Dictionary

All Word

73151 रकेट ना. ३. युद्ध आदिमा हुऱ्याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र। वि.
73152 रकेट ना. ४. छिटो; बेगिलो।
73153 रक्खे ना. हे. रक्षा; रच्छे।
73154 रक्खे माला ना. हे. रक्षामाला।
73155 रक्त ना. १. रुधिर; रगत।
73156 रक्त ना. २. रातो रङ; लाल रङ।
73157 रक्त ना. ३. तामो धातु।
73158 रक्त ना. ४. रातो चन्दन; रातो रङ देखिने चन्दन।
73159 रक्त ना. ५. केशर; रातो केशर।
73160 रक्त ना. ६. कमल; पङ्कज।
73161 रक्त ना. ७. सिँदुर। वि.
73162 रक्त ना. ८. रातो; लाल।
73163 रक्त ना. ९. हृदयमा कुनै विषय रङ्गिएको; अनुरक्त।
73164 रक्तअल्पक ना. रगतको चापलाई कम गराउने वस्तु; रक्तचापनियन्त्रक।
73165 रक्तकमल ना. रक्तपित्त।
73166 रक्तकोष ना. रगतमा रहने मसिना कोष; रक्तकण।
73167 रक्तकोषिका ना. रगतमा हुने एकदमै मसिना कणहरू; रक्तकोष।
73168 रक्तचन्दन ना. घोटेर निकाल्दा रातो रङको चन्दन आउने एक वृक्षविशेष; रातो चन्दन।
73169 रक्तचाप ना. शरीरमा सञ्चार हुने रगतको तीव्र वा अल्प चाप; रक्तसञ्चारको वेग वा गति।
73170 रक्तचाप मापक ना. रक्तचापको गतिलाई नाप्ने काममा प्रयोग हुने साधन; रक्तचाप नाप्ने यन्त्र।
73171 रक्तदान ना. अर्काको प्राणरक्षाका निम्ति रगत दिने काम।
73172 रक्तद्रव ना. रगतमा हुने एकदमै मसिना कण; रगतका तरल कण।
73173 रक्तधातु ना. १. गेरु।
73174 रक्तधातु ना. २. तामो।
73175 रक्तपला ना. केराका पातका टुप्पा जस्तै देखिने पात हुने; टुप्पामा फुल्ने; आयुर्वेदले विषका रूपमा स्वीकार गरेको एक वनस्पति।
73176 रक्तपात ना. १. रगत गिर्ने वा गिराउने काम; रगतपच्छे।
73177 रक्तपात ना. २. लडाइँ चर्कने वा चर्काउने काम; परस्परको काटमार।
73178 रक्तपित्त ना. मुख, नाक, कान, मलमूत्रद्वारबाट रगत जाने रोग; रक्तस्राव।
73179 रक्तपिपासु वि. १. रगत पिउन चाहने।
73180 रक्तपिपासु वि. २. राक्षसको जस्तो स्वभाव भएको; रगत चुस्ने दैत्यजस्तो।
73181 रक्तपुष्ट ना. लामा खालका पात हुने, बोट भाँच्दा पहेँलो चोप आउने, टुप्पामा फुल्ने, आयुर्वेदका अनुसार चोप निद्राका लागि र पात तागत र ज्वरनाशका लागि सेवन गरिने एक बोट।
73182 रक्तप्रदर ना. स्त्रीहरूका योनिबाट निरन्तर रगत बहिरहने एक रोग; रक्तस्राव।
73183 रक्तप्रमेह ना. पुरुषका पिसाबबाट दुर्गन्धयुक्त रगत बग्ने एक रोग।
73184 रक्तवर्द्धक ना. १. रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु। वि.
73185 रक्तवर्द्धक ना. २. खाँदा रगत बढाउने।
73186 रक्तमत्स्य ना. रातो रङको माछा।
73187 रक्तवर्ण वि. १. रातो रङको; लाल वर्णको। ना.
73188 रक्तवर्ण वि. २. रातो रङ।
73189 रक्तवर्ण वि. ३. बर्खामासमा निस्कने एक जातको किरो; मखमली किरो।
73190 रक्तवर्ण वि. ४. मुगा।
73191 रक्तविकार/विकृति ना. रगतमा देखिने कुनै पनि विकार; रगतसम्बन्धी जुनसुकै रोग।
73192 रक्तविज्ञान ना. रगतका विशेषता, गुण, रोग, विकार आदिको अध्ययन गर्ने विद्या।
73193 रक्तसघनता ना. शरीरमा रगतको मात्रा सघन रूपमा छरिएर बस्ने प्रक्रिया; रगत रहने घनत्वको अवस्था।
73194 रक्तसञ्चार ना. प्राणीका शरीरमा रगत सञ्चालन हुने क्रिया वा विधि।
73195 रक्तसन्धान ना. रगतजाँच (ब्लडटेस्ट)।
73196 रक्तसम्बन्ध ना. एकै आमाबाबुबाट जन्मिएकाहरूको नाता।
73197 रक्तसार ना. रगत जमेपछि छुट्टिने रगतको हड्याइँदो तरल अंश; रगतको पानी।
73198 रक्तस्राव ना. १. शरीरमा चोटपटक लाग्नाले रगत झर्ने स्थिति वा अवस्था।
73199 रक्तस्राव ना. २. शरीरका कुनै इन्द्रियबाट रोगवश हुने रक्तस्राव।
73200 रक्तस्राव रोधक ना. रक्तस्राव हुने रोगलाई रोक्ने वस्तु; रगत चुहुने रोगलाई निराकरण गर्ने औषधी।