Dictionary

All Word

73851 रप्फु ना. २. खत लागेका ठाउँमा राखिने पट्टी, रुवा आदि।
73852 रप्फुचक्कर वि. १. भागेको।
73853 रप्फुचक्कर वि. २. भागेर बेपत्ता भएको।
73854 रफत ना. कुनै काममा विशेष दखल पाउनका निम्ति गरिने अभ्यास; दलेली।
73855 रफ्तार ना. हिँड्ने, चल्ने वा घटबढ हुने चाल; गति।
73856 रबड ना. रबर।
73857 रबड छन्द ना. पद्यशैलीका पक्षपातीहरूले गद्यकविताका निम्ति प्रयोग गर्ने गरेको व्यङ्ग्यात्मक नाम।
73858 रबर ना. १. झन्डै बरको झैँ पात हुने एक चोपदार वृक्ष।
73859 रबर ना. २. गाडीका चक्का, ट्युब आदि अनेकौँ सामान बनाउन प्रयोग हुने, सोही वृक्षको चोप; रबड; लाबर।
73860 रबर छन्द ना. रबडछन्द।
73861 रबाफ ना. १. रहनसहन, वेशभूषा, बोलचाल, व्यवहार, आदिमा देखिने तडकभडक; बढ्ता ढाँचा; रवाफ; फुर्ती; धाक।
73862 रबाफ ना. २. अर्काउपर प्रभाव पार्न वा दबाउ दिन रचिने स्वाङ।
73863 रबाफिलो/रबाफी/रबाफे वि. रबाफ देखाउनुपर्ने; ढाँचा पार्ने खालको।
73864 रबी ना. हिउँदे बाली; हिउँदमा पाक्ने कमाइ; जडहन।
73865 रबीबाली ना. अन्न, दाल, मास आदि हिउँदे पैदावार; हिउँदे बाली।
73866 रम्नु अ.क्रि. १. रमाइलो अनुभव गर्नु; रमाउनु; आनन्दित हुनु।
73867 रम्नु अ.क्रि. २. लट्ठ पर्नु; भुल्नु; एकोहोरो भएर लागिपर्नु।
73868 रम्नु अ.क्रि. ३. रमाइलो मनाउनु; लहड गर्नु; खेल्नु।
73869 रम्नु अ.क्रि. ४. भोगविलासमा भुल्नु।
73870 रम ना. वैज्ञानिक तरिकाले उत्पादन गरेको, हड्याइँदो झोल हुने रक्सी।
73871 रमकझमक ना. तडकभडक बढाउने किसिमको रमझम; उत्ताउलो खालको शोभा।
73872 रमजान ना. मुसलमानहरूको रोजा (उपवास) बस्ने एक पर्व।
73873 रमझम ना. १. रमकझमक।
73874 रमझम ना. २. झिलीमिली; सजधज।
73875 रमण ना. १. मनोरञ्जनका निम्ति गरिने विलास; क्रीडा।
73876 रमण ना. २. यताउति घुम्ने काम; विचरण।
73877 रमण ना. ३. लोग्ने; पोइ।
73878 रमण ना. ४. स्त्रीपुरुषको परस्परको रतिक्रीडा। वि. ५ प्यारो; प्रिय।
73879 रमण ना. ६. लहडी; रसिक।
73880 रमणी ना. १. नारी; स्त्रीजाति।
73881 रमणी ना. २. सुन्दरी आइमाई; राम्री युवती।
73882 रमणीय वि. एकदमै राम्रो; मनोहर; सुन्दर।
73883 रमणीयता ना. सुन्दरता; मनोहरपना; रमाइलोपन।
73884 रमता वि. हे. रमन्ता।
73885 रमन ना. १. सुरक्षाका निम्ति सिपाही, प्रहरीहरू राति वा जतिसुकै बेला घुम्ने काम; गस्ती लगाउने काम।
73886 रमन ना. २. गस्तीमा जाने प्रहरी।
73887 रमन्ता वि. फिरन्ता; डुलन्ता।
73888 रमरम ना. १. हल्का किसिमले हुने पिरो; अलिअलि पर्पऱ्याउने स्वाद (टिम्मुर आदिको झैँ)। क्रि.वि.
73889 रमरम ना. २. हल्का किसिमको पिरो भएर; अलिकति मात्र परपर्‍याउने किसिमले।
73890 रमरमती क्रि.वि. अझै रमरम हुने भावले।
73891 रमरमाइ ना. रमरमाउने भाव, क्रिया वा प्रक्रिया।
73892 रमरमाइनु अ.क्रि. १. रमरम पिरो हुनु; अलिअलि पिरो हुनु।
73893 रमरमाइनु अ.क्रि. २. परपऱ्याउनु।
73894 रमरमाहट ना. रमरमाइ।
73895 रमरमिता ना. रमाइलोका निम्ति आयोजना गरिएको कार्यक्रम; रमिता; रामरमिता; आमोदप्रमोद; मनोरञ्जन।
73896 रमरमिनु अ.क्रि. रमरम हुनु; रमरममा परिणत हुनु।
73897 रमरमी क्रि.वि. १. रमरमती। ना.
73898 रमरमी क्रि.वि. २. रमरम।
73899 रमल ना. पासा हानेर शुभाशुभ, सफल असफल आदिको भविष्य विचार गर्ने ज्योतिषशास्त्रीय एक पद्धति।
73900 रमा ना. १. विष्णुकी शक्ति; लक्ष्मी।