Dictionary

All Word

73201 रक्ताक्ष वि. १. आँखाको रङ रातो हुने; राता आँखा हुने।
73202 रक्ताक्ष वि. २. डरलाग्दो; भयङ्कर। ना.
73203 रक्ताक्ष वि. ३. परेवा नामको पक्षी; कपोत।
73204 रक्ताक्ष वि. ४. कोइली।
73205 रक्ताक्ष वि. ५. भैँसीको भाले; राँगो।
73206 रक्तातिसार ना. दिसाबाट रगत जाने रोग; एक किसिमको अतिसार।
73207 रक्ताम्मे वि. १. जताततै रगत लागेको।
73208 रक्ताम्मे वि. २. चोट लागेर रगतैरगत भएको; रगतपच्छे।
73209 रक्तालु ना. १. तरुल। वि.
73210 रक्तालु ना. २. अलिअलि रातो; रछायो।
73211 रक्ताश्मयुग ना. भूगर्भशास्त्रअनुसार छेपारो, माउसुली आदिजस्ता जीव सृष्टि भएको युग; आजभन्दा बाइस करोड पचास लाख वर्षपहिलेको युग।
73212 रक्तिनी ना. १. रगत; रक्ती।
73213 रक्तिनी ना. २. बेसमयमा दिक्क पार्ने गरी परेको पानी; झोलेनी; रक्तेनी।
73214 रक्तिनी ना. ३. निरर्थक झरी (हेयार्थमा)।
73215 रक्तिम वि . रातो वर्णको; लाल रङको।
73216 रक्तिमा ना. रातो वर्ण; लाली।
73217 रक्ती ना. १. रगत; रुधिर।
73218 रक्ती ना. २. खसी आदि काट्दा आउने रगत। वि.
73219 रक्ती ना. ३. रगतको झैँ (रङ)।
73220 रक्ती रङ ना. रातो रङ।
73221 रक्ते ना. पिपिराका जस्ता राता पात र रातै डाँठ हुने एक झारविशेष।
73222 रक्तेनी ना. हे. रक्तिनी।
73223 रक्तेलो ना. गर्भबाट भर्खर पैदा भएको शिशु; सालनालसितैको बालक।
73224 रक्तै वि. रगतले भरिएको; रक्तपूर्ण।
73225 रक्तोपचार ना. १. रगतमा भएका विकारहरूलाई हटाउन गरिने औषधी; रगतका रोगको उपचार।
73226 रक्तोपचार ना. २. रगतको कमी भएकालाई रगत दिएर गरिने उपचार।
73227 रक्तोपल ना. गेरु रङ्गको माटो हुने ठाउँको ढुङ्गा; गैरिक शिला; गेरु ढुङ्गा।
73228 रक्त्योल वि. १. रगतले पर्याप्त भिजेको; रक्ताम्मे; रक्तमय। ना.
73229 रक्त्योल वि. २. रगतको पोखरी।
73230 रक्ष ना. पुराण आदिका अनुसार एक जाति; राक्षस।
73231 रक्षक वि. १. रक्षा गर्ने; बचाउ गर्ने।
73232 रक्षक वि. २. पालनपोषण गर्ने; संरक्षणको अभिभारा वहन गर्ने। ना.
73233 रक्षक वि. ३. पहरेदार; रखवाला व्यक्ति; चौकीदार।
73234 रक्षक वि. ४. धरालो; अभिभावक।
73235 रक्षण ना. १. सञ्चय गर्ने काम; बचाउ गर्ने काम; रक्षाको भार वहन गर्ने काम; रक्षा; सुरक्षा।
73236 रक्षण ना. २. पालनपोषण; सह्यारसम्भार।
73237 रक्षण ना. ३. पहरेदारी; पालो; रुङाइ; रखवारी।
73238 रक्षणीय वि. १. रक्षा गर्न लायक; बचाउ गर्नुपर्ने।
73239 रक्षणीय वि. २. पालनपोषण गर्नुपर्ने; पालनतालन गर्नुपर्ने।
73240 रक्षमाला ना. भूत, प्रेत, रोग, बालग्रह आदिबाट खास गरी केटाकेटीको सुरक्षाका निम्ति घाँटीमा बाँधिने बुटी; बाघनङ्ग्रा, बँदेलको दाह्रो, कौडा आदिको माला; जन्त्र; रक्खेमाला।
73241 रक्षा ना. १. कथ्य. रच्छे। सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ।
73242 रक्षा ना. २. हानिनोक्सानी हुनबाट बचाउने काम; सुरक्षा।
73243 रक्षा ना. ३. हेरविचार; देखरेख; हिफाजत।
73244 रक्षाकवच ना. १. दुष्ट ग्रह, रोगव्याधि, भूतप्रेत आदिको भयबाट बच्नका निम्ति धारण गरिने सूत्र; रक्षासूत्र; यन्त्रादि।
73245 रक्षाकवच ना. २. शत्रुका शस्त्रास्त्रको प्रहारबाट बच्नका निम्ति धारण गरिने पोसाक; शरीररक्षाका लागि लगाइने पहिरन।
73246 रक्षागृह ना. १. सुरक्षाका उद्देश्यले बनाइएको घर।
73247 रक्षागृह ना. २. सुरक्षाको जिम्मेदारी लिने वा रक्षाको व्यवस्था मिलाउने कार्यालय; पुलिसअड्डा।
73248 रक्षागृह ना. ३. नवजात शिशु र प्रसूति नारीको सुरक्षा, सेवाशुश्रूषाको व्यवस्था भएको ठाउँ; प्रसूतिगृह।
73249 रक्षादल ना. १. २००७ सालपछि पुलिसहरूलाई सहायता गर्न साधारण युवा नागरिकहरूबाट गठित तथा दुईचार वर्षपछि होमगार्डका नाममा परिवर्तित दल।
73250 रक्षादल ना. २. रक्षा गर्नेहरूको समूह; रक्षकगण।