Dictionary

All Word

73401 रङ्क वि. २. लोभीको भाँडो; कन्जुस; कृपण। ना.
73402 रङ्क वि. ३. माग्ने व्यक्ति; भिक्षुक।
73403 रङ्कु ना. १. अन्धविश्वासीहरूले राँके भूत भनी स्वीकार गरेको एक प्राचीन हिमाली जाति; राङ्कवजाति।
73404 रङ्कु ना. २. चौँरीगाई वा याक।
73405 रङ्कु ना. ३. च्याङ्ग्रो।
73406 रङ्कु ना. ४. एक पुराकथात्मक पाँडुले मृग।
73407 रङ्कु ना. ५. पाखी।
73408 रङ्ग ना. १. हे. रङ (वर्ण वा रोगन)।
73409 रङ्ग ना. २. सौन्दर्य।
73410 रङ्ग ना. ३. नाचगान वा अभिनय; रामरमिता; रसरङ्ग।
73411 रङ्ग ना. ४. क्रीडा; खेलकुद।
73412 रङ्ग ना. ५. आनन्दको उत्सव; मोजमजा।
73413 रङ्ग ना. ६. घर।
73414 रङ्ग ना. ७. चालढाल; रङ्गढङ्ग।
73415 रङ्ग ना. ८. कुनै धातुलाई टाल्न, जोड्न प्रयोग गरिने धातु; राङ।
73416 रङ्ग ना. ९. खेलकुदको आयोजना गरिने ठाउँ; रङ्गशाला। १०. नाटक प्रदर्शन गरिने मञ्च; रङ्गमञ्च।
73417 रङ्गकर्मी ना. रङरोगनको काम गर्ने मान्छे; रँगाउने कामदार; रङमिस्त्री।
73418 रङ्गजीवक ना. १. चित्रकार।
73419 रङ्गजीवक ना. २. छिपा।
73420 रङ्गजीवी ना. १. रङ्गमञ्चको कामबाट वा नाचेर जीवननिर्वाह गर्ने व्यक्ति; नट; नृत्यजीवी।
73421 रङ्गजीवी ना. २. चित्रकार।
73422 रङ्गजीवी ना. ३. रङरोगनको काम गरेर जीवनवृत्ति गर्ने व्यक्ति।
73423 रङ्गजीवी ना. ४. लुगा छिप्ने काम गर्ने जाति; छिपा।
73424 रङ्गढङ्ग ना. १. ढङ्ग; ढाँचाकाँचा।
73425 रङ्गढङ्ग ना. २. चालचलन; बानीबेहोर।
73426 रङ्ग न ढङ्ग क्रि.वि. १. छेक न छन्द; छन्द न बन्द; छाँट न काँट।
73427 रङ्ग न ढङ्ग क्रि.वि. २. व्यर्थ; विनाकाममा।
73428 रङ्गबिरङ्ग वि. विभिन्न रङ मिसिएको; अनेक रङ भएको; रङ्गीबिरङ्गी।
73429 रङ्गबिरङ्गी वि. रङ्गबिरङ्ग; रङ्गीचङ्गी।
73430 रङ्गभङ्ग ना. आनन्दमा पर्ने बाधा; खुसियालीमा पर्न आएको व्यवधान।
73431 रङ्गभवन ना. खेलकुद, नाचगान, नाटक आदि प्रदर्शनको आयोजना गरिने ठाउँ; रङ्गशाला; रङ्गमहल।
73432 रङ्गभूमि ना. १. रङ्गमञ्च; खेल, नाटक, गीत-नाच आदिको आयोजना-स्थल; रङ्गशाला।
73433 रङ्गभूमि ना. २. पहलमानी खेल्ने ठाउँ; कसरतको अखाडा।
73434 रङ्गभूमि ना. ३. युद्धक्षेत्र; रणस्थल।
73435 रङ्गभेद ना. मान्छेको कालो, गोरो आदि वर्णका आधारमा गरिने पक्षपात; वर्णका आधारमा गरिने पक्षपात वा भेदभाव।
73436 रङ्गभेद नीति ना. रङ्गभेदका आधारमा गरिने पक्षपातपूर्ण नियम; काला र गोराका आधारमा गरिने भेदभावको नीति।
73437 रङ्गमञ्च ना. नाचगानको प्रदर्शन गरिने, नाटक अभिनय गरिने, खेलकुद आदिको आयोजना गरिने मञ्च; रङ्गशाला।
73438 रङ्गमञ्चन ना. खेलकुद, नाटक, नाचगान आदि प्रस्तुत गर्ने काम; रङ्गशालामा कुनै पनि कार्यक्रम प्रदर्शन गर्ने काम।
73439 रङ्गमण्डप ना. रङ्गभूमि।
73440 रङ्गमन्डली ना. रङ्गशालामा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्ने जमात; नाटक, खेलकुद आदिका सहयोगी र सहभागीसमेत मिलेर बनेको समूह; कलाकारहरूको डफ्फा (ट्रुप)।
73441 रङ्गमहल ना. १. राजामहाराजाका दरबार; राजप्रासाद; राजदरबार।
73442 रङ्गमहल ना. २. भोगविलास र मोजमज्जा गर्ने घर; विलासको व्यवस्था मिलाएको भवन।
73443 रङ्गमहल ना. ३. अन्तपुर; दरबारका चौगिर्दाभित्रको ठाउँ।
73444 रङ्गमहल ना. ४. रङ्गशाला; रङ्गगृह।
73445 रङ्गरस ना. १. आमोदप्रमोदको प्रसङ्ग; आनन्दोत्सव; मोजमजा।
73446 रङ्गरस ना. २. हास्यव्यङ्ग्य; रसरङ्ग।
73447 रङ्गरुट ना. हे. रँगरुट।
73448 रङ्गवाद ना. वर्णवादी नीति; रङ्गभेदनीति।
73449 रङ्गवादी वि. रङ्गवादको अनुयायी।
73450 रङ्गशाला ना. नाटक, नाचगान, खेलकुद आदि कार्यको प्रदर्शन गरिने ठाउँ; रङ्गमञ्च; रङ्गभूमि।