Dictionary

All Word

73801 रन्काउनु स.क्रि. रिस उठाउनु वा तातो पार्नु; झोक चलाउनु वा तताउनु।
73802 रन्कारन्की ना. परस्परमा उत्तेजित भएर रन्कने काम; झोकाझोक; बाझाबाझ।
73803 रन्काहा वि. रनक्क रिसाउने खालको; जङ्गिने स्वभावको; रिसाहा; झोकी।
73804 रन्किनु अ.क्रि. १. घण्टा, काँसका बाजा, झ्याम्टा आदि बज्दा खास ध्वनि निस्कनु; लामो रन्को निकालेर बज्नु।
73805 रन्किनु अ.क्रि. २. रन्कनु।
73806 रन्किनु अ.क्रि. ३. रन्कने होइनु।
73807 रन्को ना. १. रिसको आवेग; झोक; रनाहा।
73808 रन्को ना. २. आवाजको अनुतान; ध्वनिको तरङ्ग; कुनै वस्तुबाट निस्कने मूल ध्वनिको अनुतानका रूपमा निस्कने शब्द।
73809 रन्को ना. ३. कुनै कारणबाट पैदा हुने रिँगटा; फनफने रोग।
73810 रन्को ना. ४. मानसिक एकोहोरोपन; मनको धुन।
73811 रन्क्याइ ना. रन्किने भाव, क्रिया वा प्रक्रिया।
73812 रन्क्याहट ना. रन्क्याइ।
73813 रन्डा ना. बसिलाको जस्तो धार भएको पातालाई खोल परेको काठमा ठोकेर हातो हाली बनाइएको काठको सतह मिलाउन र मसिन्याउन प्रयोग गरिन औजार।
73814 रन्डी ना. नाचगान, यौवनको व्यापार आदिबाट जीविका गर्ने स्त्री; वेश्या; गणिका।
73815 रन्डीकोठी ना. वेश्या आइमाईको व्यावसायिक अखडा; वेश्यावृत्ति गर्ने कोठा।
73816 रन्डीबाज वि. रन्डीहरूसँग पल्केको; रन्डीबाजी गर्ने; वेश्यासँग लसपस गर्ने; वेश्यागामी।
73817 रन्डीबाजी ना. वेश्यासँगको गमन; रन्डीसितको लसपस।
73818 रन्डो ना. रन्डीबाजीतिर लागेको पुरुष; वेश्यागामी पुरुष; फुँडो; बेसुल्लो।
73819 रन्थन ना. पीडा, भ्रम, चिन्ता आदिबाट रन्थनिने क्रियाप्रक्रिया; छटपटी।
73820 रन्थनाइ ना. रन्थनाउने भाव क्रिया वा प्रक्रिया।
73821 रन्थनाइनु अ.क्रि. १. रन्थनिनु।
73822 रन्थनाइनु अ.क्रि. २. रन्थनाउने होइनु।
73823 रन्थनाउनु अ.क्रि. रन्थन, भ्रम, पीडा, चिन्ता आदि अनुभव गर्नु; छटपटाउनु।
73824 रन्थनिनु अ.क्रि. १. चोटपटक, ठक्कर आदिका वेदनाले ढुन्मुनिनु; रन्थनाउनु।
73825 रन्थनिनु अ.क्रि. २. रिङटा लाग्नु; रनाहा छुट्नु।
73826 रन्थन्याइ ना. रन्थनिने भाव, क्रिया वा प्रक्रिया।
73827 रन्थन्याइनु क.क्रि. रन्थनिने तुल्याइनु।
73828 रन्थन्याउनु प्रे.क्रि./स.क्रि. रन्थनिने तुल्याउनु; रन्थनिन लाउनु।
73829 रन्थन्याहट ना. रन्थन्याइ।
73830 रन्थन्याहा वि. १. रन्थनिने।
73831 रन्थन्याहा वि. २. रन्थन्याउने।
73832 रन्थरुमलो/रन्थरुमा ना. १. अस्तव्यस्तता; असरल्लपना।
73833 रन्थरुमलो/रन्थरुमा ना. २. अन्योल; बेथिति।
73834 रन्दा ना. हे. रन्डा।
73835 रन्धक ना. १. खानेकुरा पकाउने व्यक्ति; भान्से।
73836 रन्धक ना. २. हानिकारक व्यक्ति।
73837 रन्धन ना. १. कुनै वस्तु पकाउने काम; राँध्ने काम।
73838 रन्धन ना. २. बरबादी; नाश।
73839 रन्ध्र ना. १. प्वाल; छिद्र।
73840 रन्ध्र ना. २. दोष; कलङ्क।
73841 रन्ध्र ना. ३. नारीको जननेन्द्रिय; योनि।
73842 रन्ध्र ना. ४. नौ अङ्कलाई बुझाउने शब्द।
73843 रन्ध्रवंश ना. गोपीबाँस।
73844 रन्न क्रि.वि. १. ध्वनिको तरङ्ग वा अनुतानका साथमा; मूल आवाजका पछि निकै बेरसम्म निस्किरहने रन्कोका साथमा।
73845 रन्न क्रि.वि. २. ज्यादै तात्ने किसिमले; साह्रै रन्किएर।
73846 रन्न क्रि.वि. ३. रिसले चुर हुने ढङ्गले।
73847 रन्न क्रि.वि. ४. शरीरमा ज्वरो चढ्ने गरी।
73848 रपट ना. एकदमै फराकिलो समतल जमिन; मैदान; चापट।
73849 रपोट ना. कुनै कार्य वा आयोजना आदिको गतिविधिको विवरण प्रस्ट हुने हिसाबले प्रस्तुत गरिने प्रतिवेदन; रिपोट।
73850 रप्फु ना. १. कुनै कपडा फाटेको ठाउँमा सियोले बुनेको मिहिन बनाइ।