. २. अत्यन्त वजनदार; गहकिलो।
72757 यामानको वि. यामान।
72758 यामिक ना. १. पालैपालो गरी बदलिने पहरेदार; समयसमयमा फेरिने पाले। वि.
72759 यामिक ना. २. यामसम्बन्धी; समय- सम्बन्धी।
72760 यामिक मार ना. खास समयमा खास जातिको पोथीले भाले खोज्ने प्राकृतिक प्रक्रिया।
72761 यामिनी ना. १. रात; रात्रि।
72762 यामिनी ना. २. हलेदो।
72763 यामिनी ना. ३. यमकुलकी नारी; यमी। वि.
72764 यामिनी ना. ४. यमसम्बन्धी; गतिसम्बन्धी; मृत्युसम्बन्धी।
72765 यामिनी ना. ५. यायावरीय।
72766 याम्य ना. १. धर्मराजका प्रतिहार; यमदूत।
72767 याम्य ना. २. दक्षिण दिशा; यमराज स्वामी भएको दिशा।
72768 याम्य ना. ३. वरुणका छोरा मानिने एक ॠषि; अगस्त्य ॠषि।
72769 याम्य ना. ४. मलयाचलमा हुने चन्दन। वि.
72770 याम्य ना. ५. यमसम्बन्धी।
72771 याम्य ना. ६. धर्मराजसँग सम्बन्धित दिशाको; दक्षिणतिरको।
72772 यायावर वि. १. जीवनभर विभिन्न ठाउँमा घुमिरहने; फिरन्ते। ना.
72773 यायावर वि. २. सन्न्यास आश्रमको योगी; महन्त।
72774 यायावर वि. ३. अश्वमेध यज्ञमा छोडिएको घोडा।
72775 यायावर वि. ४. घुमन्ते जाति।
72776 यार ना. १. मन मिलेको साथी; हितले खाएको मित्र; दोस्त।
72777 यार ना. २. अर्काकी स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने व्यक्ति; गुन्डो; जार।
72778 यारलम्फा ना. हावाको छिराइ र निस्काइ सन्तुलित भई धेरै चहकिलो हिसाबले बल्ने, मट्टीतेलबाट चल्ने चिमदार एक प्रदीप; लम्फा।
72779 यारिङ ना. कानका लोतीमा तुर्लुङ्ङ झुन्डिने हिसाबले लगाइने गहना; कानका लोतीमा लाइने झुम्के गहना; यार्लिङ।
72780 यारैसिजै ना. १. प्राचीन कालमा आफ्नो अनुहार हेर्ने काममा प्रयोग गरिने साधन; ऐनाको काम लिइने साधन।
72781 यारैसिजै ना. २. घृतच्छाया।
72782 यार्चागुम्बा/यार्चागुम्बु ना. शिरतिरको अङ्ग झार झैँ र पाउतिरको अङ्ग किराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार; तागतको औषधीका रूपमा व्यवहार गरिने त्यसैको सुकुटी।
72783 यार्लिङ ना. कानका लोतीमा लर्कने हिसाबले लगाइने झुम्के गहना; यारिङ।
72784 यार्सागुम्बा ना. हे. यार्चागुम्बा।
72785 याल ना. घोडा, सिंह आदिका गर्दनमा पलाउने लामालामा बाक्ला भुत्ला; जगर।
72786 यावत् क्रि.वि. १. कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म।
72787 यावत् क्रि.वि. २. जबसम्म; जुन समयसम्म।
72788 यावत् क्रि.वि. ३. जति परिणामसम्म। वि.
72789 यावत् क्रि.वि. ४. जति; जुन परिमाणको।
72790 यावत् क्रि.वि. ५. सबै नै; तमाम; भएभरिको।
72791 यावन्त वि. भएभरको सबै; सम्पूर्ण; यावत्।
72792 यासोक्यानी ना. लिम्बू जातिकी एक प्रसिद्ध देवी; पाँचथरको यासोक भन्ने ठाउँमा अवतार लिएकी भनी प्रसिद्ध भएकी लिम्बू संस्कृतिकी एक देवी।
72793 यिन सर्व. 'यिनी' सर्वनामको तिर्यक् रूप (जस्तै- यिनलाई, यिनले, यिनको आदि।)।
72794 यिन ताक क्रि.वि. अचेलभरि; आजकल।
72795 यिनी सर्व. १. 'यो' सर्वनामको बहुवचनको रूप।
72796 यिनी सर्व. २. सम्मान, आदर, श्रद्धा आदि बुझाउने तृतीयपुरुष सर्वनाम; यी महानुभाव।
72797 यी सर्व. 'यो' सर्वनामको बहुवचन वा आदरार्थमा प्रयोग हुने रूप; यिनी।
72798 युँ१ ना. कुनै गहनाहरूका बिचमा जड्ने काममा प्रयोग गरिने प्रायः हरियोमिश्रित रङको निलो हिमाली वा भोटेली पत्थर।
72799 युँ२ वि. १. याँमानको। क्रि.वि.
72800 युँ२ वि. २. याँ।