Dictionary

All Word

72651 यस्तरी क्रि.वि. १. यस्तो किसिमले; यस्तो गरी; यसरी; यसोरी।
72652 यस्तरी क्रि.वि. २. यति धेरै; औधी; यति विधि।
72653 यस्तै वि. १. यो जस्तो छ त्यस्तै; यसै किसिमको। क्रि.वि.
72654 यस्तै वि. २. यस्तै गरी; यही तरिकाले।
72655 यस्तो वि. योजस्तो; यसै किसिमको; यहीजस्तो।
72656 यस्तोउस्तो वि. १. योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।
72657 यस्तोउस्तो वि. २. साधारण किसिमको; मामुली खालको; चानचुने।
72658 यस्तोउस्तो वि. ३. जथाभाबी; अव्यवस्थित।
72659 यहाँ क्रि.वि. १. नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा।
72660 यहाँ क्रि.वि. २. यता; यहाँनिर; वरतिर। सर्व.
72661 यहाँ क्रि.वि. ३. तपाईँ; हजुर; आफू।
72662 यहाँ क्रि.वि. ४. यी महानुभाव; उहाँ; वहाँ।
72663 यहीँ क्रि.वि. १. यसै ठाउँमा; यहाँ नै। सर्व.
72664 यहीँ क्रि.वि. २. यहाँ स्वयम्; तपाईँ नै।
72665 यही वि./सर्व. धेरैवटा वस्तु वा विषयमध्ये यो नै; यहीचाहिँ।
72666 याँ१ वि.बो. १. बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण। ना.
72667 याँ१ वि.बो. २. त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ।
72668 याँ२ क्रि.वि. १. यति थोरै वा धेरै मात्रै; यस हदसम्म मात्रै। (उदा.- त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ।)। वि.
72669 याँ२ क्रि.वि. २. थोरै; कम्ती त; अलिकति। (उदा.- त्यसको धन भन्छौ, याँ त होइन त, जति खर्च गरे पनि नरित्तिने रहेछ)।
72670 याँ२ क्रि.वि. ३. फुलेको; ठुलो (उदा.- ऊ रिसाएर याँ भएको रहेछ)।
72671 याँ मानको वि. १. यत्ति ठुलो; युँ।
72672 याँ मानको वि. २. धेरै ठुलो।
72673 या संयो. १. दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा (तिमी या म, राम्रो या नराम्रो इ.)।
72674 या संयो. २. र (उदा.- धर्म भनेको दान या पुण्य हो)। क्रि.वि.
72675 या संयो. ३. सम्भव छ (या त्यो गयो, या ऊ छैन इ.)।
72676 याक ना. १. चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौँरी गोरु।
72677 याक ना. २. आजका लिम्बू र तिनको भाषासँग मिल्ने भाषा (बान्ताबा, याखा इ.) बोल्ने राईजातिका साझे पूर्वज।
72678 याकथुम ना. १. याकजातिको थलो।
72679 याकथुम ना. २. लिम्बूहरूको इलाका।
72680 याकथुम्बा ना. १. लिम्बू।
72681 याकथुम्बा ना. २. लिम्बूजातिको एक थर।
72682 याकथुम्बी ना. लिम्बूभाषा; लिम्ब्वानी।
72683 याकबभुचा ना. सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर निकाली बनाइएको, ठोकेर बजाइने एकमात्रिक तालबाजा।
72684 याक्खा ना. अरूणपूर्व बसोबास गर्ने आदिवासी जनजाति।
72685 याखाली ना. याखाजातिहरूको भाषा; लिम्ब्वानी भाषासँग मिल्ने एक खम्ब्वानी भाषा।
72686 याक्सा/याक्सो ना. खेतीपाती रुङ्न बस्ने गरी बनाइएको खर वा स्याउलाको अस्थायी छाप्रो; खोरिया; ब्याँसीतिर बनाइने अस्थायी घर।
72687 याग ना. यज्ञ।
72688 याचक वि. १. अरूसँग अन्न आदि मागेर गुजारा गर्ने; मगन्ते; भिखारी।
72689 याचक वि. २. दरिद्र; गरिब।
72690 याचकता ना. १. मगन्तेपन; भिखारीपन।
72691 याचकता ना. २. दरिद्रता।
72692 याचन ना. याचना।
72693 याचना ना. १. माग्ने काम; याचन।
72694 याचना ना. २. विनययुक्त भई प्रार्थना गर्ने काम; अनुरोध।
72695 याचनीय वि. याचना गर्न लायक; याचना गर्ने खालको।
72696 याचिका ना. १. कुनै उच्च तहमा प्रस्तुत गरिने आवेदनपत्र; प्रार्थनापत्र।
72697 याचिका ना. २. न्यायालयमा प्रस्तुत गरिने अर्जीपत्र।
72698 याचित वि. १. माग गरिएको; याचना भएको।
72699 याचित वि. २. प्रार्थना गरिएको।
72700 याजक वि. / ना. यज्ञ गर्ने वा गराउने (व्यक्ति); यष्टा।