Dictionary

All Word

73051 योनिमार्ग ना. योनिद्वारको बाटो; योनिद्वारदेखि पाठेघरसम्मको बाटो।
73052 योनिमुद्रा ना. औँलाहरूबाट योनिको आकार बनाइने एक तान्त्रिक मुद्रा।
73053 योनियन्त्र ना. १. मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापद्वार वा धर्मद्वार।
73054 योनियन्त्र ना. २. योनि।
73055 योनिशोथ ना. स्त्रीजातिको यौनाङ्ग सुन्निने वा दुख्ने रोग।
73056 योनिसङ्कुचन ना. योनि खुम्चिने काम; योनिको खुम्च्याइ।
73057 योनिसम्भव वि. योनिज।
73058 योनी ना. हे. योनि।
73059 योमरी ना. चामलको पिठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा चाकु, मासु, मस्यौरो, मास, खुवा वा पूजाका लागि दुईचार गेडा चामल राखी भाँडाको मुख बन्द गरेर वाष्पपाकद्वारा पकाइने खाद्य वस्तु।
73060 योषा/योषिता ना. आइमाई; स्त्री।
73061 यौगिक वि. १. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त।
73062 यौगिक वि. २. व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न।
73063 यौगिक वि. ३. दुई वा बढी शब्द मात्र मिलेर बनेको। ना.
73064 यौगिक वि. ४. दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व।
73065 यौगिक शब्द ना. १. प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द।
73066 यौगिक शब्द ना. २. दुई वा यसभन्दा पनि धेरै शब्द मिली बनेको शब्द; संयुक्त शब्द।
73067 यौटा वि. एक मात्र सङ्ख्या भएको; एकवटा मात्र; एउटा।
73068 यौद्धिक वि. युद्धसम्बन्धी।
73069 यौद्धिकी ना. युद्धशास्त्र (मिलिटरी साइन्स)।
73070 यौधेय ना. १. योद्धा; रणवीर।
73071 यौधेय ना. २. उत्तर भारतको एक प्राचीन जाति वा गण।
73072 यौन वि. १. योनिसम्बन्धी; योनिको। ना.
73073 यौन वि. २. पुरुष र स्त्रीको सम्पर्क; मैथुन।
73074 यौनक्रिया ना. सन्तानोत्पादनको काम; मैथुन गर्ने काम; सम्भोग गर्ने काम।
73075 यौनविकार ना. १. सम्भोग वा मैथुनक्रियाबाट उत्पन्न हुने रोग।
73076 यौनविकार ना. २. मैथुनका कारणबाट जन्मिने मानसिक विकार।
73077 यौनव्यापार ना. १. यौनकार्य चलाएर द्रव्य आर्जन गर्ने काम; द्रव्य आर्जनका निम्ति वेश्याव्यवसाय गर्ने काम।
73078 यौनव्यापार ना. २. यौनसम्बन्धी आचरण; यौनव्यवहार।
73079 यौनिक वि. मैथुनक्रियाबाट उत्पन्न भएको; सम्भोगबाट जन्मेको; योनिबाट पैदा भएको।
73080 यौवन ना. जुनसुकै प्राणीको बाल्य अवस्थाभन्दा पछि र वृद्ध अवस्थाभन्दा अघिको उमेर; तरुण अवस्था; युवा अवस्था।
73081 यौवनपुष्प ना. आइमाई तरुनी छँदा योनिबाट झर्ने रज।
73082 यौवनपुष्पित देहलता ना. जवानीले पूर्ण भएको शरीर; जवानीले भरिएको जिउ।
73083 यौवराजिक वि. युवराजसम्बन्धी।
73084 यौवराज्य ना. युवराजको पद, अधिकार वा दायित्व।
73085 यौवराज्याभिषेक ना. राजगद्दीका उत्तराधिकारी राजकुमारलाई युवराजको स्थानमा औपचारिकतापूर्वक स्थापना गरिने विधिपूर्वकको अभिषेक।
73086 र१ देवनागरी वर्णमालाको सताइसौँ व्यञ्जनवर्ण; मूर्द्धन्य, अन्तःस्थ; सघोष, अल्पप्राण, प्रकम्पित व्यञ्जन ध्वनि; लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खाँबे र।
73087 र२ संयो. १. दुई समान पद, पदावली वा वाक्य जनाउनलाई जोड्ने शब्द; योजक शब्द; तथा; अनि।
73088 र२ संयो. २. यसकारण(उदा.- तिमीले बोलायौ र म आएँ)। क्रि.वि.
73089 र२ संयो. ३. त्यसपछि; अनि (उदा.- र मैले उसलाई निकै गाली गरेँ। निपा.
73090 र२ संयो. ४. वाक्यान्तमा आई प्रश्नको आशय बुझाउने निपात (उदा.- मैले भनेको थिएँ र?)।
73091 रँक्याइ ना. राँकिने भाव, क्रिया वा प्रक्रिया।
73092 रँक्याइनु क.क्रि. राँकिने तुल्याइनु।
73093 रँक्याउनु प्रे.क्रि. राँकिने तुल्याउनु।
73094 रँक्याहट ना. रँक्याइ।
73095 रँग्नु स.क्रि. १. रङ लगाउने काम गर्नु; रङ भर्नु; रङ्नु; रँगाउनु।
73096 रँग्नु स.क्रि. २. भएनभएका कुरा गरेर होलाई होइन र होइनलाई हो पार्नु।
73097 रँग ना. हे. रङ; रङ्ग।
73098 रँगरुट ना. १. सेना, पुलिस आदि सुरक्षासेवामा भर्ना हुने नयाँ व्यक्ति; सैनिक वा पल्टनमा गएको मान्छे।
73099 रँगरुट ना. २. जुनसुकै कामको अभ्यासमा लागेको व्यक्ति; सिकारु मान्छे।
73100 रँगाइ ना. १. रँग्ने भाव, क्रिया वा प्रक्रिया। [रँगाउ+आइ]