Dictionary

All Word

72951 योगदान ना. कुनै काममा महत्त्वपूर्ण सहायता दिने काम; सहभागिता।
72952 योगधारणा ना. योगमा एकाग्र भई ध्यानमग्न भएको अवस्था; योगधारण गरेको अवस्था।
72953 योगनिद्रा ना. १. योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा।
72954 योगनिद्रा ना. २. युगका अन्त्यमा हुने प्रलयअवस्थामा लाग्ने विष्णुको निद्रा।
72955 योगफल ना. गणितमा विभिन्न सङ्ख्या जोड्दा हुन आउने उत्तर; योगको परिणाम।
72956 योगबल ना. योगको साधनबाट प्राप्त हुने ईश्वरीय शक्ति।
72957 योगमाया ना. १. समाधि अवस्थामा प्राप्त हुने अलौकिक शक्ति।
72958 योगमाया ना. २. भगवती; महामाया।
72959 योगमाया ना. ३. ईश्वरको सृजनशक्ति; प्रकृति।
72960 योगमार्ग ना. ईश्वरप्राप्तिका विभिन्न मार्गमध्ये एक मार्ग।
72961 योगरूढ वि. १. योग नै रूढ भएको।
72962 योगरूढ वि. २. व्याकरणमा यौगिक देखिए पनि अर्थचाहिँ रूढ भएको।
72963 योगशास्त्र ना. योगविद्या।
72964 योगसूत्र ना. महर्षि पतञ्जलिको योगसम्बन्धी सूत्रसङ्ग्रह; योगदर्शन।
72965 योगात्मा ना. योगी।
72966 योगानुशासन ना. योगशास्त्रले बताएको अनुशासन।
72967 योगाभ्यास ना. योगशास्त्रबमोजिम योगका आठैवटा अङ्गहरूको विधिपूर्वकको अनुष्ठान; योगको साधन; योगानुशासनको पालन।
72968 योगाभ्यासी वि. योगको साधनमा लीन।
72969 योगाश्रम ना. १. योगको अभ्यास गर्ने मठ; योगसाधनाको आश्रम।
72970 योगाश्रम ना. २. योग सिकाउने ठाउँ; योगाभ्यास गराउने स्थल।
72971 योगासन ना. योग गर्दा बस्ने पद्मासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि।
72972 योगिनी ना. १. योगाभ्यास गर्ने नारी; जोगिनी; तपस्वी नारी।
72973 योगिनी ना. २. काठमाडौँ उपत्यकामा रहेका चार देवी (वज्रयोगिनी, ब्रह्मयोगिनी, नीलतारा योगिनी र विजयेश्वरी योगिनी) मध्ये कुनै एक।
72974 योगिनी ना. ३. भगवतीका नारायणी, गौरी, शाकम्भरी लगायत चौँसट्ठी सहचारीमध्ये कुनै एक।
72975 योगिनी ना. ४. आषाढ कृष्णपक्षको एकादशी।
72976 योगिनी ना. ५. रणपिशाचिनी; रणचण्डी।
72977 योगिनी ना. ६. अष्टदेवी ( शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कुष्माण्डी, कालरात्रि, कात्यायनी र महागौरी)।
72978 योगिनी ना. ७. ज्योतिषशास्त्रअनुसार विशेष तिथिमा विशेष दिशामा रहने देवी; दिङ्माता (ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी)।
72979 योगिनी ना. ८. तिथिका आधारमा पूर्व आदि दिशामा निवास गर्ने (नारीहरूले यात्रा गर्दा बार्नुपर्ने तथा सामुन्ने र दायाँ पर्दा अनिष्ट फल दिने) कालयोगिनी।
72980 योगिनी ना. ८. जन्म नक्षत्रमा तीनको अङ्क जोडेर आठले शेष गर्दा रहने अङ्कका आधारमा क्रमशः मङ्गला, पिङ्गला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, सङ्कटा गरी आठवटा योगिनी; सूर्यादि ग्रहका पत्नीका रूपमा मानिने दशा (सूर्यपिङ्गला, चन्द्रमङ्गला, भौमभ्रामरी, बुधभद्रिका, गुरुधान्या, शुक्रसिद्धा, शनिउल्का र राहुसङ्कटा)।
72981 योगिनी चक्र ना. ज्योतिषशास्त्रअनुसार योगिनीको स्थिति, निर्देशन र फल विचार गर्ने चक्र।
72982 योगिनी दशा ना. योगिनीको दशा।
72983 योगिराज ना. योगीहरूमा श्रेष्ठ योगी; धेरै ठुला योगी; योगीन्द्र।
72984 योगी वि. १. संयुक्त; जोडिएको। ना.
72985 योगी वि. २. योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त।
72986 योगी वि. ३. युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष।
72987 योगी वि. ४. जोगी।
72988 योगीन्द्र ना. योगिराज; योगीश्वर।
72989 योगीराज ना. योगीका निम्ति सम्मानजनक सम्बोधन; योगिराज।
72990 योगीश्वर ना. १. श्रेष्ठ योगी; योगीहरूमा सर्वश्रेष्ठ महात्मा; योगेश्वर।
72991 योगीश्वर ना. २. महादेव; शिव।
72992 योगीश्वर ना. ३. कृष्ण भगवान्।
72993 योगेश्वर ना. १. योगसाधन गरेको पुरुष; सिद्ध पुरुष।
72994 योगेश्वर ना. २. कृष्ण भगवान्।
72995 योगेश्वर ना. ३. महादेव; शिव।
72996 योग्य वि. १. काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु।
72997 योग्य वि. २. कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठिक मानिने; उपयुक्त।
72998 योग्य वि. ३. विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्चस्तरको।
72999 योग्य वि. ४. न्यायसङ्गत; मुनासिब; उचित।
73000 योग्यता ना. १. व्यवहार, कार्य वा शिल्पका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; ल्याकत; सामर्थ्य; क्षमता; दक्षता।