Dictionary

All Word

73301 रगडा ना. १. परस्परको झैझमेला; झगडा।
73302 रगडा ना. २. कामको लठिबज्र; सँभालिनसक्नु अवस्था; लठारो; चटारो।
73303 रगडा ना. ३. सङ्घर्ष; द्वन्द्व।
73304 रगडाइ ना. रगड्ने वा घोट्ने क्रिया वा प्रक्रिया।
73305 रगडाइनु क.क्रि. १. रगड्न वा घोट्न लाइनु।
73306 रगडाइनु क.क्रि. २. काममा जोताइनु।
73307 रगडाउनु प्रे.क्रि. १. रगड्ने काम गराउनु; रगड्न लाउनु।
73308 रगडाउनु प्रे.क्रि. २. काममा खुब जोताउनु; धेरै काम गराउनु।
73309 रगडाहट ना. रगड्ने भाव, स्थिति वा क्रिया-प्रक्रिया; रगडाइ।
73310 रगण ना. वार्णिक छन्दको नियमअनुसार माझमा लघुमात्रा र दायाँबायाँ गुरुमात्रा हुँदा पर्ने एक गण; SIS चिह्नद्वारा चिनिने गण।
73311 रगत ना. शरीरमा सिर्जना भएर खास प्रकारका सानाठुला नलीमार्फत सारा अङ्गमा चलायमान भएर दौडिरहने र मुटुमार्फत बेगिलो भइरहने रातो रङको तरल पदार्थ; रक्त; रुधिर।
73312 रगतको नाता ना. बाबुआमा र छोराछोरीको वा सहोदरको साहिनु।
73313 रगतपच्छे ना. १. कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात।
73314 रगतपच्छे ना. २. युद्ध; लडाइँ; मारामार। वि.
73315 रगतपच्छे ना. ३. रक्ताम्मे।
73316 रगतमासी ना. पेटमा रोग भई मलद्वारबाट रगत र आउँ मिसिएको दिसा आउने रोग; उक्त रोग हुनेले झारेको दिसा।
73317 रगताम्मे/रगताम्य वि. रगत गिर्नाले सारा शरीर, घटनास्थल, परिवेश आदि रक्तमय भएको; रगतले व्याप्त; रक्तमय।
73318 रगती ना. खसी, बोका आदि काट्दा आएको रगत; रक्ती।
73319 रगते वि. १. रगतजस्तो।
73320 रगते वि. २. रगत भएको।
73321 रगतेझार ना. गहुँ छरेको ठाउँमा उम्रने, डाँठपात रातो हुने एक प्रकारको झार।
73322 रगरग क्रि.वि. १. मसिना कीटाणु, सर्प, खजुरा आदि हिँडे झैँ गरी।
73323 रगरग क्रि.वि. २. बालकहरूले चकचक गरेसरि; रगरगी; रगरगती। ना.
73324 रगरग क्रि.वि. ३. त्यस प्रकारको हिँडाइ वा चकचक।
73325 रगरगती क्रि.वि. अझै रगरगी।
73326 रगरगाइ ना. रगरग गर्ने क्रिया वा किसिम; किरा, केटाकेटी आदिको चकचक वा सकसक।
73327 रगरगाइनु अ.क्रि. रगरग गर्ने हुनु।
73328 रगरगाउनु अ.क्रि. रगरग गर्ने हिसाबले कीटाणु, केटाकेटी वा कुनै वस्तु हिँड्नु; सकसक हुनु; सगबगिनु।
73329 रगरगी क्रि.वि. १. रगरग; रगरगती। ना.
73330 रगरगी क्रि.वि. २. सुख, सफलता आदिको परिणामस्वरूप बढेको फुर्ती; ढाँचा; चकचकी।
73331 रगरगी क्रि.वि. ३. ढलीमली।
73332 रगरग्याइ ना. रगरगिने भाव, क्रिया वा किसिम; सकसक गर्ने ढङ्ग।
73333 रगरग्याइनु क.क्रि. रगरगिने तुल्याइनु; सकसक गर्ने पारिनु।
73334 रगरग्याउनु प्रे.क्रि. रगरगिने पार्नु; सकसक हुने बनाउनु; रगरग वा चकचक गर्न लगाउनु।
73335 रगरग्याहट ना. रगरग्याइ।
73336 रगेड्नु स.क्रि. कुनै वस्तुलाई घोट्नु; प्रशस्त दल्नु; रगड्नु।
73337 रगेडा ना. १. घोट्ने वा रगड्ने काम; रगेडिने वा घोटिने काम; रगड।
73338 रगेडा ना. २. बेहिसाबसँगको व्यस्तता।
73339 रगेडाइ ना. रगेड्ने किसिम, क्रिया वा भाव।
73340 रगेडाइनु क.क्रि. रगडाइनु।
73341 रगेडाउनु प्रे.क्रि. १. घोट्न लाउनु; रगडाउनु।
73342 रगेडाउनु प्रे.क्रि. २. काममा जोताउनु; धेरै काम गराउनु।
73343 रगेडिनु क.क्रि. रगडिनु।
73344 रगेल्नु स.क्रि. मसिनु वा धुलो वस्तु पानी, दुध, तेल आदि तरल पदार्थमा मिसेर फिट्ने काम गर्नु; रयाल्नु।
73345 रगेलाइ ना. रयाल्ने भाव, क्रिया वा प्रक्रिया।
73346 रगेलाइनु क.क्रि. रगेल्ने काम गराइनु।
73347 रगेलाउनु प्रे.क्रि. रयाल्न लाउनु; रगेल्ने काम गराउनु।
73348 रगेलिनु क.क्रि. रयालिनु।
73349 रघु ना. रामायण आदिका अनुसार सूर्यवंशी राजा दिलीप र रानी सुदक्षिणाबाट जन्मेका पुत्र; रघुवंशका प्रसिद्ध पुरुष; रामका पूर्वज।
73350 रघुकुल ना. रघु महाराजबाट चलेको वंशपरम्परा।