Dictionary

All Word

72801 युक्त वि. १. दुई वा दुईभन्दा बढी वस्तु अथवा तत्त्वहरू जोरिएको; मिलेको; संयुक्त।
72802 युक्त वि. २. युक्तिसङ्गत; समुचित; उचित।
72803 युक्त वि. ३. साथैमा रहेको; सहितको; पूर्ण (स्नेहयुक्त, भावयुक्त इ.)। ना.
72804 युक्त वि. ४. योगाभ्यास गरेको योगी।
72805 युक्तरूप ना. संयुक्त अवस्थाको रूप; मिश्रित रूप।
72806 युक्ति ना. १. कुनै पनि समस्याको समाधान गर्ने उपाय; जुक्ती।
72807 युक्ति ना. २. कौशल; चातुर्य।
72808 युक्ति ना. ३. कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क।
72809 युक्ति ना. ४. एकभन्दा बढ्ता तत्त्वहरूको संयुक्त रूप; योग; मिलन।
72810 युक्ति ना. ५. चालढाल; तौरतरिका।
72811 युक्ति ना. ६. अलङ्कारशास्त्रका अनुसार कुनै तरिकाले रहस्यमय चेष्टालाई लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
72812 युक्ति ना. ७. औचित्य।
72813 युक्तिपूर्णता ना. युक्तियुक्त अवस्था; उपाय प्राप्त भएको अवस्था।
72814 युक्तिमूलक वि. युक्ति वा तर्कले उचित ठहरिने; बुद्धिसङ्गत।
72815 युक्तियुक्त वि. तर्कपूर्ण; युक्तिसङ्गत।
72816 युक्तिसङ्गत वि. युक्ति वा तर्कहरू पूरै मिलेको; युक्तिपूर्ण; युक्तियुक्त।
72817 युक्तिसम्मत वि. उपायसहितको; तर्कसम्मत; तथ्यमा आधारित।
72818 युक्त्याभास ना. बाहिरबाट हेर्दा बुद्धिमत्तापूर्ण लाग्ने तर वास्तवमा तथ्यहीन कुरो झुक्किएर सही देखिने गरी पर्ने भान; आभास मात्रमा आधारित उपयुक्तता।
72819 युक्लिप्टस ना. सेता र चिल्ला परेका फेद वा हाँगा हुने, मसिना लाम्चा र हल्का हरिया पात हुने एक वृक्षविशेष; मसलाको वृक्ष।
72820 युग ना. १. जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म।
72821 युग ना. २. लोकसंस्कारअनुसार बाह्र वर्षको समयावधि।
72822 युग ना. ३. रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।
72823 युग ना. ४. पौराणिक कालविभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक।
72824 युग ना. ५. समय; बेलाबखत; जमाना।
72825 युग ना. ६. इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिद्वारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै- पौराणिक युग, पाषाणयुग, शाहयुग इ.)।
72826 युग ना. ७. वास्तु तथा मूर्तिकलामा चार इन्च बराबरको नापो।
72827 युगचेतना ना. युगअनुकूलको चेतना; युगसुहाउँदो वा युगअनुसारको ज्ञान; युगबोध।
72828 युगधर्म ना. कुनै पनि समयमा अनुकूल ठानिई चल्दै गरेको धर्म; युगअनुसारको धर्म।
72829 युगनायक ना. युगलाई उचित मार्गमा हाँक्ने प्रतिभा; कुनै निश्चित समयका लागि प्रमुख मानिने व्यक्तित्व।
72830 युगपुरुष ना. कुनै निश्चित समयका सीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल भएको व्यक्ति; युगनायक।
72831 युगप्रवर्तक वि. नयाँ मान्यता र मूल्य स्थापित गरी युगलाई नै नयाँ मोडमा हिँडाउने; युगलाई नयाँ दिशा दिने; नयाँ युगको प्रवर्तन गराउने।
72832 युगभाग ना. सारा युगहरूको कुनै एक चरण।
72833 युगल वि. १. जोडिएको; जोल्टिएको; जोडा।
72834 युगल वि. २. जुम्ल्याहा; युग्म; यमल।
72835 युगलगीत ना. प्रेमी-प्रेमिका मिलेर गाइने गीत; जुहारी।
72836 युगसापेक्ष वि. युगसित सम्बन्धित; युगानुकूल।
72837 युगसापेक्षता ना. युगानुकूल हुने गुण वा विशेषता।
72838 युगादि ना. १. युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी।
72839 युगादि ना. २. युगको पहिलो दिन; सृष्टि सुरु भएको दिन।
72840 युगादि नवमी ना. १. कार्तिक शुक्ल पक्षको नवमी तिथि; कुष्माण्ड नवमी (त्यस दिन अमलाका फेदमा भात पकाएर वनभोज खाइन्छ)।
72841 युगानुकूल वि. समयअनुसारको; जुन समयमा जस्तो कुरा राम्रो मानिन्छ त्यस्तो; युगसुहाउँदो।
72842 युगानुयुग क्रि.वि. १. अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म। ना.
72843 युगानुयुग क्रि.वि. २. एकपछि अर्को गर्दै बित्ने युगहरूको समुदाय।
72844 युगान्त ना. १. कुनै निश्चित मानिने समयको समाप्ति; युगको अन्तिम समय।
72845 युगान्त ना. २. सृष्टिको प्रलय।
72846 युगान्तक वि. १. युगलाई नष्ट पार्ने।
72847 युगान्तक वि. २. एक युग समाप्त गरी अर्को युग ल्याउने।
72848 युगान्तकारी वि. युगान्तक।
72849 युगान्तर ना. १. दोस्रो युग; अर्को युग।
72850 युगान्तर ना. २. युगपरिवर्तन।