Dictionary

All Word

72901 युवक सङ्गठन ना. २. युवकहरूको सङ्गठन।
72902 युवति/युवती ना. १. जवान स्त्री; पट्ठी आइमाई; तरुनी। वि.
72903 युवति/युवती ना. २. पट्ठो उमेरकी; जवान (स्त्री)।
72904 युवराज ना. गद्दीनसिन राजाका उत्तराधिकारी।
72905 युवराजाधिराज ना. हे. युवराज।
72906 युवराज्ञी ना. १. युवराजकी विवाहिता रानी; युवरानी।
72907 युवराज्ञी ना. २. युवराजाधिराजकी पत्नी।
72908 युवा ना. तरुण; जवानीले नछाडेको र बुढ्याइँले नछोएको व्यक्ति।
72909 युवा पिँढी ना. १. कुनै समयको सीमाभित्र बाल, युवा, वृद्ध मानिने पुस्तामध्ये सबैभन्दा तन्नेरी पुस्ता।
72910 युवा पिँढी ना. २. तन्नेरीहरू मिली नेपाली साहित्यको उन्नतिका लागि चलाएको एक अभियान।
72911 युवा वर्ग ना. तन्नेरीहरूको समुदाय।
72912 यूका ना. १. वास्तु तथा मूर्तिकलामा प्रयोग हुने एक जुम्रा बराबरको नापो।
72913 यूका ना. २. जुम्रो; जम्रो।
72914 यूथ ना. १. एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल।
72915 यूथ ना. २. सेना; शस्त्रास्त्रले सज्जित फौज।
72916 यूथचर वि. बगालका बगाल भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने।
72917 यूथविवाह ना. १. दुईभन्दा धेरै पुरुषले एउटी आइमाई साझे स्वास्नी बनाउने गरी गर्ने विवाह।
72918 यूथविवाह ना. २. पशुमा र केही पक्षीका बिचमा पाइने सामूहिक यौनाचार।
72919 यूथिका ना. जुही (फूल)।
72920 यूप ना. १. बलिका निम्ति पशु ल्याएर यज्ञवेदीका वरिपरि बाँधिने खम्बा; मौलो।
72921 यूप ना. २. विजयको स्मारकका रूपमा उभ्याइएको चिह्न; विजयस्तम्भ।
72922 यूपग्राम ना. लिच्छविकालको एक प्रसिद्ध बस्ती (ललितपुरको पूर्वनाम)।
72923 येन ना. जापानको मुद्रा।
72924 येनकेन क्रि.वि. जुनसुकै प्रकारले; कुनै न कुनै प्रकारले; येनकेन प्रकारेण।
72925 येनकेन प्रकारेण क्रि.वि. कुनै न कुनै प्रकारले; जुनसुकै प्रकारले।
72926 यै सर्व. यो नै; यही।
72927 यो सर्व. १. प्रथम पुरुष, एकवचनमा उभय लिङ्गका निम्ति प्रयोग हुने सार्वनामिक शब्द; विभक्ति लाग्दा 'यस' हुने सर्वनामको सरल रूप। वि.
72928 यो सर्व. २. नजिक रहेको वस्तुलाई देखाउने सार्वनामिक विशेषण; यहाँनेरको; यतातिरको (जस्तै- यो घर, यो रूख, यो मानिस इ.)।
72929 योग ना. १. कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ; संयोग।
72930 योग ना. २. सम्बन्ध; सम्पर्क।
72931 योग ना. ३. आपसी हेलमेल; मेलपिलाप।
72932 योग ना. ४. गणितमा जोड्ने काम वा क्रिया; जोड; जम्मा।
72933 योग ना. ५. कुनै पनि काम वा कुराको उपयुक्तता वा अनुकूलता।
72934 योग ना. ६. त्यस्तो राम्रो समय वा साइत।
72935 योग ना. ७. यम, नियम आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्ग योग।
72936 योग ना. ८. चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय।
72937 योग ना. ८. चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम; वैराग्य। १०. फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग।
72938 योग ना. ११. ज्योतिषशास्त्रका मतमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइसवटा योगको साझे नाम।
72939 योग ना. १२. तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइसवटा योग।
72940 योग ना. १३. ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग।
72941 योग ना. १४. छवटा दर्शनमध्ये एक; योगदर्शन।
72942 योग ना. १५. टुनामुना; वशीकरण।
72943 योग ना. १६. तारतम्य; सबै थोकको भरमभेट; काकताली।
72944 योग ना. १७. छलकपटको व्यवहार; धोका।
72945 योग ना. १८. लाभ; फाइदा; आम्दानी।
72946 योगक्षेम ना. १. प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम।
72947 योगक्षेम ना. २. राष्ट्रको शान्ति-सुरक्षा र सुव्यवस्था।
72948 योगक्षेम ना. ३. जीवननिर्वाहको काम।
72949 योगक्षेम ना. ४. कुशल-मङ्गलको समाचार; पिरपिराउ, आरामविराम आदिको जानकारी।
72950 योगदर्शन ना. चित्तलाई एकाग्र रूपले ईश्वरमा लीन गराउने शास्त्र; योगशास्त्र।