Dictionary

All Word

73601 रञ्जनी ना. ३. नागबेली; नागवल्ली।
73602 रञ्जनीय वि. १. आनन्ददायी; आनन्द दिने खालको।
73603 रञ्जनीय वि. २. रँगाउन लायक।
73604 रञ्जित वि. १. प्रसन्न; आनन्दित।
73605 रञ्जित वि. २. बढाई-चढाई बोलेको।
73606 रञ्जित वि. ३. रङ लगाइएको।
73607 रञ्जितकार ना. सेतो कपडामा ढाका आदिको छिपाइको काम गर्ने नेवारजातिको एक भेद।
73608 रट्नु स.क्रि. १. पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु।
73609 रट्नु स.क्रि. २. कुनै कुरो बारबार आवृत्ति गर्नु; धेरै बाजि भनिरहनु।
73610 रट्नु स.क्रि. ३. अभ्यास गर्नु; चिन्तनमननमा तल्लीन हुनु।
73611 रटन ना. रट्ने काम; रटाइ।
73612 रटना ना. १. कुनै शब्द, वाक्य वा पाठलाई एकदमै घोक्ने काम; कण्ठस्थ गराउने उद्देश्यले रटिरहने काम।
73613 रटना ना. २. एउटै कुरो दोहोऱ्याई-तेहऱ्याई उच्चारण गरिरहने काम।
73614 रटना ना. ३. एकाग्र ध्यान; एकोहोरो लगन।
73615 रटना ना. ४. फिक्री; चिन्ता।
73616 रटन्त ना. १. रट्ने काम; रटाइ; रटना। वि.
73617 रटन्त ना. २. रट्ने बानी भएको; रटुवा।
73618 रटन्ताम् ना. १. रटिरहने काम; बारम्बार घोकिरहने काम; घोकन्ताम्। वि.
73619 रटन्ताम् ना. २. रटुवा; घोकुवा।
73620 रटन्ते वि. १. खुब रट्ने वा घोक्ने; घोकन्ते।
73621 रटन्ते वि. २. खुब घुम्नुपर्ने; फिरन्ते।
73622 रटाइ ना. रट्ने भाव, क्रिया वा प्रक्रिया।
73623 रटाइनु क.क्रि. रट्ने काम गराइनु; रट्न लाइनु।
73624 रटाउनु प्रे.क्रि. रट्न लाउनु; रट्ने काम गराउनु।
73625 रटिनु क.क्रि. रट्ने काम गरिनु; घोकिनु।
73626 रड ना. घर आदि बनाउन प्रयोगमा ल्याइने फलामको डन्डी; छड।
73627 रडाको ना. १. परस्परमा हुने झैझगडा; वैमनस्य; झैझमेला।
73628 रडाको ना. २. ठुलो हुलदङ्गा; होहल्ला; राडो।
73629 रडी ना. १. अड्डी लिने काम; धृष्टता।
73630 रडी ना. २. झैझगडा गर्ने काम; रोऱ्याइँ।
73631 रड्कनु अ.क्रि. १. टेकेको वा भर गरेको ठाउँबाट खुट्टा, हात आदि कुनै अङ्ग खुस्किनु; चिप्लिनु।
73632 रड्कनु अ.क्रि. २. ठिक समय र ठाउँमा बुद्धि नपुग्नाले काम बिग्रनु; चुक्नु; भुल्नु।
73633 रड्कनु अ.क्रि. ३. पतन हुनु; च्युत हुनु।
73634 रड्काइ ना. रड्किने भाव, क्रिया वा प्रक्रिया।
73635 रड्काइनु क.क्रि. रड्कने काम गराइनु; रड्कने पारिनु।
73636 रड्काउनु स.क्रि. / प्रे.क्रि. १. रड्कन लाउनु; रड्कने काम गराउनु।
73637 रड्काउनु स.क्रि. / प्रे.क्रि. २. कलमलाई दुरुपयोग गरी केही गलत रकम लिखतमा चढाउनु।
73638 रड्किनु अ.क्रि. रड्कनु।
73639 रड्को ना. रड्कने काम; चिप्लिने वा चुक्ने काम; रड्काइ।
73640 रड्क्याइ ना. रड्किने भाव, क्रिया वा प्रक्रिया।
73641 रण ना. परस्परमा पक्षविपक्ष भई गरिने लडाइँ युद्ध; सङ्ग्राम।
73642 रणक्षेत्र ना. १. लडाइँको ठाउँ; विवाद उठ्नाले लडाइँ परेको ठाउँ।
73643 रणक्षेत्र ना. २. युद्धभूमि; रण छेडिएको भूमि।
73644 रणघ्वाँक वि. साधारण सीमाभन्दा ठुलो; अजङको; बडेमाको; रनघ्वाँक; घ्वाँक।
73645 रणचण्डी ना. १. रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी। वि.
73646 रणचण्डी ना. २. पूरै रिसाएकी (स्त्री)।
73647 रणजित मल्ल ना. एकीकरणभन्दा पहिलेका भक्तपुरे राजाहरूमध्ये सबैभन्दा पछिल्लाचाहिँ राजा।
73648 रणझोक ना. ठुलो झोक; कडा खालको रिस; तातो रिस।
73649 रणत्कार ना. धनुको ताँदो फट्कार्दा झनझनाएर आउने आवाज; झणत्कार।
73650 रणधीर वि. युद्ध गर्नुपरेको बेलाको धीर।