Dictionary

All Word

72701 याज्ञवल्क्य ना. महर्षि वैशम्पायनका शिष्यमध्ये शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ॠषि; एक स्मृतिकार।
72702 याज्ञिक ना. १. यज्ञ गर्ने वा गराउने व्यक्ति; विधिपूर्वक यजमानी कार्य गर्न जान्ने व्यक्ति। वि.
72703 याज्ञिक ना. २. यज्ञ गर्ने; अग्निहोत्री।
72704 याज्य वि. १. यज्ञका निम्ति उपयुक्त; यज्ञलायक।
72705 याज्य वि. २. कुनै प्रकारले यज्ञसँग सम्बन्धित।
72706 यातना ना. १. रोगव्याधबाट वा कुटपिटबाट हुने पीडा; सास्ती।
72707 यातना ना. २. पापात्मालाई यमलोकमा दिइने ताडना; दण्ड।
72708 यातनापूर्ण वि. यातनामय।
72709 यातनामय वि. कष्टले भरिपूर्ण।
72710 यातायात ना. १. आवागमन; आउनेजाने काम; आवतजावत।
72711 यातायात ना. २. आवागमनका जल, स्थल र वायुमार्गमध्ये कुनै पनि साधन; बाटोघाटो।
72712 यातायात मन्त्रालय ना. यातायातसम्बन्धी कार्यको जिम्मेदारी वहन गर्ने मन्त्रीका मातहतमा रहने मन्त्रालय।
72713 यातायात विभाग ना. उक्त मन्त्रालयअन्तर्गत यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने विभाग।
72714 यातायात समिति ना. यातायातलाई सुव्यवस्थित राख्न गठन हुने वा यातायातसम्बन्धी कार्यको रेखदेख गर्ने समिति।
72715 यात्रा ना. १. एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम; भ्रमण; पर्यटन।
72716 यात्रा ना. २. धार्मिक उद्देश्यले तीर्थस्थलमा जाने काम; तीर्थाटन।
72717 यात्रा ना. ३. देवदेवीको उत्सवमा गरिने मेला; जात्रा।
72718 यात्रा ना. ४. परदेश जाने साइत; प्रस्थान।
72719 यात्राखर्च ना. कार्यालयबाट अन्यत्र खटिएका कर्मचारीले पाउने यात्रा तथा सवारी-साधनसम्बन्धी खर्च; भ्रमणभत्ता।
72720 यात्री ना. १. यात्रा गर्दै रहेको व्यक्ति; पर्यटक; बटुवा।
72721 यात्री ना. २. परदेशी।
72722 यात्री ना. ३. तीर्थाटनमा निस्किएको मान्छे; तीर्थयात्री। वि.
72723 यात्री ना. ४. यात्रा गर्ने; भ्रमणशील।
72724 यात्रु ना. / वि. यात्री।
72725 याद ना. १. मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौँराइ।
72726 याद ना. २. कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध; बोध; ज्ञान; थाहा।
72727 यादगार/यादगारी ना. बिदा हुने वा मरेर जाने आत्मीयलाई बारम्बार सम्झाउने कुनै साधन; सम्झौटो।
72728 यादव ना. १. महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सम्पूर्ण सन्तान; यदुवंश।
72729 यादव ना. २. श्रीकृष्ण।
72730 यादव ना. ३. बिहार, उत्तरप्रदेश, मध्यप्रदेश र नेपाल तराईमा पाइने एक जाति; जादब; ग्वार; अहिर; जाट।
72731 यान ना. १. मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लाने साधन; सवारीको साधन; इन्जनद्वारा भारी बोक्ने साधन।
72732 यान ना. २. पुराणकालमा प्रयुक्त विमान; रथ।
72733 यान ना. ३. बौद्ध धर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्थ।
72734 यानाधिदेव ना. कुनै कर्मचारीलाई सवारी राख्दा दिनुपर्ने तेल आदिको खर्च; मोटर, मोटरसाइकल आदि राख्दा मर्मत, पेट्रोल आदिका निम्ति दिनुपर्ने भत्ता।
72735 यानि/याने क्रि.वि. १. वास्तवमा; यथार्थमा; अर्थात्। वि.बो.
72736 यानि/याने क्रि.वि. २. कुनै कुरा बुझ्न नसकेको स्थितिमा फेरि बुझाउने सन्दर्भमा व्यक्त गरिने शब्द (उदा. यानि/याने कुरा चाहिँ अलिक उल्टै छ)।
72737 यान्त्रिक वि. १. यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने।
72738 यान्त्रिक वि. २. कृत्रिम; स्वाङे; बनावटी।
72739 यान्त्रिकता ना. १. यान्त्रिक हुने गुण, स्थिति वा प्रक्रिया।
72740 यान्त्रिकता ना. २. मान्छेका बौद्धिक र चेतनात्मक गुणलाई निष्क्रिय बनाई केवल मिसिनका भरमा काम चलाउने पद्धति; यन्त्रको दास हुने परम्परा वा परिपाटी।
72741 यान्त्रिक भौतिकवाद ना. भौतिकवादको वैज्ञानिक यन्त्रप्रति आवश्यकताभन्दा धेर आस्थावान् हुने परिपाटी।
72742 यान्त्रिक विधि ना. यन्त्रको सहायताले कुनै काम गर्ने प्रक्रिया।
72743 यान्त्रिक सभ्यता ना. यन्त्रमा आश्रित अचेलको आधुनिक सभ्यता।
72744 यान्त्रिकीकरण ना. कुनै पनि कार्य यान्त्रिक किसिमले गर्नका निम्ति यन्त्र जुटाउने व्यवस्था।
72745 यापन/यापना ना. १. निर्वाह गराइ; निर्वाह; कामचलाइ; खेपाइ।
72746 यापन/यापना ना. २. जीविका; जीविकोपार्जन।
72747 यापित वि. यापन वा यापना गरिएको।
72748 याबो ना. डन्डीबियो खेलमा जित्नेले प्वाइन्ट गन्दा एकलाई बुझाउने शब्द; एको।
72749 याम ना. १. प्रचलित घडीका हिसाबले तीन घण्टा र पानीघडीका हिसाबले साढे सात घडीको समय; प्रहर।
72750 याम ना. २. समय; काल।