Dictionary

All Word

73451 रङ्गाइ ना. रँगाइ।
73452 रङ्गाइनु क.क्रि. रँगाइनु।
73453 रङ्गाउनु स.क्रि. / प्रे.क्रि. रँगाउनु।
73454 रङ्गाधिवेता ना. भरतको नाट्यशास्त्रअनुसार नाटक प्रदर्शन गरिने मञ्चमा मङ्गलपूर्वक नाटकको प्रदर्शन हुन सकोस् भन्ने उद्देश्यले पूजा गरिने देवदेवता।
73455 रङ्गिनु अ.क्रि. १. रङ लागेको हुनु; रङ्गिन बन्नु।
73456 रङ्गिनु अ.क्रि. २. रङद्वारा प्रभावित हुनु।
73457 रङ्गिनु अ.क्रि. ३. लसपस भएर आफू पनि अर्को जस्तै हुनु।
73458 रङ्गित१ वि. रङमा रङ्गिएको; रङ्गीबिरङ्गी भएको।
73459 रङ्गित२ ना. सिक्किम र दार्जिलिङको सीमा निर्धारण गर्ने नदी; टिस्टा नदीको एक सहायक नदी।
73460 रङ्गिन वि. रँगाइएको; रङ लागेको; रङगीचङ्गी; रङबिरङ।
73461 रङ्गिलो वि. १. उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको।
73462 रङ्गिलो वि. २. हँसिलो किसिमको; पुक्खली।
73463 रङ्गी वि. १. रङदार; रङवाला; रङ्गिन।
73464 रङ्गी वि. २. व्यसनी; मोजमज्जा गर्ने; आमोदप्रमोद गर्ने। ना.
73465 रङ्गी वि. ३. रङ्गमञ्चको कलाकार।
73466 रङ्गीचङ्गी वि. अनेक किसिमका रङ्गहरू मिश्रित भएको; रङ्गीबिरङ्गी; झिलिमिली।
73467 रङ्गीबिरङ्गी वि. नाना रङद्वारा सिँगारिएको।
73468 रङ्गोपजीवी वि. १. रङ्गजीवी; रङगजीवक; रङ्गी।
73469 रङ्गोपजीवी वि. २. ना. अभिनेता; रङ्गमञ्चको कलाकार।
73470 रङ् रुट ना. हे. रँगरुट।
73471 रच्नु स.क्रि. १. रचना गर्नु; बनाउनु; निर्माण गर्नु।
73472 रच्नु स.क्रि. २. कल्पना गर्नु; उप्जाउनु; कथन गर्नु।
73473 रच्नु स.क्रि. ३. सजाएर पस्कनु।
73474 रचन ना. रचना; निर्माण; गढाइ।
73475 रचना ना. १. बनाउने काम; निर्माण गर्ने काम।
73476 रचना ना. २. बनाउने कुशलता वा प्रविधि; निर्माणकला।
73477 रचना ना. ३. निर्माण भएको वास्तु, मूर्ति, ग्रन्थ आदि।
73478 रचना ना. ४. कल्पना; तर्जुमा; अजमाइस।
73479 रचना ना. ५. व्यवस्था; प्रबन्ध।
73480 रचना ना. ६. फूल, खरानी, हलेदो आदि मिलाई पिसेर बनाइएको, टीका लगाउने काममा प्रयोग गरिने रातो धुलो; रोरी; रोचना।
73481 रचनाकार वि. १. रचना गर्ने; सर्जक। ना.
73482 रचनाकार वि. २. रचयिता; रचना गर्ने व्यक्ति।
73483 रचनात्मक वि. १. कुनै प्रकारको रचना वा निर्माणमा मौलिकता थपिएको; सृजनात्मक; निर्माणात्मक।
73484 रचनात्मक वि. २. कुनै देश वा समाजको उन्नतिमा सहायक हुने; सृजनामूलक।
73485 रचनात्मकता ना. रचनात्मक हुने भाव, गुण वा विशेषता।
73486 रचनी ना. राम्रो डालको; दुधालु र साधु आनीबानी भएको गाई।
73487 रचयिता वि. १. रचना गर्ने; रचनाकार; निर्माता। ना.
73488 रचयिता वि. २. लेख वा ग्रन्थ तयार गर्ने व्यक्ति; ग्रन्थकार।
73489 रचाइ ना. रच्ने वा निर्माण गर्ने भाव, क्रिया वा प्रक्रिया।
73490 रचाइनु क.क्रि. रच्ने काम गराइनु; निर्माण गराइनु।
73491 रचाउनु प्रे.क्रि. रच्ने काम गराउनु; निर्माण गर्न लगाउनु।
73492 रचित वि. निर्माण गरिएको; रचना गरिएको; निर्मित।
73493 रचिनु क.क्रि. रच्ने काम गरिनु; निर्माण गरिनु।
73494 रछान ना. १. घरनजिकै फोहोरमैला फ्याँक्न बनाइएको मलखाल्डो; रछानघुरान; जुठेल्नु।
73495 रछान ना. २. फोहोर जाने नाली; नाल।
73496 रछाने वि. १. रछान जस्तै फोहोरमैला भएको; अत्यन्त दुर्गन्धित। ना.
73497 रछाने वि. २. फोहोरमैलाबाट उछ्रने खटिरो; फोहोर खटिरो।
73498 रछाने खटिरो ना. फोहोरका कारणबाट जिउमा निस्कने खटिरो; फोहोर खटिरो।
73499 रछायाँ/रछायो वि. १. धुस्रोफुस्रो देखिने खालको रातो; खैरोमा रातो मिसिएको। ना.
73500 रछायाँ/रछायो वि. २. त्यस्तो रङ।