Dictionary

All Word

73651 रणन ना. १. कुनै सुमधुर ध्वनियुक्त गीत, सङ्गीत आदिको नाद वा तरङ्ग।
73652 रणन ना. २. बाजा आदि बज्दाको ध्वनि; रन्को।
73653 रणनाद ना. रणक्षेत्रमा उत्तेजित वीरहरू कराउँदाको गर्जना; रणध्वनि।
73654 रणबहादुर शाह ना. पृथ्वीनारायण शाहका नाति, प्रतापसिंह शाहका छोरा र गीर्वाणयुद्धका पिता शाहवंशका तेस्रा राजा श्री ५ रणबहादुर शाह; स्वामी महाराज; निर्वाणानन्द।
73655 रणभूमि ना. युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि।
73656 रणलक्ष्मी ना. युद्धकी अधिष्ठात्री देवी; विजयलक्ष्मी।
73657 रणवीर/रणशूर ना. वीरतापूर्वक युद्ध गर्ने योद्धा; लडाइँमा साहसपूर्वक लड्ने जवान; युद्धवीर।
73658 रणसङ्ग्राम ना. १. परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ।
73659 रणसङ्ग्राम ना. २. घम्साघम्सी; मारामार।
73660 रणसङ्ग्राम ना. ३. ठुलो झगडा।
73661 रणस्तम्भ ना. युद्धमा जितेबापत जित्ने पक्षले उभ्याएको ढुङ्गा वा धातुको खाँबो; विजयस्तम्भ; विजयखम्बा।
73662 रणस्थल ना. युद्धको मैदान; लडाइँको अखडा; युद्धक्षेत्र।
73663 रणाङ्गण ना. युद्धभूमि; रणस्थल।
73664 रण्डी ना. लोग्ने मरेकी आइमाई; विधवा; राँडी।
73665 रत वि. १. कुनै विषय वा काममा एकोहोरो किसिमले लागेको; अनुरक्त; आसक्त।
73666 रत वि. २. दिलदेखि नै लागेको; तल्लीन भएको; दत्तचित्त; लिप्त। ना.
73667 रत वि. ३. एकअर्कामा हुने आकर्षण; प्रेम।
73668 रत वि. ४. रतिक्रीडा; स्त्रीसमागम; मैथुनकार्य।
73669 रतङ्गे ना. सागपात, बोटबिरुवा आदिका पात, डाँठ आदिमा रातो भएर लाग्ने एक प्रकारको रोग; राँके; राते।
73670 रतन ना. रत्न।
73671 रतनजोत ना. सैजन वृक्ष; शोभाञ्जन।
73672 रतननाथ ना. १. सिद्ध गोरखनाथका एक प्रसिद्ध सिद्ध वा योगी।
73673 रतननाथ ना. २. दाङको चौघेरामा रहेको तिनैको मठ।
73674 रतन्धे वि. रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौँधीको रोगी।
73675 रतन्धो ना. १. राती आँखा अन्धो हुने रोग; रतौँधी। वि.
73676 रतन्धो ना. २. रातीको अन्धो (व्यक्ति)।
73677 रतिनु अ.क्रि. १. कुनै विषय वा व्यक्तिसित झ्याम्मिनुः लहसिनु।
73678 रतिनु अ.क्रि. २. प्रेममा फँस्नु; अनुरक्त हुनु।
73679 रतिनु अ.क्रि. ३. कसैका वशमा बस्न रमाउनु; सधिनु।
73680 रतिनु अ.क्रि. ४. कसैसित आत्मीय हुनु।
73681 रति ना. १. शिवका नेत्रबाट उत्पन्न अग्निले नष्ट भएका मदन वा कामदेवकी अर्धाङ्गिनी; पुराण आदिमा वर्णित मदनकी पत्नी।
73682 रति ना. २. मैथुन; सम्भोग।
73683 रति ना. ३. प्रेम; प्रीति।
73684 रति ना. ४. रससिद्धान्तअनुसार शृङ्गाररसको स्थायीभाव।
73685 रति ना. ५. आकर्षण; झुकाउ।
73686 रति ना. ६. शोभा; सौन्दर्य।
73687 रतिकर्म ना. स्त्रीपुरुषका बिचको यौनाचार।
73688 रतिकेलि ना. यौनव्यापार; रतिक्रिया।
73689 रतिक्रिया ना. भाले प्राणीको जननेन्द्रिय पोथी प्राणीका जननेन्द्रियमा पसाई गरिने भोगकार्य; मैथुन; सम्भोग।
73690 रतिक्रीडा ना. रतिक्रिया।
73691 रतिगृह ना. वातावरण नै उन्मादक किसिमको पारी कामक्रीडाका निम्ति तयार गरिएको घर; रतिमन्दिर।
73692 रतिदान ना. मैथुन गर्ने काम; सम्भोगक्रिया।
73693 रतिपति ना. पुराण आदिमा वर्णित रतिका पति; कामदेव; मदन।
73694 रतिबन्ध ना. सम्भोगक्रीडाको आसन; रतिकलाको ढङ्ग।
73695 रतिमन्दिर ना. १. रतिक्रीडाका निम्ति उपयुक्त व्यवस्था भएको घर; रतिक्रियाको भवन।
73696 रतिमन्दिर ना. २. पोथी प्राणीको जननेन्द्रिय; योनि।
73697 रतिरस ना. १. रतिक्रीडाबाट प्राप्त हुने आनन्द।
73698 रतिरस ना. २. रतिक्रीडा।
73699 रतिलम्पट वि. अतिशय कामुक; स्त्रैण; मैथुन गर्ने काममा आसक्त; आइमाई भनेपछि हुरुक्क हुने; स्त्रीलम्पट।
73700 रतिलीला ना. मैथुनका लागि गरिने हाउभाउ वा चाल।