Dictionary

All Word

73901 रमा ना. २. धर्मपत्नी; गृहिणी।
73902 रमा ना. ३. नारी; महिला।
73903 रमा ना. ४. शोभा; सुन्दरता।
73904 रमा ना. ५. धनदौलत; श्रीसम्पत्ति।
73905 रमाइ ना. १. रमाउने किसिम, क्रिया वा भाव।[राम्+आइ]
73906 रमाइ ना. २. गाईगोरु कराउने क्रिया वा प्रक्रिया।
73907 रमाइनु अ.क्रि. १. रमाउने हुनु। क.क्रि.
73908 रमाइनु अ.क्रि. २. राम्ने तुल्याइनु।
73909 रमाइलो वि. १. मनोरञ्जनपूर्ण; एकदमै रमझम भएको; रमितायुक्त।
73910 रमाइलो वि. २. रमणीय; अत्यन्त मनपर्दो। ना.
73911 रमाइलो वि. ३. रमिता; रमझम; मनबहलाउ।
73912 रमाउनु अ.क्रि. १. रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु।
73913 रमाउनु अ.क्रि. २. विषयवासना र स्वार्थ आदिमा मक्ख पर्नु।
73914 रमाउनु अ.क्रि. ३. गाईबस्तुका पाडाबाछाहरू खुसाउनु। प्रे.क्रि.
73915 रमाउनु अ.क्रि. ४. राम्ने पार्नु; राम्न लगाउनु।
73916 रमाना ना. १. कुनै ठाउँबाट गरिने प्रस्थान; भ्रमण वा यात्रा। वि.
73917 रमाना ना. २. हिँडेको; भ्रमणशील; प्रस्थित।
73918 रमाना पुर्जी ना. यात्राको अधिकारपत्र; रवानापुर्जी।
73919 रमापति ना. रमाका पति; लक्ष्मीपति; विष्णु।
73920 रमिता ना. मनलाई आनन्द दिई रमाउने पार्ने उत्सव आदि; रमाइलोका निम्ति हुने खेल, तमासा आदि।
73921 रमितारु/रमितालु वि. १. रमिते। ना.
73922 रमितारु/रमितालु वि. २. रमिता हेर्न आउने व्यक्ति।
73923 रमिते वि. १. तमासा हेर्ने काममा सामेल हुने; रमिता हेर्ने। ना.
73924 रमिते वि. २. रमिताको दर्शक।
73925 रमिनु अ.क्रि. १. रमाउने हुनु।[√ राम्+इनु]
73926 रमिनु अ.क्रि. २. राम्ने हुनु।
73927 रमेज ना. ऊनलाई निलो रङमा रँगाउने एक प्राकृतिक पदार्थ।
73928 रम्घा ना. नेपाली साहित्यको प्राथमिक कालका प्रसिद्ध भक्तिवादी कवि भानुभक्त आचार्यको जन्मस्थान; गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने एक गाउँ।
73929 रम्पर ना. अन्डरबियर छाँटको, काछदेखि स्तनसम्म छोपिने, टाँक भएको वा नभएको र पौडी खेल्दा स्त्रीहरूले लगाउने नाइलनको लुगाविशेष।
73930 रम्बाँस ना. हात्तीबार; रामबाँस।
73931 रम्भा ना. १. केराको बोट; कदली।
73932 रम्भा ना. २. शिवकी शक्ति; गौरी।
73933 रम्भा ना. ३. स्वर्गका अप्सराहरूमध्येकी एक अप्सरा।
73934 रम्भोरु वि. १. केराको थामको आकारका पुष्ट र गोरो वर्णका तिघ्रा भएकी (स्त्री)। ना.
73935 रम्भोरु वि. २. त्यस्ती तरुनी स्त्री।
73936 रम्य वि. १. अत्यन्त सुन्दर; मनोहर।
73937 रम्य वि. २. रमणीय।
73938 रम्य वि. ३. रमण गर्न योग्य।
73939 रम्यता ना. रमाइलोपन; रमणीयता।
73940 रम्य वन प्राय: ठिटाठिटीहरू मनोरञ्जन गर्न भेला हुने स्थल; मिलनकेन्द्र।
73941 रम्रिनु अ.क्रि. राम्रो हुनु; सिँगारपटार हुनु।
73942 रम्य्राइँ ना. राम्रोपना; राम्रो हुने क्रिया वा प्रक्रिया।
73943 रम्य्राइ ना. रम्य्राइँ।
73944 रम्य्राइनु क.क्रि. राम्रो तुल्याइनु।
73945 रम्य्राइलो वि. राम्रो तुल्याइएको जस्तो; राम्रो तुल्याइएको।
73946 रम्य्राउनु प्रे.क्रि. राम्रो तुल्याउनु; राम्रो पार्न लाउनु।
73947 रम्य्राहट ना. रम्य्राइँ; रम्य्राइ।
73948 रयाल्नु स.क्रि. घुलनशील वा धुलो, पिठो आदि वस्तुलाई तरल पदार्थमा मिलाई वा धारा छुट्ने गरी हुँडल्नु; घोल्नु; रगेल्नु।
73949 रयालाइ ना. रयाल्ने किसिम, क्रिया वा भाव।
73950 रयालिनु क.क्रि. रयालाइको योग्य पारिनु; घोलिनु; हुँडलिनु।