Dictionary

All Word

73101 रँगाइ ना. २. रँगाउने भाव, क्रिया वा प्रक्रिया।
73102 रँगाइनु क.क्रि. रङ लगाउने काम गरिनु; रङ भरिनु।
73103 रँगाउनु स.क्रि. रङ लगाउने काम गर्नु; रङ्ग लाउनु; रङ भर्नु वा पोत्नु; रङ्गिन तुल्याउनु; रङाउनु।
73104 रँगिनु अ.क्रि. १. रङ लाग्ने काम हुनु; रङ चढ्नु; रङ पोतिनु।
73105 रँगिनु अ.क्रि. २. मादक पदार्थले लट्ठ पर्नु; नशा लाग्नु।
73106 रँगिनु अ.क्रि. ३. अरू समाजमा मिल्नु; बोरिनु।४. संसर्ग वा परिस्थितिबाट आफू पनि प्रभावित हुनु।
73107 रँगिलो वि. हे. रङ्गिलो।
73108 रँगेटो ना. १. कामको चटारो; काम धेरै पर्नाले हुने झमेला।
73109 रँगेटो ना. २. रिँगटा; रिङटा; चक्कर।
73110 रँगेल्नु स.क्रि. १. अनेक किसिमका कामका झमेलामा फसाउनु; कामकाजमा अलमल्याउनु।
73111 रँगेल्नु स.क्रि. २. पिरोल्नु; हुँडल्नु।
73112 रँगेल्नु स.क्रि. ३. बिथोल्नु; भाँड्नु।
73113 रँगेलाइ ना. रँगेल्ने भाव, क्रिया वा प्रक्रिया।
73114 रँगेलाइनु क.क्रि. रँगेल्ने काम गरिनु; रँगेलो बनाइनु।
73115 रँगेलाउनु प्रे.क्रि. रँगेल्न लगाउनु; रँगेल्ने काम गराउनु।
73116 रँगेलाहट ना. रँगेलाइ।
73117 रँगेलाहा वि. रँगेल्ने खालको; रँगेलाइमा पार्ने।
73118 रँगेलिनु अ.क्रि. १. रँगेल्ने काम हुनु; रुमलिनु। क.क्रि.
73119 रँगेलिनु अ.क्रि. २. रँगेल्ने काम गरिनु।
73120 रँगेलो ना. धेरै कामको अव्यवस्थित झमेला; अनेक कामकुराको बोझ; झैझमेला; चटारो; लठारो।
73121 रँगेल्याइ ना. रँगेलिने भाव, क्रिया वा प्रक्रिया।
73122 रँधाइ ना. राँध्ने वा पकाउने क्रिया-प्रक्रिया।
73123 रँधाइनु क.क्रि. राँध्ने काम गराइनु।
73124 रँधाउनु प्रे.क्रि. राँध्ने काम गराउनु; राँध्न लाउनु।
73125 रँधिनु क.क्रि. राँध्ने काम गरिनु; राँधिनु।
73126 रइस ना. १. सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी।
73127 रइस ना. २. ठुलोबडो मान्छे; बडादमी।
73128 रउँ ना. शरीरमा उम्रने वस्तु; उमेर र जातिअनुसार कालो, सेतो, कैलो, सुनौलो आदि रङका मसिना केश; रौँ; भुत्ला।
73129 रउतेलो ना. १. रौतेलो; राजकुमार।
73130 रउतेलो ना. २. ठकुरी; बाबुसाहेब।
73131 रउस ना. रौस; उत्सुकता।
73132 रउसे वि. रउस गर्ने; रसिलो स्वभावको; रौसे।
73133 रकम ना. १. धन; सम्पत्ति; पैसा।
73134 रकम ना. २. कागजी औपचारिकता मिलाउने काम; व्यवहारको बन्दोबस्त; स्याहास्रेस्ता।
73135 रकम ना. ३. प्रकार; भाँती; तरिका।
73136 रकम ना. ४. जग्गा, पसल, उद्योग, ठेक्कापट्टा आदिको दैदस्तुर; कर; शुल्क।
73137 रकम ना. ५. घरायसी कामका निमित्त जागिरदारले पाउने बिदा; कर्मचारीले पाउने घरबिदा।
73138 रकम ना. ६. राजस्वबापत लाग्ने कर; शुल्क।
73139 रकम ना. ७. विशेष अवसरमा सरकारले जनताबाट उठाउने श्रम; झार्लाङ्गी; झारा।
73140 रकम कलम ना. १. रकमको छुट्टाछुट्टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षकउपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हरहिसाब।
73141 रकम कलम ना. २. रैरकम।
73142 रकम बन्दोबस्त ना. ठेक्कापट्टा, पोत आदि तोक्ने काम; रकम तोक्ने काम।
73143 रकम बन्दोबस्त अड्डा ना. त्यस्तो काम गर्ने अड्डा।
73144 रकमान्तर ना. एक शीर्षकअन्तर्गत निकासा भएको रकमलाई अर्को शीर्षकमा सार्ने काम; रकमको उल्टापाल्टी।
73145 रकमी वि. १. रकमकलमका कुरामा ज्यादै सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्त।
73146 रकमी वि. २. अड्डाअदालतको मरमामिलामा प्रशस्त अनुभवी।
73147 रकार ना. 'र'अक्षर; अन्तस्थ वर्णको दोस्रो अक्षर; 'य'- भन्दा पछि र 'ल'-भन्दा अघिको एक व्यञ्जन; खाँबे र।
73148 रकारीभवन ना. अन्य ध्वनिले परिवर्तन भई 'र' हुने काम; रेफीभवन (जस्तै- घोडा=घोरा, छडी=छरी, घडी=घरी आदि)।
73149 रकेट ना. १. अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान।
73150 रकेट ना. २. युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान।