Dictionary

All Word

73001 योग्यता ना. २. कुनै विषयको आवश्यक ज्ञान; जानकारी।
73002 योग्यता ना. ३. व्यावहारिक अनुभव।
73003 योग्यताक्रम ना. ज्ञान, गुण, शिक्षा आदिमा प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम।
73004 योग्यतासार ना. योग्यताको सारभूत तत्त्व; योग्यताको निर्धारण गर्ने मूलभूत तत्त्व।
73005 योग्यता परीक्षा ना. १. प्रवेशिका, परीक्षामा सामेल हुन योग्य भएनभएको छान्नका निम्ति माध्यमिक तहका विद्यालयहरूबाट लिइने परीक्षा; ल्याकत जाँच (टेस्ट परीक्षण)।
73006 योग्यता परीक्षा ना. २. योग्यता जाँच्ने कुनै पनि परीक्षा।
73007 योजक वि. १. एकभन्दा बढ्ता चिज वा विषयलाई एकै ठाउँ मिलाउने; जोड्ने।
73008 योजक वि. २. योजना गर्ने; आयोजना मिलाउने।
73009 योजक वि. ३. व्यवस्थापन गर्ने; प्रबन्धक।
73010 योजन ना. १. परस्परको मेलमिलाप।
73011 योजन ना. २. जोड्ने काम; एकीकरण।
73012 योजन ना. ३. वास्तुकलामा व्यापक अर्थमा प्रयोग हुने 'कोस' को चार गुना बराबरको नापो; चार कोस लमाइको नापो।
73013 योजनगन्धा ना. १. महर्षि पराशरका वीर्यबाट व्यास जन्माउने नारी; सत्यवती; मत्स्यगन्धा।
73014 योजनगन्धा ना. २. कस्तूरी।
73015 योजना ना. १. कुनै पनि कार्य व्यवस्थित रूपमा सञ्चालित गर्नका निम्ति पहिले नै निर्धारित गरिने कार्यक्रम वा रूपरेखा; काम सिद्ध गर्न चाहिने साधन, उपाय, व्यवस्था आदिको पूर्वनिश्चित तयारी।
73016 योजना ना. २. जुनसुकै कार्यको व्यवस्था मिलाउने वा आयोजना गर्ने काम; समायोजना।
73017 योजना ना. ३. कार्यक्रम।
73018 योजना ना. ४. व्यवस्था; प्रबन्ध।
73019 योजना ना. ५. प्रयोग; व्यवहार।
73020 योजना ना. ६. जोड्ने काम; जोडाइ; मिलान।
73021 योजना आयोग ना. सरकारले तयार पार्ने योजनासम्बन्धी कार्यका निम्ति गठित आयोग; राष्ट्रिय योजना आयोग।
73022 योजनाकार ना. योजनाको विस्तृत रूपरेखा तयार गर्ने व्यक्ति।
73023 योजना प्रमुख ना. योजना सञ्चालन गर्ने कर्मचारीसमूहको प्रमुख व्यक्ति; योजनाको मुख्य व्यक्ति।
73024 योजनाबद्ध वि. पूर्वनिर्धारित योजनामा आधारित; सुनियोजित।
73025 योजना मन्त्रालय ना. देशका योजनासम्बन्धी सम्पूर्ण कार्यसञ्चालन गरिने हिसाबले गठित मन्त्रालय; योजना हेर्ने मन्त्रीको कार्यालय।
73026 योजनाविद् वि. १. योजनाका बारेमा पर्याप्त ज्ञान भएको; योजनातर्जुमा गर्न आवश्यक पर्ने ज्ञान भएको। ना.
73027 योजनाविद् वि. २. योजना तर्जुमा गर्न जान्ने व्यक्ति।
73028 योजनाविद् वि. ३. योजना आयोगको सदस्य।
73029 योजनास्थल ना. १. योजना सञ्चालनका निम्ति छानिएको वा उपयुक्त ठाउँ।
73030 योजनास्थल ना. २. योजना चल्दै गरेको ठाउँ; योजनाक्षेत्र।
73031 योजनीय वि. जोड्न लायक; जोड्नुपर्ने।
73032 योजित वि. १. जोडिएको।
73033 योजित वि. २. योजना गरिएको; योजनाका रूपमा ल्याइएको।
73034 योज्य वि. जोड्न लायक; योजनीय।
73035 योद्धा ना. १. युद्ध गर्ने व्यक्ति।
73036 योद्धा ना. २. वीर; युद्धवीर।
73037 योद्धा ना. ३. सैनिक व्यक्ति। वि.
73038 योद्धा ना. ४. युद्ध गर्ने।
73039 योद्धा ना. ५. बलियो; बहादुर; जोधा।
73040 योधा वि. हे. योद्धा।
73041 योनि ना. १. कुनै वस्तु उत्पन्न हुने स्थान; उद्‍गमस्थान; उत्पत्तिस्थल।
73042 योनि ना. २. स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्वार।
73043 योनि ना. ३. पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक।
73044 योनि ना. ४. जन्म; चोला; जुनी।
73045 योनि ना. ५. खानी; आकर।
73046 योनिगुटका ना. भगनासा।
73047 योनिज वि. पाठेघरभित्रै सम्पूर्ण आकार ग्रहण गरेर मात्रै जन्मने।
73048 योनि परीक्षक ना. १. योनिको परीक्षण गर्ने वा जाँचबुझ गर्ने यन्त्र; योनि जाँच्ने सामान। वि.
73049 योनि परीक्षक ना. २. योनिका रोगसम्बन्धी ज्ञान भएको; योनिपरीक्षण गर्ने।
73050 योनि परीक्षण ना. स्त्रीजातिको यौनाङ्ग परीक्षण गर्ने काम; योनिका रोग, स्थिति आदिको जाँच गर्ने काम।