Dictionary

All Word

72851 युगान्तर ना. ३. समय परिवर्तन।
72852 युगोचित वि. समयअनुसारको; जुगजमाना सुहाउँदो; युगानुकूल।
72853 युगौँ ना. १. अनेक युग। क्रि.वि.
72854 युगौँ ना. २. जुगानजुग।
72855 युग्म वि. १. जोडा; युगल; जुम्ल्याहा।
72856 युग्म वि. २. अन्योन्याश्रित सम्बन्ध भएका; युगल; द्वन्द्व। ना.
72857 युग्म वि. ३. बाह्र राशिमध्ये तेस्रो राशिको नाम; मिथुन।
72858 युग्मक वि. १. जोडा; जुम्ल्याहा; युग्म।
72859 युग्मक वि. २. एकअर्कामा सम्मिलित हुने। ना.
72860 युग्मक वि. ३. स्त्रीपुरुषका रजबीजाणुको मेल भएको अवस्था।
72861 युग्मज वि. जुम्ल्याहा।
72862 युत वि. १. मिलेको; संयुक्त।
72863 युत वि. २. सहित; युक्त।
72864 युद्ध ना. परस्परविरोधी दुई दलका बिचमा एकले अर्कालाई दमन गर्ने, हराउने, मार्ने आदि उद्देश्यले गरिने आक्रमण; लडाइँ; सङ्ग्राम; जुद्दे; कटक।
72865 युद्धक्षेत्र ना. परस्परका विपक्षीहरू भिड्ने ठाउँ; लडाइँ भएको वा हुने ठाउँ; युद्धभूमि।
72866 युद्ध परिषद् ना. युद्ध थाल्ने, सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको विशेष समिति।
72867 युद्धपोत ना. जलक्षेत्रमा युद्ध गर्दा पानीमुनि भित्र भित्र पनि हिँड्ने लडाकु नाउ; लडाकु सानो पानीजहाज वा मोटर।
72868 युद्धबन्दी ना. युद्धका समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धा।
72869 युद्धभूमि ना. युद्धक्षेत्र; रणक्षेत्र।
72870 युद्धविद्या ना. युद्धसम्बन्धी शस्त्रास्त्र प्रयोगसँग सम्बन्धित विद्या; सामरिक विज्ञान।
72871 युद्धविराम ना. परस्परबाट चर्केको लडाइँलाई रोक्ने काम; विभिन्न उपायले युद्धलाई रोक्ने काम।
72872 युद्धविराम रेखा ना. युद्धविराम गर्दा तोकिएको हदबन्दी।
72873 युद्धवीर ना. १. युद्ध गर्ने काममा ठुलो पराक्रम देखाउने व्यक्ति।
72874 युद्धवीर ना. २. वीररस प्रधान हुने नाटक, काव्य आदिमा रहने नायक; दानवीर, धर्मवीर र युद्धवीर यी तीनमध्ये तेस्रो वीर।
72875 युद्धवीर ना. ३. युद्धसम्बन्धी वीरता प्रदर्शन हुने कृतिको नायक।
72876 युद्धशास्त्र ना. युद्धविद्या।
72877 युद्धस्थगन ना. १. युद्ध चर्किरहेका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ बन्द गर्नुपर्ने अवस्था।
72878 युद्धस्थगन ना. २. अस्थायी युद्धविराम।
72879 युधिष्ठिर ना. महाभारत, पुराण आदिका अनुसार पाण्डुराजाकी रानी कुन्तीका गर्भबाट जन्मेका तीन भाइ छोरामध्येका जेठा; पञ्चपाण्डवमध्येका पहिला भाइ; जेठा पाण्डव; धर्मराज।
72880 युनान ना. १. युरोपको एक देश; ग्रिस।
72881 युनान ना. २. मिस्र देशको एक प्रान्त; यायोनिया।
72882 युनानी वि. १. युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी। ना.
72883 युनानी वि. २. युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति।
72884 युनानी वि. ३. ग्रिसेली भाषा।
72885 युनिट ना. कुनै पनि वस्तुको न्यूनतम एकाइ; एकएक भागमा छुट्ट्याउन सकिने वस्तुको एकाइ।
72886 युनिफर्म ना. १. कुनै विशेष संस्था वा कार्यालयसँग सम्बन्धित औपचारिक पहिरन; सम्बन्धित सबैले लगाउनुपर्ने मिल्दोजुल्दो साझे पोसाक।
72887 युनिफर्म ना. २. तानाबाना; बर्दी।
72888 युनियन ना. कुनै तहका जनता, विद्यार्थी, मजदुर आदिको सङ्गठन, समिति वा सङ्घ।
72889 युरिया ना. कृषिक्षेत्रमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल; मूत्रज; मलमूत्रज; नाइट्रोजन मल।
72890 युरिलो ना. अग्लो बोट हुने साधारण आकारका भुवादार पात हुने, पहेँलामा काला टीका टीका परेका फूल फुल्ने क्याप्सुलका आकारका फल फल्ने हिमाली भेकमा हुने एक वनौषधी।
72891 युरेसिया ना. १. युरोप र एसियाको साझे नाम।
72892 युरेसिया ना. २. युरोप र एसियालाई एकै महादेश ठानी राखिएको एक नाम।
72893 युरोप ना. संसारका छवटा महादेशमध्येको एक महादेश; अफ्रिकाको उत्तरमा र एसियाको पश्चिममा पर्ने महादेश।
72894 युरोपियन वि. युरोपीय।
72895 युरोपीय वि. युरोपसँग सम्बन्ध भएको; युरोपसम्बन्धी; युरोपमा हुने; युरोपको; युरोपेली।
72896 युरोपीय साझा बजार ना. पश्चिमी युरोपका केही देशहरूले भन्सार आदि मिनाहा गरी आपसमा खुला रूपले लेनदेन गर्न मिल्ने गरी स्थापना गरेको साझा बजार।
72897 युरोपेली वि. युरोपसँग सम्बन्धित; युरोपको; युरोपीय।
72898 युवक ना. सामान्य रूपमा सोह्र वर्षमाथि र चालिस वर्षमुनिको पुरुष; तरुण; युवा; तन्नेरी।
72899 युवकत्व ना. तन्नेरीपना।
72900 युवक सङ्गठन ना. १. युवकहरूको उन्नति, हित र कल्याण गर्ने एवं युवाशक्तिलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्ले बनाइएको सङ्गठन।