Dictionary

All Word

73551 रजिस्टरी ना. १. कानुनमा उल्लेख भएअनुसारको रित पूरा गरी सरकारी तहमा दर्ता गर्ने काम; जग्गा, उद्योग वा कुनै वस्तु विधिपूर्वक सरकारी कार्यालयको प्रतिज्ञापत्र भरी दर्ता गर्ने काम।
73552 रजिस्टरी ना. २. जुनसुकै वस्तुको लगतविवरण रजिस्टरमा दर्ता गर्ने काम।
73553 रजिस्टरी ना. ३. हुलाक नियमअनुसार अतिरिक्त शुल्क तिरी एक ठाउँबाट अर्को ठाउँमा चिठीपत्र, सामानको पार्सल आदि पठाउने काम।
73554 रजिस्टरी ना. ४. हुलाकमहसुल दरमा छुट सुविधा मिल्ने गरी दर्ता गरिएका चिठीपत्र, पुस्तकपत्रिका, पुलिन्दा, सङ्घसंस्थाका बुलेटिन आदि। वि.
73555 रजिस्टरी ना. ५. रजिस्टरमा दर्ता गरिएको; रजिस्टरमा जनाइएको।
73556 रजिस्टर्ड वि. १. रजिस्टरी भएको; दर्ता गरिएको।
73557 रजिस्टर्ड वि. २. दर्तावाल।
73558 रजिस्टर्ड एजेन्ट ना. कुनै कार्यालय, उद्योग, वाणिज्य आदि संस्थाको प्रतिनिधिका रूपमा दर्ता भएको व्यक्ति वा संस्था।
73559 रजिस्टर्ड बुक ना. दर्ता गरिएको किताब; दर्ताको अभिलेख राख्ने गरेको खाता; दर्ता जनाएको कापी; दर्तापुस्तक; दर्ताबही।
73560 रजिस्टर्ड संस्था ना. सङ्घसंस्था गठन गर्ने ऐनको नियमअनुसार प्रमाणित एवं दर्ता भएको संस्था; सरकारबाट मान्यता प्राप्त भएको र कानुनी तहबाट मान्य भएको संस्था।
73561 रजिस्टार ना. १. विश्वविद्यालयको गठनमा प्रशासनिक उच्चतहको पदमा रही सचिवले गर्ने प्रकारका सम्पूर्ण प्रशासनिक काम गर्नेगराउने अधिकारी; कुलसचिव; प्रस्तोता।
73562 रजिस्टार ना. २. नगरसभा, गृहमन्त्रालय, उच्च अदालत आदि संस्थाको प्रशासनिक कार्य रेखदेख गर्ने सचिवसरहको पदाधिकारी।
73563 रजिस्ट्रेसन ना. १. जग्गा, घर, सङ्घ-संस्था, उद्योग, प्रकाशन आदिलाई कानुनी तहबाट दर्ता गर्ने काम।
73564 रजिस्ट्रेसन ना. २. कुनै वस्तुको लगत दर्ता गरी विवरणको अभिलेख राख्ने काम।
73565 रजिस्ट्रेसन अड्डा ना. घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने अड्डा; पास अड्डा।
73566 रजैया वि. १. सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी।
73567 रजैया वि. २. राजाको; राजासित सम्बन्धित।
73568 रजैया सडक ना. सवारीका सबै प्रकारका साधन आवतजावत गर्न सक्ने फराकिलो सडक; राजपथ; राजमार्ग।
73569 रजोगुण ना. मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सत्त्व, रज र तममध्ये सृष्टिसँग सम्बन्धित एक गुण।
73570 रजोगुणी वि. १. रजोगुणले युक्त; रजोगुण भएको।
73571 रजोगुणी वि. २. रजोगुणसम्बन्धी।
73572 रजोदर्शन ना. १. नारीको रजस्वलाको प्रथम उदय।
73573 रजोदर्शन ना. २. योनिद्वारबाट प्रत्येक महिना हुने रजको निर्गमन।
73574 रजोधर्म ना. नारीको नछुने हुने स्वाभाविक गुण; रजोदर्शन; नछुने।
73575 रजोवती वि. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; टक्रिएकी; पन्छिएकी (स्त्री)।
73576 रजोहीनता ना. १. मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था।
73577 रजोहीनता ना. २. गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव।
73578 रजोहीनता ना. ३. नारीको बाँझोपन।
73579 रजौटे वि . रजौटासम्बन्धी; रजौटाको।
73580 रजौटो ना. सानातिना क्षेत्रको राज्यसञ्चालन गर्ने राजा; रजबार।
73581 रज्जु ना. १. डोरी।
73582 रज्जु ना. २. घोडाको मुखमा लगाउने डोरी; लगामडोरी।
73583 रज्जु ना. ३. नियन्त्रण गर्ने सम्पूर्ण अधिकार; बागडोर।
73584 रज्जु ना. ४. वास्तु तथा मूर्तिकलामा चौसट्ठी हात लम्बाइको नापोलाई बुझाउने शब्द।
73585 रज्जुमार्ग ना. १. बिजुलीबाट चल्ने डोरी वा तारको बाटो; रोपलाइन; घिर्लिङ।
73586 रज्जुमार्ग ना. २. ट्रलीसेवाको गाडी हिँड्ने बाटो।
73587 रञ्जक वि. १. रङसम्बन्धी काम गर्ने; रँगाउने; रङरोगन लगाउने।
73588 रञ्जक वि. २. मनोरञ्जनको काम गर्ने; मन बहलाउने। ना.
73589 रञ्जक वि. ३. रङरोगनको काम गर्ने शिल्पी; छिपा।
73590 रञ्जक वि. ४. रँगाउने गुण भएको वस्तु; रङ।
73591 रञ्जक वि. ५. रातो चन्दन; रक्त चन्दन।
73592 रञ्जक वि. ६. सिँदुर।
73593 रञ्जक वि. ७. माहुर; हातपाउमा लगाउने रङ; मेहँदी।
73594 रञ्जन ना. १. रँगाउने काम; रङरोगन गर्ने काम।
73595 रञ्जन ना. २. खुसी तुल्याउने काम; मन बहलाउने काम।
73596 रञ्जन ना. ३. रातो चन्दन; रक्त चन्दन।
73597 रञ्जना ना. १. रञ्जन गराउने स्त्री।
73598 रञ्जना ना. २. रञ्जनाशैलीको एक प्राचीन लिपि; रञ्जनालिपि (नेपालमा बाह्रौँदेखि पन्ध्रौँ शताब्दीसम्म प्रचलित)।
73599 रञ्जनी ना. १. हलेदो।
73600 रञ्जनी ना. २. पान।